×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

रविविरुद्ध ३ जिल्लाका सरकारी वकिलको बहस, रविलाई थुन्नैपर्ने बहस

२४ माघ २०८१

२४ माघ , काठमाण्डौ।

चितवनको साहारा सहकारी ठगी मुद्दामा अहिले रास्वपा सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस जिल्ला अदालतमा जारी छ । अहिले सहकारी पीडितहरुका तर्फबाट वकिलहरुले बहस गरिरहेका छन् । विहान अदालत खुलेदेखि रविविरुद्धमा सरकारी वकिलहरुले बहस गरेका थिए ।

Advertisement
Advertisement

उनीहरुको बहस सकिएपछि पीडित पक्षका वकिलहरुको पालो आएको हो । आज लामिछानेको विपक्षमा बहस गर्न छिमेकी जिल्लाबाटसमेत सरकारी वकिलहरू झिकाइएका छन् । चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए ।

तर, महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको हो ।

तीनै जना सरकारी वकिलले साहारा बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछाने विरुद्दको मुद्दामा बहस गरे । महान्याधिवक्ता कार्यालयको निर्देशनमा उनीहरु चितवन आएको बताइएको छ ।

‘नेपाल सरकारको मुद्दामा कमजोर बहस नहोस् जोडतोडले तथ्यहरु आउन सकुन् भनेर उहाँहरुलाई झिकाइएको हो,’ कार्यालय स्रोतले भन्यो, ‘जिल्लाका सरकारी वकिलको बहसलाई थप बल प्रदान गर्न अन्य जिल्लाबाट सरकारी वकिल झिकाइएको हो ।’

उनीहरुले रविलाई पुर्वक्षमा पठाउन माग गरेका छन् । चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ । सहकारी पीडितको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी, शम्भु बर्तौलाले बहस गर्दैछन् ।

यस्तै आज सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्द्र गौतमले बहस गर्ने भन्दै वकालतनामा दर्ता गराएका छन् । जाहेरवालाका तर्फका वकिलले बहस गरेपछि प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन् ।

लामिछानको तर्फबाट ११ जनाले बहस गर्दैछन् । वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले बहस गर्ने तालिका छ । बहस सकिए सम्भवतः आज फैसला आउन सक्ने बताइएको छ । त्यसैले आज चितवनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका करिब ४ सय र सशस्त्र प्रहरी करिब २ सय परिचालन गरिएको छ । हिजो रविलाई प्रहरीको जिम्मा लगाउने अदालतको आदेशपछि अदालत परिसरमा प्रर्दशन भएको थियो । आज रविका लागि आदेश आउन सक्ने अनुमानमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोगपत्र दर्ता भएको थियो। अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए । चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ । यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी छ । उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ । अरु १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top