इन्डोनेसियामा भूकम्पका कारण ४ सयको मृत्यु

१३ असोज ७५, आइतबार

एजेन्सी,असोज १३
इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झन्डै ४ सय पुगेको छ । सुलावेसी क्षेत्रमा गएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढिरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अरु सयौंजनाको अस्पतालमा उपचार भइरहेको उनीहरुको भनाइ छ । घाइतेहरुको उद्धार गर्दै अस्पतालसम्म ल्याउनेक्रम पनि चलिरहेको बताइएको छ । प्रकोप व्यवस्थापनसम्बन्धी कार्यालयका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार यो समाचार लेख्दासम्म ३८४ जनाको मृत्यु भएको छ ।

Advertisement

उनीहरु सबैको पालुमा मृत्यु भएको र मृत्यु हुनेहरुको संख्या अझ बढ्नसक्ने देखिएको अधिकारीहरुको भनाइ छ । सुनामी आएपछि मानिस आत्तिएर चिच्याइरहेका र भागिरहेका थिए । एउटा मस्जिदमा पनि क्षति पुगेको बताइएको छ ।

अस्पताल, होटल र पसललगायतका हजारौं घरहरू भत्किएका छन् । यस क्षेत्रमा अहिले विद्युत तथा सन्चार सेवा अवरुद्ध भएका छन् भने पहिरोका कारण कतिपय मुख्य बाटोहरु अवरुद्ध भएका छन् ।

Advertisement

शक्तिशाली पराकम्पनले उक्त सहरलाई निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु सहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

इन्डोनेसियाको तटीय सहरमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि शक्तिशाली सुनामी पनि आएको हो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top