×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

दलित युवामाथि राज्यबाटै अत्याचार ! संसद तात्यो

२४ माघ २०८१

२४ माघ ,काठमाण्डौ।

गैरदलित युवतीसँग प्रेमविवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम (चमार) लाई जातकै कारण राज्यबाटै अत्याचार भइरहेको विषय संसद्मा प्रवेश गरेको छ। गृहमन्त्रालय र प्रहरीले नै राज्यबाटै अत्याचार भएको आरोपको खण्डन गरिरहेका बेला बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सर्लाहीकै नेहा रौनियारसँग प्रेमविवाह गरेको रिसमा सत्येन्द्रले गृहमन्त्रीकै निर्देशनमा अन्याय भोगिरहेकोबारे सांसदहरूले सरकारसँग जवाफ माग गरे ।

Advertisement
Advertisement

संसद् बैठकको आकस्मिक समयमा सांसदहरू शान्ति विक, शिव नेपाली, सुमना श्रेष्ठ, रणेन्द्र बराइली, हर्कमाया विकलगायतले गृहमन्त्री रमेश लेखकको चर्काे आलोचना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।

सांसद शान्ति विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार सत्य हो भने ६० लाख दलित समुदायको अपमान भएको बताइन् । उनले गृहमन्त्री रमेश लेखकको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको भनेर समाचारहरू आए पनि ती सबै सत्य हुन नसक्ने बताइन् ।

सांसद हर्कमाया विकले पनि उक्त घटनाले जातीय विभेदलाई सरकारले संरक्षण गरेको भन्दै दलितहरूको अपमान गरिएको बताइन् । अर्का सांसद शिव नेपालीले पनि उक्त घटनाबारे सरकारको जवाफ माग गरे ।

उनले सरकारको चरित्र हात्तिको दाँतजस्तै लागेको भन्दै सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने भने पनि व्यवहार त्यस्तो नभएको टिप्पणी गरे । उनले सत्येन्द्र जोडीको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारँग माग गरे ।

सांसदहरुले बोलीसकेपछि रोष्टममा बोल्न पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले पनि यसमा सरकारसंग जवाफ मागे र यो भन्दा लज्जास्पद कुरा के हुनसक्छ भन्दै प्रश्न गरे ।

प्रचण्डले विवाह गरेको अदालती प्रमाणपत्र हुँदाहुँदै पनि त्यो अन्तरजातीय जोडीलाई प्रताडित गर्नु लज्जाजनक घटना भनी टिप्पणी गरेका हुन्। प्रचण्डले भने, ‘विवाह गरेको प्रमाणपत्र हुँदाहुँदै अन्तरजातीय जोडीलाई प्रताडित गरिएको घटना सुनियो, योभन्दा लज्जास्पद कुरा के हुन्छ?’

यसरी प्रतिपक्षी दल र सांसदहरुले आफूमाथि प्रश्न उठाएपछि गृहमन्त्री रमेश लेखकले पनि यसको जवाफ दिए । रोष्टममा उभिएर उनले अन्तरजातीय विवाहका प्रति आफू सतर्क र उद्धार रहेको बताए ।

’गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्ने कुरा सरासर कपोल्कल्पित हो । तत् सम्बन्धमा मैले नेपाल प्रहरीलाई निर्देशन दिएको छु। यद्यपि, यस विषयमा कहीँ पनि त्रुटि भएको देखिए छानबिन र कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने ।

अगाडि उनले भने, ’नेहा र सत्येन्द्र उहाँहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ। उहाँहरूको जीवनमा कुनै प्रतिकूलता पर्न दिइइने छैन। पीडितहरूलाई भएको क्षतितर्फ पनि ध्यान आकृष्ट भएको छ।’

सर्लाहीका सत्येन्द्र चमार र निहा रौनियारले अन्तरजातीय विवाह गरेको तर, उनीहरूलाई गृहमन्त्रीकै निर्देशनमा दुःख दिइएको भन्ने समाचार बाहिरिएको थियो । सोही समाचारका आधारमा गैरदलित युवतीसँग प्रेमविवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम (चमार) लाई जातकै कारण राज्यबाटै अत्याचार भइरहेको विषय संसद्मा प्रवेश गरेको हो।

गृहमन्त्री लेखककै निर्देशनमा दलित–गैरदलित जोडी सत्येन्द्र र नेहालाई प्रहरी प्रशासनबाट दुःख दिइरहेको समाचार सार्वजनिक भएपछि बुधबार मात्र काठमाडौँको माइतीघरमा दलितहरूले गृहमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका थिए ।

Advertisement

हिजोमात्रै गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले पनि सो समाचारलाई कपोल्कल्पित र भ्रामक भएको साथै यसमा सत्यतथ्य छानविन गर्ने पनि बताएका थिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top