×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

छोरी निर्विरोध हुँदा बाबुरामले चुनाव लड्नु पर्याे

२९ माघ २०८१

२८ माघ , काठमाण्डौ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । काठमाडौंमा आइतबारदेखि जारी महाधिवेशनमा आज नेतृत्व चयन हुन लागेको हो । नेसपाको अध्यक्षमा डा.बाबुराम भट्टराईसँगै नेत्रप्रसाद चापागाईंले उम्मेदवारी दिएका छन् ।

Advertisement
Advertisement

आज दिउँसो ३ बजेदेखि मतदान सुरु हुने जनाइएको छ । त्यस्तै उपाध्यक्ष खस आर्यमा जनकराज शाह र ईश्वर रिजालको उम्मेदवारी परेको छ । उता महिला उपाध्यक्षमा भने मानुषी यमि भट्टराईको मात्रै उम्मेदवारी परेको छ ।

आदिवासी जनजाति उपाध्यक्षका लागि भने रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुप सिं सुवाल र दलबहादुर लिम्बुको उम्मेवारी परेको छ । दलित उपाध्यक्षमा भने दुर्गा सोबको एकल उम्मेदवारी परेको छ । त्यस्तै मधेशी थारु उपाध्यक्षका लागि उमेश शाह र चिनक कुर्मी मैदानमा उत्रिएका छन् भने घमान सिंह गुरुङ, सोनाम सिं स्याङ्तान र राजु नेपाल महसचिवका लागि मैदानमा उत्रिएका छन् ।

नेसपामा ११ सदस्यीय पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । त्यसमध्ये ९० जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ९ जना भने मनोनीत हुनेछन् । निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीका अनुसार ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सय भन्दा धेरैको उम्मेदवारी परेको छ ।

बाबुरामलाई चुनौती दिने चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनमा अध्यक्षसमेत भइसकेका नेता हुन् । पार्टीका संस्थापक सदस्य चापागाईं अन्नपूर्ण गाउँपालिका–६ कास्कीका हुन् । उनको प्रस्तावकमा गोरखा अजिरकोटका कृष्ण अधिकारी प्रस्तावक र कास्की–२७, पोखराका विशाल तिमिल्सिना समर्थक छन् ।

महाधिवेशनको उद्घाटन सत्रपछि आयोजित सचिवालय बैठकमा भट्टराई आफैंले नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्ने र आफू वैचारिक नेताको भूमिकामा बस्ने प्रस्ताव गरेका थिए । तर उनलाई अध्यक्ष नै रहन पार्टीका नेताहरुले सुझाव दिने गरेका छन् ।

त्यसैले भट्टराईले पनि अध्यक्षमा उम्मेदवारी दिएको उनी निकटका नेताले बताएका छन् । तर यता पार्टी अध्यक्षका लागि पूर्वविद्यार्थी नेता नेत्र चापागाईंले दाबेदारी प्रस्तत गरे । उनले डा भट्टराईलाई चुनौती दिनेगरी राजनीतिक प्रस्ताव पनि तयार गरेका छन् र भट्टराईका कमजोरीहरू औँल्याएका छन् ।

वैकल्पिक शक्ति पार्टी नबन्नुमा चापागाईंले डा भट्टराईलाई बढी जिम्मेवार मानेका छन् । उनी भट्टराईको खरो आलोचक देखिएका छन् । यता डा भट्टराईले १० वर्षे सशस्त्र विद्रोह गरेको दल नेकपा माओवादी ९ असोज २०७२ मा परित्याग गरेका थिए ।

३० जेठ २०७३ मा ठूलै तामझामसहित वैकल्पिक शक्तिका रूपमा नयाँ शक्ति स्थापना गरेका थिए । नयाँ शक्तिबाट गोरखा–२ मा २०७४ को प्रतिनिधिसभा चुनावमा कांग्रेससँग सहकार्य गरेर भट्टराई लडेर चुनाव जिते, उनका दलका अन्य उम्मेदवारहरूले चुनाव हारे ।

पछि उपेन्द्र यादव नेतृत्वको दलसँग एकता गर्दै अन्ततः तत्कालीन राजपासँग पनि एकता गरेर जसपा बनाए । त्यो पार्टीबाट पनि डा. भट्टराई अलग भए । त्यसपछि नेसपा गठन गरेका उनले पछिल्ला दिनमा नेसपा (नयाँ शक्ति) भन्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top