१७ माघ,एजेन्सी ।
विश्वमा रहेका देशहरुसंग आआफ्नो फरक फरक मुद्रा प्रचलनमा छन् । नेपाल– भारतमा रुपैंया चल्छ भने बांग्लादेशमा टका, थाईल्याण्डमा भाट, अमेरिकामा डलर, यूरोपियन देशहरुमा पाउंड र यूरोको बोलबाला छ ।
हरेक देशहरुका लागि आफ्नो मुद्रा कति महत्वपूर्ण हुन्छ भन्ने कुरा कुनै पनि विदेशीले सो देशमा जाँदा करेन्सी एक्सचेन्ज गर्नुपर्ने कुराबाट सजिलै बुझ्न सकिन्छ । तर विश्वमा एक यस्तो देश पनि छ जहाँको पैसाको कुनै भ्यालु नै छैन ।
त्यो देशमा यदि तपाइँ केही सामान किन्न जानुहुन्छ भने, त्यहाँको करेन्सीको मूल्य कवाडीको भाउमा तौलेर लगाइन्छ । यो अनौठो चलन भएको देश हो सोमालील्याण्ड । सोमालील्याण्डको आधिकारिक करेन्सी हो सोमालील्याण्ड शिलिंग ।
अहिले सामाजिक संजालमा एक भिडियो भाइरल भइरहेको छ, जसमा देखाइएको छ कि यो देशको करेन्सी कौडीको भाउमा चलिरहेको छ । उक्त भिडियोमा देखाइएको छ कि यहाँको पैसा यति सस्तो छ कि मानिसहरुले गन्ने होइन तराजुमा तौलेर यसको प्रयोग गर्छन ।
सोमालील्याण्ड स्वयंलाई एक स्वतन्त्र देश भन्छ । तर विश्वले यसलाई देश मान्न नै तयार छैनन । अफ्रीकाका पूर्वी क्षेत्रमा रहेको सोमालील्यान्ड एक सानो क्षेत्र हो । सन १९९१ मा जब सोमालिया गृहयुद्धमा फसेको थियो, त्यतिबेला सोमालील्याण्डले स्वयंलाई एक फरक देश घोषणा गर्यो ।
यसको क्षेत्र लगभग १ लाख ३७ हजार स्क्वायर मीटरसम्म फैलिएको छ, जबकि यहाँको जनसंखया करीब ४० लाख छ । यो स्वघोषित देशलाई सबैभन्दा खास बनाएको नै यहाँको करेंसीले हो । जसलाई मानिसहरुले तरकारी किनेजस्तै गरी किन्दछन् ।
यता सिंगो सोमालियाको करेंसी भने सोमाली शिलिंग हो, जहां १ डलर लगभग ५६७, ६८ सोमाली शिलिंग बराबर हुन्छ । यस्तै सोमालील्यान्डमा भने १ अमेरिकी डलरको मूल्य १० देखि ११ हजार सोमालील्याण्ड शिलिंग बराबर हुन्छ ।
यही कारण यहाँका पसलेहरुले पैसालाई गन्नुको सट्टा तौलिनेमा विश्वसा गर्छन । सोमालील्याण्डले आफूलाई स्वतन्त्र देश घोषणा गरेपनि विश्वले अहिले पनि यसलाई सोमालियाकै एक हिस्सा मान्छ । तर सोमालियामा जस्तै यहाँ पनि भोकमरी र बेरोजगारी चरममा छ ।
सोमालील्याण्डको छिमेकी देशहरु इथियोपिया र जिबूटीका साथै बेल्जियम, क्यानाडा, फ्रांस, घाना, केन्या, नर्वे, रूस, दक्षिण अफ्रीका, दक्षिण सूडान, स्वीडन, यूनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका र यमनसंग राजनीतिक संपर्क छ ।
यसको बावजूद सोमालील्याण्डलाई स्वायत्त देशको दर्जा मिलेको छैन । सोशल मीडियामा सोमालील्याण्डको यो फ्याक्टसंग जोडिएको यो भीडियो तिव्ररुपमा भायरल भइरहेको छ ।