×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

गाजा कब्जा गर्ने ट्रम्पको खुल्ला घोषणा

२३ माघ २०८१

२३ माघ ,एजेन्सी ।

यतिन्जेल विध्वशंको पर्याय बनेको गाजापट्टीलाई पुननिर्माण गर्न त्यहाँका प्यालेस्टाइनीहरुलाई छिमेकी मुलुकमा स्थानान्तरण गर्नुपर्ने बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले भने यो सर्वनाश गरिनुको मुल उद्येश्य स्पष्ट हुने गरी एउटा बयान दिएका छन् ।

Advertisement
Advertisement

वास्तवमा गाजापट्टी पूर्ण खाली गराउने र त्यसलाई आफ्नो नियन्त्रणमा लिने अमेरिकी उद्येश्यअनुरुप नै युद्ध छेडिएको उनको पछिल्लो बयानले संकेत गरेको छ । युद्धविरामपछि गाजापट्टी बनाउने भन्दै आएका डोनाल्ड ट्रम्प अब भने यसलाई आफ्नो कब्जामा लिने खुल्लारुपमा घोषणा गर्दैछन् ।

यो घोषणा उनले इजरायली प्रधानमन्त्रीका सामू नै गरेका हुन् । बेन्जामिन नेतन्याहू यतिबेला अमेरिका भ्रमणमा पुगेका छन् । नेतन्याहू नै डोनाल्ड ट्रम्पको दोस्रो कार्याकालमा पहिलो अमेरिका भ्रमण गर्ने विदेशी नेता पनि बनेका छन् ।

उनीहरुबीच ह्वाइट हाउसमा महत्पूर्ण भेटवार्ता भएको छ । ट्रम्पको पहिलो कार्यकालमा पनि नेतन्याहू निकट सहयोगी थिए । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटघाटपछि आयोजित एक पत्रकार सम्मेलनमा, ट्रम्पले गाजा पट्टीमा दीर्घकालीन अमेरिकी स्वामित्व (कब्जा) को सम्भावनाको कल्पना गरेका हुन्, जसले मध्यपूर्वमा स्थिरता ल्याउने र रोजगारी सिर्जना गर्ने दाबी गरे ।

ट्रम्पले भने, ‘मलाई लाग्दैन कि मानिसहरू फर्कनु पर्छ। तपाईं अहिले गाजामा बस्न सक्नुहुन्न । हामीलाई अर्को स्थान चाहिन्छ । मलाई लाग्छ कि यो त्यस्तो स्थान हुनुपर्छ जसले मानिसहरूलाई खुशी पार्नेछ।’

उनले यसअघि पनि छिमेकी देशहरूले विस्थापितलाई शरण दिएर गाजा पूर्ण रूपमा खाली गर्नुपर्ने तर्क गरिसकेका थिए । इजिप्ट, जोर्डन र मध्यपूर्वमा रहेका अन्य अमेरिकी सहयोगीहरूले ट्रम्पलाई गाजाका २० लाखभन्दा बढी प्यालेस्टिनीहरूलाई स्थानान्तरण गर्दा मध्यपूर्वको स्थिरतामा खतरा हुने चेतावनी दिएका छन् ।

तैपनि, ट्रम्पले प्यालेस्टिनीहरूसँग गाजा (ठूलो भग्नावशेषको थुप्रो) छोड्नु बाहेक कुनै विकल्प नभएकोमा जोड दिएका छन् । गत हप्ता, इजिप्ट र जोर्डनले गाजाका मानिसहरूलाई पुनर्वास गर्ने ट्रम्पको आह्वानलाई अस्वीकार गरेका थिए ।

नेतान्याहूसँगको भेटमा, ट्रम्पले इजिप्ट, जोर्डनसहित अन्य देशहरू प्यालेस्टिनीलाई स्वीकार गर्न सहमत हुने विश्वास व्यक्त गरे । ट्रम्पले गाजा क्षेत्रको स्वामित्व लिने र त्यहाँ रहेका खतरनाक बमहरू नष्ट गरेर आर्थिक विकास गर्ने योजना अघि बढाउने बताए ।

सो अवसरमा, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम र बन्धक सम्झौताको दोस्रो चरणसम्म पुर्याउन प्रयास गर्ने बताए । राष्ट्रपति ट्रम्पले हमास र इजरायल बीचको युद्धविराम सम्झौताको भविष्यमाथि अनिश्चितता व्यक्त गरे ।

उनले भने, ‘युद्धविराम कायम रहन्छ कि रहँदैन भनेर म भन्न सक्दिन । मलाई लाग्छ, हामीले धेरै कुशल काम गरेका छौं। बाइडेन प्रशासनले हामीलाई धेरै सहयोग गरेन, म तपाईंलाई भन्न सक्छु, तर हामीले धेरै बन्धकहरूलाई बाहिर निकालेका छौं। हामी धेरै बाहिर निकाल्नेछौँ। तर हामी धेरै अफट्यारा मानिस (हमास) सँग व्यवहार गरिरहेका छौं।’

ट्रम्पको दोस्रो कार्यकालको पहिलो विदेशी नेताको भ्रमणका लागि नेतान्याहू अमेरिकामा छन् । इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायललाई आफ्ना सबै युद्ध लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

नेतान्याहूले गाजामा रहेका बाँकी बन्धकहरूलाई फिर्ता ल्याउने, हमासको क्षमतालाई नष्ट गर्ने र उक्त क्षेत्रले इजरायललाई खतरा नबनाउने सुनिश्चित गर्ने इजरायलको उद्देश्य दोहो¥याए । उनले ट्रम्पको तारिफ गर्दै भने, ‘तपाईं ह्वाइट हाउसमा इजरायलको अहिलेसम्मकै सबैभन्दा ठूलो साथी हुनुहुन्छ।’

प्यालेस्टिनीहरूलाई गाजाबाट स्थायी रूपमा स्थानान्तरण गर्ने ट्रम्पको पूर्ववत् सुझावको निरन्तरता हो, जसलाई साउदीसहित अन्य अरब राष्ट्रहरूले अस्वीकार गरेका छन्। इजरायली प्रधानमन्त्री नेतान्याहूले गाजामा अमेरिकाले दीर्घकालीन स्वामित्व लिने सम्भावनाको बारेमा राष्ट्रपति ट्रम्पको समर्थन गरेका छन् ।

गाजाबाट खतरा नहोस् भन्ने इजरायलको युद्ध उद्देश्यलाई औंल्याउँदै नेतान्याहूले भने, ‘राष्ट्रपति ट्रम्पले यसलाई धेरै उच्च स्तरमा लैजाँदै हुनुहुन्छ । उहाँले त्यो भूमिको टुक्राको लागि फरक भविष्य देख्नुहुन्छ जुन यति धेरै आतंकवादको केन्द्रबिन्दु बनेको छ। मलाई लाग्छ यसमा ध्यान दिनु उचित छ। हामी यसको बारेमा कुरा गर्दैछौं।’

यसबीच राष्ट्रपति ट्रम्पले गाजा र मध्यपूर्वका अन्य क्षेत्रहरूको भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताएका छन्। उनले भने, ‘मलाई इजरायल मनपर्छ। म त्यहाँ भ्रमण गर्नेछु, र म गाजा भ्रमण गर्नेछु, र म साउदी अरेबिया भ्रमण गर्नेछु, र म मध्य पूर्वका अन्य ठाउँहरूको भ्रमण गर्नेछु। मध्य पूर्व एक अविश्वसनीय ठाउँ हो, यति जीवन्त–यो महान मानिसहरू भएको साँच्चै सुन्दर ठाउँहरू मध्ये एक हो।’

Advertisement

उनले गाजा कब्जा गर्ने कुरा बताउँदै अमेरिकी सेना पठाउने कुरा अस्वीकार गर्न नसकिने तर्क समेत गरे। यो घोषणाले मध्यपूर्वको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याउन सक्छ । प्यालेस्टिनी अधिकार र गाजाको सार्वभौमताको प्रश्नलाई पुनः उठाइएको छ, जसले शान्ति प्रक्रियामा नयाँ चुनौतीहरू थप्न सक्छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top