NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

सिरियाबाट सेना फिर्ता गर्दै अमेरिका, इजरेलको अब के हुन्छ ?

बुधबार माघ १६ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१६ माघ , विराटनगर।

गाजापट्टिमा हमाससंग युद्धविराम गरेपनि लेबनानमा हिज्बुल्लाहको चेतावनी खाइरहेको इजरायलका लागि अहिले स्वयं अमेरिकाले नै टेन्सन बढाइदिएको छ । खासमा राष्ट्रपति डोनाल्ड ट्रम्पले एक यस्तो कदम उठाएका छन् जसले इजरायलका लागि कुनै झट्काभन्दा कम छैन ।

ट्रम्पले सिरियामा रहेका आफ्ना हजारौं सैनिकहरुलाई फिर्ता बोलाउने निर्णय गरेका छन् । इजरायली मिडियाका अनुसार व्हाइट हाउसका अधिकारीहरुले यसका बारेमा जानकारी दिएका हुन्। यो कदम इजरायलका लागि कम्तिमा अहिलेको अवस्थामा ठुलै झट्का हो ।

किनभने अमेरिकी सेना यसक्षेत्रबाट हट्दा इजरायलको सुरक्षा चिंता बढ्न सक्छ । यसको अलावा रूसले पनि सिरियासंग अब उसको मिलिट्री बेसको भविष्य के हुन्छ भन्नेमा कुरा गरिरहेको छ।

यसबीच इजरायलको सरकारी मिडिया कानले भनेको छ ‘व्हाइट हाउसका वरिष्ठ अधिकारीहरुले आफ्ना इजरायली समकक्षीहरुलाई एक संदेश दिएका छन्, जसमा संकेत दिइएको छ कि राष्ट्रपति ट्रम्पले सिरियाबाट हजारौं अमेरिकी सैनिकहरुलाई फिर्ता बोलाउने इच्छा व्यक्त गरेका छन् ।

कानले आफ्नो रिपोर्टमा भनेको छ, सिरियाबाट अमेरिकी सेना फिर्तीले तेल अवीवको चिन्ताहरु बढ्ने छ । डिसेम्बरमा पेन्टागनले भनेको थियो, कि सिरियामा करीब २००० अमेरिकी सैनिक तैनाथ छन् ।

अमेरिकाका तर्फबाट आधिकारिकरुपमा यसलाई लिएर बयान आएको छैन । अमेरिकाले आफ्नो सैन्य उपस्थितिलाई सम्पूर्णरुपमा अन्त्य गर्छ वा आंशिक यसबारे अहिले केही जनाइएको छैन। अमेरिकी सैनिकहरु सिरियाबाट फिर्ता हुँदा इजरायलका दुश्मनहरुलाई उविरुद्ध खडा हुने मौका मिल्न सक्छ ।

अमेरिकाले सिरियाबाट यस्तो समयमा आफ्नो सेना निकाल्ने कुरा गरिरहेको छ जतिबेला हालै बशर अल–असदको शासन ढलेको छ । इजरायली रक्षामंत्री इसराइल काट्जले मंगलवार सीरियाको नियन्त्रणमा रहेको माउंट हर्मोनको भ्रमण गरेका थिए र सो क्रममा भने, इजरायलले यहाँ आफ्नो सैन्य उपस्थिति बनाइ राख्नेछ ।

काट्जले चेतावनी दिदै भने, ‘हामी इजरायल विरोधी शक्तिहरुलाई सिरियाको दक्षिणमा खुट्टा टेक्न दिने छैनौं । हामी इजरायलविरुद्ध उठ्ने खालका हरेक शक्तिविरुद्ध कारबाही गर्नेछौं’ ।सिरियामा बशर अल–असदलाई सत्ताबाट हटाएर विद्रोहीहरुले कब्जा जमाएका छन् ।

यो परिवर्तनपछि रूसले पनि सिरियामा रहेको आफ्नो सैन्य बेसलाई लिएर नयाँ प्रशासनसंग छलफल अगाडी बढाएको छ । रूसी मिडियाले भनेको छ कि रूसले सीरियामा रहेको रूसी सैन्य अड्डाहरुलाई लिएर सीरियासंग कुराकानी थालेको छ ।

रूसी न्यूज एजेंसी तासका अनुसार रूसका मंत्री मिखाइल बोगदानोभले भने, ‘यो मुद्दामा अतिरिक्त छलफलको आवस्यकता छ’ । बशर अल–असद रूसको निकट मानिन्थे । उनी सत्ताबाट हटेपछि पहिलो पटक रूसी प्रतिनिधिमंडल सिरया पुगेको छ, जसको नेतृत्व बोगदानोभले गरिरहेका छन् ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले पनि अमेरिकाको सुरक्षाका लागि भन्दै एक ठूलो कदम उठाएका छन् । उनले इजरायलको ‘आयरन डोम’ जस्तै अमेरिकाका लागि पनि एक वायु रक्षा प्रणाली बनाउने निर्णय लिएका छन् । यसबारेमा उनले एक कार्यकारी आदेशमा हस्ताक्षर पनि गरेका छन् ।

इजरायलमा ७ अक्टूबर २०२३ मा हमासले हमला गर्दा ‘आयरन डोम’ ले हमास, हिजबुल्लाह र ईरानका तर्फबाट आएका हजारौं रकेट र मिसाइलहरुलाई रोकेको थियो । ट्रम्पले अब यस्तै प्रणाली बनाउने भएका हुन् । उनको आदेश अनुसार, रक्षा मंत्रीले आगामी ६० दिनमा मिसाइल डिफेंस सिस्टमको संरचना र यसका लागि अनुमानित लागतसहितको बजेट प्रस्तुत गर्नुपर्नेछ।

अमेरिकी रक्षा मंत्री पीट हेगसेथले अमेरिकाका लागि रणनीतिक मिसाइल खतराहरुको आकलन पनि प्रस्तुत गर्नुपर्ने मिडिया रिपोर्टहरुमा बताइएको छ । यसको अलावा, ती स्थानहरुको सूची पनि दिनुपर्ने छ जहाँ ‘आयरन डोम’ सिस्टम तैनाथ गर्न सकिन्छ ।

ताकि परमाणु हतियार सम्पन्न दुश्मनहरुबाट सुरक्षा गर्न सकियोस । ट्रंपले भनेका छन्, ‘आयरन डोम’ ले पूर्व राष्ट्रपति रोनाल्ड रेगनका तर्फबाट शुरू गरिएको अधूरो एजेंडाहरुलाई पुरा गर्नेछ । कार्यकारी आदेशमा ट्रंपले भनेका छन्, रीगनले परमाणु हमलाविरुद्ध एक प्रभावी रक्षा सम्यंत्र बनाउने प्रयास गरेका थिए ।

यो कार्यक्रमले कयौं प्रविधिहरुको प्रगति गर्यो तर यसलाई आफ्नो लक्ष्य प्राप्त गर्नुअघि नै रद्द गरियो । आदेशका अनुसार ‘आयरन डोम फर अमेरिका’ नामक प्रणालीमा एक बहु–स्तरीय नेटवर्क हुनेछ ।

यो अमेरिकी आयरन डोमले पूरै अमेरिकालाई एक सामान्य वायु रक्षा प्रदान गर्नेछ र हमलाहरुलाई रोक्नेछ, साथै अमेरिकी मुख्य भूमिका महत्वपूर्ण आधारभुत पूर्वाधारहरुको रक्षा गर्नेछ ।हुनत अमेरिकासंग विश्वको सबैभन्दा शक्तिशाली सेना छ, तर उसका दुश्मनहरु प्नि उती नै शक्तिशाली छन् ।

अमेरिकालाई सबैभन्दा ठूलो खतरा परमाणु हतियारबाट छ । उसका दुश्मनहरुमा चीन, रूस, उत्तर कोरिया, क्यूबा र ईरानजस्ता देशहरु छन् । चीन र रूससंगको तनावको खतरा सधैं नै रहँदै आएको छ । तर अचानक युद्ध नै शुरू हुने संभावना भने कम छ ।

उता उत्तर कोरिया एक यस्तो देश हो जो लगातार आफ्नो शक्ति देखाउनका लागि अमेरिकातर्फ घातक मिसाइलहरु प्रक्षेपण गरिरहन्छ । यही कारण हा कि अमेरिका एक मजबूत एयर डिफेंस सिस्टम बनाउन चाहान्छ ।

यस्तोमा आयरन डोमजस्तो प्रणाली नै बेस्ट छ । आयरन डोमले ब्यालिस्टिक, हाइपरसोनिक, एडवांस्ड क्रूज मिसाइलहरु र दुश्मनहरुको आगामी पीढीका हवाई हमलाहरुबाट पनि जोगाउने छ। यसबारेमा ट्रम्पको आदेशमा भनिएको छ, विश्वभारमा मिसाइलहरुको लन्च र उनीहरुलाई ट्रयाक गर्नका लागि एक स्याटेलाइट आधारित हाइपरसोनिक र ब्यालिस्टिक ट्रयाकिंग स्पेस सेंसर लेयरको तैनाथीमा तिव्रता ल्याइने छ ।

ताकि मिसाइलहरुलाई समयमै नष्ट गर्न सकियोस । अर्को बुँदा छ, आगामी पीढीँको सुरक्षा र लचिलोपनसहितका सुविधाहरुको साथ सबै घटकहरुका लागि एक सप्लाई चेन बनाइने छ । यस्तै ब्यालिस्टिक, हाइपरसोनिक, एडवांस्ड क्रूज मिसाइल र नयाँ पुस्ताका हवाई हमलाहरुलाई रोक्नकालागि गैर काइनेटिक क्षमताहरुको विकास र तैनाथी ।

यस्तै कार्यकारी आदेशका अनुसार अमेरिकाले आफ्ना साझेदारहरु र सहयोगीहरुका साथमा मिसाइल डिफेंसमा सहयोग जारी राख्ने छ । कार्यकारी आदेशमा हस्ताक्षरभन्दा पहिला ट्रंपले फ्लोरिडामा रिपब्लिकन पार्टीको एक कार्यक्रममा भनेका थिए कि उनी एक इजरायलको जस्तै मिसाइल रक्षा प्रणाली चाहान्छन्, जसले अमेरिकाको रक्षा गर्न सकोस ।

यसबारे आफ्ना कमेन्ट जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकालाई कसको डर ?#ट्रम्पले पनि आयरन डोम बनाउने#नेपाल टाइम्स्#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?
ताजा समाचार

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.