NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ? शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद शुक्रबार कार्तिक १४ , २०८२
बिहारमा चुनावः एक करोड रोजगारीदेखि महिला करोडपतिको वाचा शुक्रबार कार्तिक १४ , २०८२
पूर्वमुख्यमन्त्रीले न्यायिक आयोगका सदस्यलाई झपारे शुक्रबार कार्तिक १४ , २०८२
Next
Prev

समाचार

ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

शुक्रबार फाल्गुन २ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

WASHINGTON, DC - JUNE 26: U.S. President Donald Trump and Indian Prime Minister Narendra Modi walk up to deliver joint statements in the Rose Garden of the White House June 26, 2017 in Washington, DC. Trump and Modi met earlier today in the Oval Office to discuss a range of bilateral issues. (Photo by Mark Wilson/Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ फागुन , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दोस्रो कार्यकालमा आफ्ना सहयोगी राष्ट्रहरुविरुद्ध समेत कठोर रुपमा प्रस्तुत हुँदै आएका ट्रम्पका लागि मोदी भेटवार्ता गर्ने चौथो प्रमुख नेता बनेका छन् ।

ट्रम्पले इजरेली प्रधानमन्त्री, जापानी प्रधानमन्त्री, जोर्डनका राजापछि मोदीलाई आफ्ना विशेष पाहुना बनाएका हुन् । ह्वाइट हाउसमा द्विपक्षीय वार्तापछि मोदी र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेका छन् ।“भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्छ,” मोदीले भने, “भारत र अमेरिकाबीचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीहरूलाई बलियो बनाउँछ ।

हामी इन्डो–प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउनसँगै काम गर्नेछौँ ।” मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताए । उनले भने, “भारत र अमेरिका आतंकवादविरुद्धको लडाईंमा दृढतापूर्वक एकसाथ उभिएका छन् ।

सीमापार आतंकवाद उन्मूलन गर्न ठोस कारबाही आवश्यक छ । यसमा हामी सहमत छौं ।” ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० बिलियन डलर रहेको बताए । उनले भने, “मोदी र म पारस्परिक व्यापारलाई सुदृढ पार्न र अमेरिकीहरूका लागि यसलाई अझ निष्पक्ष’ बनाउन छलफल सुरु गर्नेछौँ ।”

पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीयहरूलाई फिर्ता लैजाने बताए । उनले भने, “यस विषयमा हाम्रो विचार एउटै छ । यदि, अमेरिकामा अवैधरूपमा बसोबास गर्ने भारतीय नागरिकको पुष्टि भयो भने हामी उनीहरूलाई भारत फिर्ता लैजान पूर्णरूपमा तयार छौँ ।”

केही आप्रवासीहरूलाई मानव तस्करहरूले अमेरिका लैजाने र त्यस्ता युवा स्वयंले थाहा नपाउने गरेको मोदीको भनाइ छ । मोदीले भने, “यसरी अमेरिका पुग्नेमा धेरै सामान्य परिवारका बालबालिका छन् । उनीहरूलाई ठूला सपना देखाइन्छ र ठूला वाचा गरिन्छ ।”

उनले अवैध रूपमा अमेरिका प्रवेश गराउनेहरूलाई कारबाही गर्न आवश्यक रहेको बताए । ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकाले सैन्य विमानमार्फत कागजात नभएका १०४ जना भारतीय आप्रवासीलाई भारत फिर्ता पठाइसकेका छन् ।

यस्तै भेटमा ट्रम्पले बंगलादेशमा सत्ता परिवर्तनमा आफ्नो देशको कुनै भूमिका नभएको बताएका छन्। पत्रकार सम्मेलनमा ट्रम्पलाई सोधिएको थियो, ‘बंगलादेशबारे तपाईं के भन्न चाहनुहुन्छ?’ जवाफमा उनले भने, ‘यसमा हाम्रो कुनै भूमिका छैन।

यसमा प्रधानमन्त्री (मोदी) लामो समयदेखि काम गरिरहनुभएको छ।’ बंगलादेशमा विरोध प्रदर्शन चर्किएपछि गत अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत भागेकी थिइन्। हाल उनी भारतमै छिन्। यसपछि बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।

बंगलादेशको वर्तमान सरकारले धेरै पटक भारतलाई शेख हसिनालाई देश फिर्ता पठाउन आग्रह गरेको छ। ट्रम्पसँगको भेटवार्तामा मोदीले भन्सार महसुलको विषयमा पनि कुराकानी गरेका छन् । ट्रम्पले भने, ‘भारतले हामीलाई जेजेमा भन्सार शुल्क लगाउँछ, हामी पनि त्यही त्यहीमा लगाउनेछौँ।’

भन्सारका विषयमा ट्रम्पले अघि भने, ‘हाम्रा सहयोगी शत्रुभन्दा पनि खराब छन्।’ यस क्रममा उनीहरूले रुस र युक्रेनबीच जारी युद्धका विषयमा पनि बोलेका छन्। भारतीय प्रधानमन्त्री मोदीले मानिसहरू रुस–युक्रेन द्वन्द्वमा भारत तटस्थ रहनुपर्छ भन्ने सोच्छन्, तर यो गलत भएको बताए। उनले भने, ‘भारत शान्तिका पक्षमा छ।

हामी दुवै पक्ष (युक्रेन र रुस) सँग वार्ता गर्नुपर्ने निष्कर्षमा पुगेका छौँ।’ मोदीले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले गरिरहेको प्रयासको प्रशंसा गरे। यस क्रममा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो फोन वार्ता भएको सुनाउँदै युक्रेनमा युद्ध अन्त्य हुने आशा व्यक्त गरे।

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ अकाउन्टमा लेखेका छन्, ‘रुस र युक्रेनसँग उत्कृष्ट वार्ता भएको छ। युद्ध अन्त्य हुने सम्भावना धेरै छ।’ यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुस–युक्रेन युद्धबारे हुने वार्तामा आफूलाई सहभागी नगराए कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन्।

अमेरिकाको दुई दिने भ्रमणका क्रममा मोदीले ट्रम्प प्रशासनका शक्तिशाली सदस्य विश्वकै धनाढ्य एलन मस्कको परिवारसँग समेत भेटवार्ता गरेका छन् । मोदीले पहिलो अमेरिकन अधिकारीका रुपमा अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डलाई भेट गरेका थिए ।

अमेरिका पुग्नुअघि मोदी फ्रान्सको भ्रमणमा थिए । त्यहाँ उनले फ्रान्सेली राष्ट्रपतिसँग एआई शिखर सम्मेलनको सह–अध्यक्षता गरेका थिए । जहाँ अमेरिकी उपराष्ट्रपतिसँग उनको भेटवार्ता भएको थियो ।

Tags: #मोदी र ट्रम्पको भेट#मोदी र ट्रम्पको भेटमा विश्वको नजर

लोकप्रीय

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२

विचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२

थप समाचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?
ताजा समाचार

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद
ताजा समाचार

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२
भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम
अन्तर्राष्ट्रिय

बिहारमा चुनावः एक करोड रोजगारीदेखि महिला करोडपतिको वाचा

शुक्रबार कार्तिक १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

जमैका पुग्दै छ वर्षकै शक्तिशाली आँधी ‘मेलिसा’

मङ्लबार कार्तिक ११ , २०८२

हालका पोस्टहरू

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

बालेन फेरि डोजर लिएर निस्किए ! कहाँ कहाँ चल्नेछ डोजर ?

शुक्रबार कार्तिक १४ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

शुक्रबार कार्तिक १४ , २०८२
एकताका लागि रास्वपाको आज निर्णायक संवाद

एकताका लागि रास्वपाको आज निर्णायक संवाद

शुक्रबार कार्तिक १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.