×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

नातिनीको शव बारीमा, हजुरबुवासहित मामा माइजु नियन्त्रणमा

१८ माघ २०८१

१८ माघ, विराटनगर ।

हरेक नातिनीकालागि मावाली घर जन्मथलो जत्तिकै आफ्नोपनको ठाउँ हुन्छ। आमाको माइतीघर अर्थात् मावाली, जहाँ उनले बाल्यकालका अनगिन्ती खुसीका पल बिताएकी हुन्छिन्। त्यहाँका मान्छेहरू केवल नातेदार मात्र होइनन्, आफ्नै अभिभावकझैँ स्नेह दिने सहारा हुन्।

मामा, हजुरबुबा–हजुरआमाहरूसँगको आत्मीय सम्बन्धले मावाली घरलाई नाति नातिनीकालागि सुरक्षित थलो बनाउँछ। बाल्यकालमा आमासँगै हात समातेर मावाली घर जाने बानी, मावालीतिरका मान्छेहरूसँग खेल्दै रमाउने बानी, त्यहाँको माया, स्नेह, सुरक्षाको अनुभूति— यी सबै नातिनीकालागि जीवनभर सम्झनायोग्य रहन्छन्।

तर विराटनगरमा मावली घरमै एक नातिनीको शव भेटिएको छ , त्यो पनि गाडिएको अवस्थामा । यसले सम्पूर्ण समाजलाई नै हल्लाइदिएको छ। विराटनगर ५ मा भारत बिहारको छाप्रा जिल्ला घर भएकी बालिकाको शव फेला परेको छ ।

कोचाखालदेखि पश्चिम दिल्ली पब्लिक स्कूल पूर्वतर्फ घर भएका सर्जु मण्डलको तरकारी बारीमा गाडेको अवस्थामा १४ वर्षीया चाँदनी यादवको शव फेला परेको हो । बारीमा बालिकाको शव गाडेको अवस्थामा फेला परेपछि मोरङ प्रहरी घटनास्थललाई सुरक्षित रुपमा निकालेको छ ।

चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलीघर विराटनगर आएकी थिइन् । शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बारीमा शव गाडेको अवस्थामा फेला परेको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा रहेको विषयमा परिवारबाटै हत्या भएको आशंका प्रहरीको छ । प्रवक्ता जोशीका अनुसार भारतबाट छोरी लिएर आएकी आमा एक्लै फर्किएकी थिइन् ।

छोरी लिएर माइत आएकी उनी एक्लै फर्किएको सूचना प्रहरीलाई पुगेको थियो । बालिकाको हत्या मावली घरमा भएको आशंकामा सबैलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको प्रवक्ता जोशीले बताएका छन् ।

उनका अनुशार मावलीतर्फका हजुरबुबासहित हजुरआमा, मामा र माइजुलाई नियत्रन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । आमा र उनका बुबालाई भारतबाट आउन खबर गरिएको छ । प्रहरीले घटनामा आमा र बुबासहितको संलग्नता हुनसक्ने आशंका गरेको छ ।

यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा सर्जुकको घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top