×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

देशैभर पश्चिमी वायु, हिमाली भेगमा हिमपात

२८ माघ २०८१

२८ माघ, काठमाण्डौ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। विहान तराईका थोरै स्थानहरूमा हल्का हुस्सु र कुहिरो लाग्यो ।

Advertisement
Advertisement

आज कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको हो ।

यस्तै बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले केही दिनसम्म हिमाली र पहाडी क्षेत्रमा हल्का हिमपात तथा तराईमा हुस्सु कायम रहने महाशाखाले जनाएको छ ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Advertisement
Advertisement

यस्तै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबारभन्दा आज सोमबार केही घटेको छ । मौसमविद्का अनुसार काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रमचाहिँ २० देखि २२ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । हिजो आइतबार उपत्यकाको अधिकतम तापक्रम २०.६ डिग्री सेल्सियस थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top