अमेरिकामा फेरि विमान दुर्घटना

२८ माघ , एजेन्सी ।

अमेरिकामा फेरि विमान दुर्घटनामा परेको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् ।

यो दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन् । उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट बाहिर निस्केर एउटा निजी जेटसँग ठोक्किँदा दुर्घटना भएको थियो ।

स्कट्सडेल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले एक जनाको घटनास्थलमै मृत्यु भएको बताए । यसबाहेक अन्य चार जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

केली कुएस्टरका अनुसार ल्याण्डिंगका क्रममा एक जेट रनवेबाट बाहिर आयो र पार्क गरेर राखिएको गल्फस्ट्रीम २०० जेटसंग ठोक्कियो । प्रारंभिक जाँचमा रनवेबाट बाहिर आएको जेटको ल्याण्डिंग गियरले काम नगरेको आशंका गरिएको छ ।

यो जेट अस्टिन (टेक्सास)बाट आएको थियो । अमेरिकामा पछिल्लोसमय लगातार विमान दुर्घटनाहरू भइरहेका छन् । वासिङ्टन डिसीमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र यात्रुवाहक विमान आकाशमा नै ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो ।

लगत्तै फिलाडेल्फियामा मेडिकल जेट दुर्घटना हुँदा ७ जना र अलास्कामा अर्को विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । हालैका तीनवटा विमान दुर्घटनाहरूको अझै अनुसन्धान जारी छ । राष्ट्रिय यातायात सुरक्षा बोर्डले तिनवटै घटनाको अनुसन्धान गरिरहेको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top