रोनाल्डो फेरि अर्काे कीर्तिमान कोरे

१७ माघ ८१, शुक्रबार

१८ माघ , एजेन्सी ।

Advertisement

विश्व चर्चित पोर्चुगिज स्टार साउदी प्रो लिगको अल नासारका कप्तान क्रिष्टियानो रोनान्डोले क्लब फुटबलमा अर्को कीर्तिमान कायम गरेका छन् । आफ्नो क्लब फुटबल करिअरमा रोनान्डोले ७ सय जितको कीर्तिमान बनाउन सफल बनेका हुन् ।

गएराति भएको खेलमा अल–राइडलाई २–१ ले पराजित गरेपछि क्लब फुटबलमा रोनाल्डो ७ सय खेल जित्ने पहिलो खेलाडी बने । ३९ वर्षीय रोनान्डोले उक्त कीर्तिमान बनाउने क्रममा एक गोलको योगदान समेत दिएका थिए ।

Advertisement

उक्त उपाधि बनाउन उनले स्पोर्टिङबाट ३३ खेल, रियल म्याड्रीडबाट ३१६, म्यान्चेस्टर युनाइटेडबाट २१४ खेल, युभेन्टसबाट ९१ खेल र अल–नासारबाट ६६ खेलमा जित निकाले । आफ्नो फुटबल करिअरमा ९०० गोल गर्ने पनि उनी पहिलो खेलाडी बनेका थिए ।

अन्तर्राष्ट्रिय खेल पत्रिका मार्काको अनुसार रोनाल्डोको यो अविश्वसनीय यात्रा अझै जारी छ र यस्ता रेकर्ड थप बन्न सक्नेछ। रोनाल्डोले साउदी टोलीका लागि ९४ खेलमा ८५ गोल गरेका छन् । रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै अल–नासर साउदी प्रो लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ।

Advertisement

साउदी अरेबियाको बुरैदास्थित किङ्स अब्दुल्लाह स्पोट्र्स सिटी स्टेडियममा भएको खेलमा अल–नासरले अल–रायदलाई २–१ ले पराजित गरेको हो। यो महत्त्वपूर्ण जितसँगै अल–नासरको उपाधि होडलाई थप बलियो बनाएको छ।

खेलको प्रारम्भिक अवस्थाबाटै दुवै टोली फरक परिस्थितिमा मैदानमा उत्रिएका थिए। स्टेफानो पियोलीको व्यवस्थापनमा रहेको अल–नासर लगातार अल–फतेह र अल–खालिजविरुद्धको जितलाई निरन्तरता दिन चाहन्थ्यो।

उता, लिगको पुछारमा रहेको अल–रायद आफ्नो छ हारको शृंखला तोड्न आतुर थियो। रोनाल्डोले ३५ औं मिनेटमा अल–नासरलाई सुरुआती अग्रता दिलाए। मर्सेलो ब्रोजोभिचको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनले गोलरक्षकलाई बिट गर्दै सहज गोल गरे।

क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गर्दै दोस्रो गोलका लागि असिस्ट पनि प्रदान गरे। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै अल–नासरले आफ्नो अग्रता दोब्बर बनायो। रोनाल्डोको क्रसमा नुवाफ बाउशलले गोल गरे।

अल–रायदले दुई गोलको अन्तर घटाउन प्रयास गरिरह्यो। अन्ततः ७६ औं मिनेटमा अमिर सायोदले अल–नासरको डिफेन्सको त्रुटिलाई सदुपयोग गर्दै गोल गरे। यो गोलले अल–रायदका समर्थकलाई केही आशा प्रदान ग¥यो।

तर, खेलको परिणाम बदल्न पर्याप्त भएन। यस जितसँगै ३८ अंक जोडेको अल–नासर तेस्रो स्थानमा उक्लिएको छ, जसले अल–हिलाल र अल–इत्तिहादसँगको दूरी घटाएको छ। अल–रायद लिगको पुछारतिर दबाबमा छ। हाल १५औं स्थानमा १४ अंकसहित संघर्ष गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top