×

NEPAL TIMES UPDATES

Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026

के बाबुरामले फेरि जनताको मन जित्न सक्लान् ?

२७ माघ २०८१

२७ माघ , काठमाण्डौ ।

नेपालमा बौद्धिक नेताहरूको अभाव छ भन्ने चर्चा बेला–बेलामा उठ्छ। जेल जीवन लामो भएकाले मात्र पार्टीको नेतृत्व पाउने परिपाटी कायमै छ। तर देश चलाउन ज्ञान र दृष्टिकोण पनि चाहिन्छ भन्ने धारणा बलियो बन्दैछ।

Advertisement
Advertisement

यही सन्दर्भमा डाक्टर बाबुराम भट्टराईको राजनीतिक यात्रा पटक–पटक चर्चामा आउने गर्छ। २०५२ सालमा जनयुद्ध सुरु गर्दा बाबुराम भट्टराईसँग नयाँ सोच, क्रान्तिकारी विचार र समृद्धिको सपना थियो। २०६३ सालमा युद्ध अन्त्य भयो।

त्यसपछि माओवादी पटक–पटक सरकारमा पुग्यो, सत्ता चलायो। बाबुराम भट्टराई स्वयं प्रधानमन्त्री बने। तर सपना पूरा भएनन्, आम नागरिकको अवस्था जस्ताको तस्तै रह्यो। माओवादीले बाँडेका क्रान्तिकारी सपनाहरू अझै सपनामै सीमित छन्।

यही हुटहुटीले होला, बाबुराम नयाँ राजनीतिक परियोजनासहित फेरि पनि आफूलाई उत्कृष्ट विकल्पको रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्। नौ वर्षअघि उनले नयाँ शक्ति नेपाल नामको पार्टी खोले। नयाँ विचार, नयाँ संगठन र नयाँ पुस्ताको नेतृत्व को नारा दिए।

तर जनताको विश्वास जित्न सकेनन्। पार्टीको नेतृत्वमा होस या सरकारको माथिल्लो पदमा पुग्नका लागि पहिलो मापन भनेकै जेल र संर्घष चाहिन्छ भन्ने कुरा पूराना नेताहरु स्थापित गर्न चाहान्छन् । वास्तवमा देश चलाउन सटिफिकेट पनि चाहिन्छ भन्ने आवाज उठ्दा बाबुरामको आशा पलाउनु स्वाभाविक पनि हो ।

यसैले अब फेरि नयाँ वैकल्पिक समीकरणको खोजीमा बाबुराम जुटेका छन्। नेपालका कमै बौद्धिक नेतामध्ये एक मानिने बाबुराम भट्टराईलाई जनताले पटक–पटक अवसर दिए, तर उनले परिणाम दिन सकेनन् ।

कारण स्पष्ट छ— उनले निरन्तर आफ्नो विचार र संगठन परिवर्तन गरे। माओवादी छोडेपछि नयाँ शक्ति खोले, पछि समाजवादी बने, फेरि गठबन्धनतिर लागे। स्थिरता नभएको राजनीतिलाई जनताले पत्याउने आधार नै रहेन।

तिनै पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को पहिलो महाधिवेशन आजबाट सुरु भएको छ । यो महाधिवेशनमा उनी फेरी अध्यक्ष बन्ने पक्षमा छन् । तर उनलाई पार्टी भित्रका एक युवाले चुनौती दिई रहेका छन् ।

कुनै समयमा देशकै पहिलो पार्टी बनाएका बाबुराम यति बेला एउटा सानो पार्टीको अध्यक्षका लागि समेत चुनावमा नै जानु पर्ने अवस्था सृजना भएको छ । काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानमा माघ २७ देखि २९ सम्म आयोजना हुने महाधिवेशनमा १ हजार ५ सय प्रतिनिधिले भाग लिने छन् ।

प्रवासमा रहेका सदस्यहरूका लागि महाधिवेशनमा अनलाइन मतदानको व्यवस्था गरिएको छ । पार्टीले स्थानीय निकायलाई मुख्य आधार मानेर ७ सय ५३ मध्ये ५ सय १२ स्थानीय निकायबाट प्रतिनिधित्व हुने छ ।

३१ हजार पार्टी सदस्यहरूबाट निर्वाचित भएका १ हजार ५ सय प्रतिनिधिहरू काठमाडौँ जम्मा भएका छन् । पार्टीको महाधिवेशन नेपालको राजनीतिक प्रणालीलाई पुनः संरचना गर्ने र नेपालको राष्ट्रिय राजनीतिक नयाँ दिशामा मार्ग प्रशस्त गर्ने वैकल्पिक राजनीतिक धार भएको नेताहरूले दाबी गरेका छन् ।

पार्टीले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको कार्यदिशा लिने सम्भावना छ । सम्मेलनले केन्द्रीय नेतृत्व चयन गर्ने छ । नेताहरूका अनुसार पार्टीको अध्यक्ष पदमै मतदान हुने निश्चित जस्तै भएको छ ।

किनकि युवा नेता नेत्र चापागाईँले अध्यक्ष पदमै उम्मेदवारी घोषणा गरी सकेका छन् । उनी सँग अध्यक्ष पदमा पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराई प्रतिस्पर्धा गर्दै छन् । पूर्व विद्यार्थी नेता चापागाईँले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणासहित एक अलग प्रस्ताव तयार पारेका छन् ।

संविधान निर्माण लगत्तै २०७२ मा भट्टराईले ‘नयाँ पार्टी निर्माण गरेर नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ सङ्गठन, नयाँ नेतृत्व र नयाँ शैलीसहितको नयाँ ढङ्गको पार्टी’ निर्माण गरेर जाने उद्घोषसमेत गरेका थिए। नभन्दै भट्टराईले त्यसको करिब एक वर्षपछि नयाँ शक्ति नाम कै पार्टी गठन गरे ।

मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा दुःख, कष्ट भोगेका राजनीतिक नेतृत्वले जनताका एजेन्डाका आधारमा विकास र समृद्धिमा फड्को मार्न नसक्दा नयाँ शक्तिको आवश्यकता भएको भट्टराईको बुझाइ छ ।

वैकल्पिक नयाँ शक्ति अग्रगामी सोचसहितको हुनुपर्छ, पुराना वादबाट अब मुलुक चल्दैन भन्दै सङ्घीयतालाई पनि परिष्कृत गर्दै लैजानुपर्छ भन्ने निष्कर्ष भट्टराईको छ । २०६४ को निर्वाचनमा गोरखा १ बाट माओवादी उम्मेदवारका रूपमा नेपालको संविधान सभाको सदस्यमा निर्वाचित भएका भट्टराई निर्वाचनपछि बनेको मन्त्रिपरिषद्मा अर्थमन्त्री बनेका थिए ।

२०६८ भाद्र ११ गते भट्टराई नेपालको ३६औँ प्रधानमन्त्री बनेका थिए । २०७३ असारमा बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा नयाँ शक्ति पार्टी नेपालको घोषणा गरे । तिन वर्ष बित्न नपाउँदै २०७६ मा नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम बिच एकता भयो ।

उनी नयाँ पार्टीको सङ्घीय परिषद्को अध्यक्ष बने । पछि समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबिच एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल गठन भएको थियो । विभिन्न मतभेदका कारण दुई दल पुनः छुट्टा भिन्न भएका थिए जहाँ भट्टराई उपेन्द्र यादव तिर गएका थिए ।

२०७९ साउनमा भट्टराईले जनता समाजवादी पार्टी, नेपालबाट छुट्टिँदै आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन गरेका थिए । नेसपा बाट पनि सहअध्यक्ष महिन्द्रराय यादव माओवादी कित्तामा पुगिसकेका छन् ।

बाबुरामका लागि स्थिर भएर एउटै दलमा नबस्ने अनि पटक पटक पार्टी फुटाउने र जुटाउने वानी जस्तै भएको छ । यस पटक पनि उनले अध्यक्षका लागि हार खाए भने फेरि अर्को नयाँ सोच र नयाँ दल सहित नआउला भन्ने चाही गाह्रो छ ।

बाबुराम भट्टराईलाई थाहा छ, पुराना दलहरूबाट देश समृद्धि तिर जान सक्दैन। तर जनताले उनको नेतृत्वलाई पनि वैकल्पिक समाधान ठानेनन्। उनी निरन्तर नयाँ विकल्प खोज्दैछन्, तर आफूलाई नयाँ विकल्पको रूपमा प्रमाणित गर्न चुकेका छन्।

अब प्रश्न उठ्छ— के बाबुरामले फेरि जनताको मन जित्न सक्लान् रु कि उनको नयाँ सोच पुरानै नियतिको सिकार हुनेछरु यो चाँही समयले नै बताउनेछ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top