NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

कांग्रेसमा देउवापछि आरजु, शेखर र गगन कहाँ ?

बुधबार माघ २३ , २०८१
Reading Time: 1 min read
A A
कांग्रेसमा देउवापछि आरजु, शेखर र गगन कहाँ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ माघ , विराटनगर।

नेपाली काँग्रेस, जो अहिलेको सबैभन्दा ठूलो दल हो र सत्तारुढ पनि । यद्यपि सरकारमा उसका मन्त्रीहरुमात्रै छन् । केपी ओलीले दुई वर्ष चलाएर शेरबहादुर देउवालाई चुनावसम्म बाँकी रहेका बर्ष सरकार चलाउने गरिको शर्तमा प्रधानमन्त्रीको कुर्सी भने एमालेलाई थमाएको छ ।

तर अहिले कांग्रेसको उपस्थिति वा गतिविधि सरकारमा भन्दा पनि पार्टीमै बढी केन्द्रित देखिएको छ । सरकारमा रहेका उसका मन्त्रीहरुको चर्चाभन्दा पनि पार्टीका विभिन्न पोटफोलियोमा रहेका नेताहरुको चर्चा बेस्सरी चलिरहेको छ, उनीहरुको सक्रियता र दौडधुप पनि नेताकार्यकर्ता भेटघाट र देश दौडाहामा बढेको छ ।

कारण हो आउँदै गरेको महाधिवेशन, जो तोकिएको समयमा नहुन् पनि सक्छ । कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । विधानअनुसार चार÷चार वर्षमा महाधिवेशन हुनुपर्छ । त्यसैले १५औँ महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्नेछ ।

तर अहिले यसको टुंगो लागिसकेको छैन । यसैको आशंकामा गगन थापाले ८४ को चुनावअघि नै महाधिवेशन हुनु पर्छ भन्दै नेतृत्वमा दबाव दिइरहेका छन् । यद्यपि नेताहरू यसको तयारीमा लागेका छन् ।

यसबीच नेता–कार्यकर्तामाझ सबैको चासोको केन्द्रमा छन– सभापति देउवाकी पत्नी डा. आरजु देउवा र महामन्त्री गगन थापा । किनभने गगन थापाले आफूसंग सिमित समय बाँकी रहेको र प्रधानमन्त्री बन्नकै लागि गत चुनाव लडेको बताउँदै आएका छन् ।

यसका लागि उनले संसदीय दलको नेतामा देउवालाई चुनौती पनि दिए तर असफल रहे । पछिल्लो समय भने महामन्त्री थापा र सभापति देउवाबीच सम्बन्ध सुधार भएको चर्चा व्यापक छ । हेर्दा पनि त्यस्तै देखिन्छ । किनभने आलोचनाकै पर्याय बनेका महामन्त्री गगन यतिबेला मौन छन् ।

देउवासहभागी कार्यक्रममा गगन छुट्दैनन् भने उनले सरकार र नेतृत्वको बचाउ गरिरहेका छन् । गठबन्धन र सरकार चाडै ढल्छ भन्नेलाई यो चुनावसम्मै जाने बारबार बताउँदै आएका छन् । यता शेखर कोइरालासँग महामन्त्री थापाको दूरी बढेको छ ।

आउँदो महाधिवेशनमा पार्टी सभापतिको प्रत्यासी बन्ने घोषणा गरिसकेका शेखरसँग दूरी बढ्नु र देउवासँग हिमचिम बढ्नुलाई गगनको व्यक्तिगत महत्वाकांक्षा मात्र नभएर देउवाकै स्वार्थका रूपमा पनि अथ्र्याइएको छ ।

किनभने नेपाली कांग्रेसको विधानअनुसार अब देउवा सभापति बन्न पाउँदैनन् । तर उनी परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी डा. आरजु देउवालाई पार्टीमा स्थापित गर्न चाहन्छन् । यसको संकेत उनले मंगलबार दिए ।

पोखरामा प्रशिक्षण भेलालाई सम्बोधन गर्दै देउवाले घुमाउरो पाराले धर्मपत्नी आरजुको ‘ब्रान्डिङ’ गरे । देउवाले सुरुमा पहाडदेखि हिमालसम्म बस्ने जातजाति, महिला, आदिवासी, दलित सबैको हितका लागि कांग्रेसले काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हाम्रो देशबाट सबै ठाउँमा अनुकरण हुनसक्छ । त्यसैले हाम्रो पार्टीको काँधमा ठूलो जिम्मेवारी छ । अहिले हामी नेपालले सुरु ग¥यौँ महिलालाई ३३ प्रतिशत । अरू देशमा पनि अहिले आवाज उठेको छ । सबै देशमा महिलाहरूको आरक्षणका लागि आवाज उठेका छन्।’

देउवाले महाधिवेशनमा आफू के चाहन्छन् त भनेनन् तर दुईपटक महिला आरक्षणको प्रशंसा गर्दै महिला र त्यो पनि आरजुलाई अगाडि बढाउने संकेत गरे । पार्टीभित्र आरजुले कुन पद रोज्छिन्, प्रस्ट भइसकेको छैन तर देउवाले आउँदो महाधिवेशनमा उनी आरजुलाई अगाडि बढाउन चाहन्छन् भन्ने प्रस्ट पारेका छन् ।

पोखरा भेलामा देउवाले आरजुका लागि सन्देश प्रवाह गरिरहदा पार्टीका इतर पक्षका नेता शेखर कोइरालालाई नबोलाइएपछि गगन र शेखरको दुरी मात्रै होइन बाटो नै अलग भइसकेको सन्देश मिलेको छ ।

पार्टीको सात प्रदेश सभापति, उपसभापति र जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रम निकै राम्रो हुँदाहुँदै पनि उदेकलाग्दो देखिएको शेखर निकट नेता गुरुराज घिमिरेले बताएका छन् ।

नेता घिमिरेले पार्टी भनेको पद ओगटेका दुई÷चार व्यक्तिमात्र नभएको टिप्पणी गरेका छन् । उनले थपेका छन्, ‘मूलतः आठ लाख ६० हजार क्रियाशील सदस्य हुन् । पार्टीभित्रको आफ्नो प्रतिस्पर्धीलाई सँगै लिएर हिँड्न नसक्नु नेतृत्वको असफलता हो । पार्टी आयोजनामा भएको कार्यक्रमलाई गुट भेलामा परिणत गर्न खोज्ने र आफूलाई अरुभन्दा गतिलो ठान्नेहरु समेत चुइँक्क बोल्न नसकेको देख्दा राम्रो जग हँसाइ भएको छ ।’

आरजु नेपाली कांग्रेसको विधान निर्माण गर्नेदेखि समावेशी एजेन्डा बोक्नेसम्म सक्रिय नेतृ हुन् । गैरसरकारी संस्थामार्फत उनले महिला अधिकारका सवालमा कैयौँ काम पनि गरेकी छन् । उनी अहिले कांग्रेसको केन्द्रीय सदस्य छन् ।

परराष्ट्रमन्त्रीका रूपमा उनको भूमिका मध्यमस्तरकै छ । विपिन जोशीको सम्भावित रिहाइ तथा प्रधानमन्त्री ओलीको भारत भ्रमणको तारतम्य मिलाउन सके उनीप्रति तत्काल प्रश्न उठ्ने छैन । तर, पार्टीभित्र उनलाई नरुचाउनेको पंक्ति ठूलो छ ।

आरजुलाई अगाडि बढाउँदा स्वयं शेरबहादुरलाई पनि वंशवादलाई प्रोत्साहन गरेको आरोप लाग्नेवाला छ । यस्तोमा आरजुलाई स्थापित गराउँनै लागि भएपनि देउवालाई गगनजस्ता नेताहरुको र गगनलाई प्रधानमन्त्री वा सभापति बन्न देउवा साथ अनिवार्य छ ।

यसैकालागि दुई नेताबीच हिमचिम पनि बढेको सहजै अनुमान लगाउन सकिन्छ । देउवाको निकट पुगेपछि यसअघि शेखर कोइरालालाई १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार प्रस्ताव गर्छु भनेका थापा अहिले आफैँ सभापति लड्ने गरी देश दौडाहा गरिरहेका छन् ।

उनलाई सभापतिको उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरू मधु आचार्य, अजयबाबु सिवाकोटी, सांसदहरू प्रतिमा गौतम र कुसुम थापालगायतले पनि जोडबल गरिरहेका छन् । यता महामन्त्री भएपछि स्वयं गगन पार्टीको आन्तरिक संगठनमा पनि शक्तिशाली भएका छन् ।

यता यसअघि पार्टीको संसदीय दलको नेतामा शेखरलाई पछि हटाएर आफूले उम्मेदवारी दिदा उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले समर्थन गरे । तर अहिले भने विश्वप्रकाश शर्माले पनि शेखरसँग नजिक हुने संकेत गरेपछि गगन अब कसको साथ र आडमा सभापतिको उम्मेदवार हुन्छन् भन्ने चासो बढेको छ ।

यद्यपि कतिपयले भने महामन्त्री थापा सभापतिको उम्मेदवार बन्दा कुनै गुटमा सामेल हुनुपर्ने अवस्था नभएको बताउँछन् । गगनले शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा सभापतिको उम्मेदवार हुँदा आरजु देउवा राणाको राजनीतिक व्यवस्थापनको सुनिश्चितता भने गर्नुपर्ने छ ।

यस्तै देउवाले यही गठबन्धनलाई कायम राखेर प्रधानमन्त्री बन्नका लागि गगनको सहयोग लिएको देखिन्छ । अब देउवालाई प्रधानमन्त्री हुने गरी गगनले सहयोग गरिरहेकाले देउवाले पनि आगामी सभापति बनाउन गगनसँग केही राजनीतिक लेनदेन गर्न सक्छन् भन्ने एकथरीको बुझाई छ ।

यस्तोमा अहिले नै महाधिवेशन नियमित समयमा गर्ने कि, आम निर्वाचनअघि वा पछि कहिले गर्ने भन्ने विषयमा छलफल सुरु भएको छ । महामन्त्री थापा पनि नियमित समय गर्नुपर्छ भन्दै आएका नेतामध्ये थिए ।

तर अहिले उनले पनि महाधिवेशन निर्वाचनअघि गरौँ भन्न थालेका छन् ।यसबारे आफ्ना कमेन्ट जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Tags: #आरजुलाई काँध हाले गगन प्रधानमन्त्री#कांग्रेसमा देउवापछि आरजु#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
अन्तर्राष्ट्रिय

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.