NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

अमेरिकाबाट के लिएर फर्किदैछन् मोदी ? भारतलाई १५ लाभ

शुक्रबार फाल्गुन २ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
ट्रम्प–मोदीबीच हसिना,आप्रवासी,युद्ध मुम्बई आक्रमणसम्मका कुरा

WASHINGTON, DC - JUNE 26: U.S. President Donald Trump and Indian Prime Minister Narendra Modi walk up to deliver joint statements in the Rose Garden of the White House June 26, 2017 in Washington, DC. Trump and Modi met earlier today in the Oval Office to discuss a range of bilateral issues. (Photo by Mark Wilson/Getty Images)

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ फागुन , एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको द्विपक्षीय वार्तापछि भारत–अमेरिका सम्बन्धमा नयाँ कोसेढुंगा थपिएको विश्लेषण गरिएको छ । अमेरिकाका असल मित्र राष्ट्रहरुसँग ट्रम्पको बढ्दो दूरीका बीच मोदी र ट्रम्पबीचको भेटवार्तालाई विश्वका नेताहरुले नै महत्वका साथ हेरिएको विश्लेषण गरिएको छ ।

ट्रम्पको दोस्रो कार्यकालमा मोदीसँगको यो पहिलो भेट भएकाले विश्वको ध्यान यो बैठकमा केन्द्रित थियो। बैठकमा व्यापार, रक्षा, आतंकवाद विरुद्धको रणनीति र ऊर्जा साझेदारीजस्ता महत्त्वपूर्ण विषयमा छलफल भएका छन् ।

Advertisement

जसमा भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच भएको वार्ताबाट १५ ठूला निर्णयहरू भएका छन् ।

जसमा पहिलो छ : 

१. तहव्वुर राणालाई भारत पठाइने:

राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आतङ्ककारी आक्रमणमा संलग्न आरोपी तहव्वुर राणालाई भारत प्रत्यर्पण गर्ने घोषणा गरेका छन् । अमेरिकी सर्वोच्च अदालतले यसलाई अनुमति दिइसकेको छ, जसले भारतलाई न्यायिक प्रक्रिया अघि बढाउन मद्दत गर्नेछ।

भारतले लामो समयदेखि राणाको सुपुर्दगीको माग गर्दै आएको छ । पाकिस्तानी मूलका क्यानेडियन नागरिक राणा हाल अमेरिकाको जेलमा छन् । सन् २०१३ मा अमेरिकामा तहव्वुर राणालाई उनका साथी डेभिड कोलम्यान हेडलीसँग मुम्बई हमला र डेनमार्कमा आक्रमणको योजना बनाएको अभियोगमा दोषी ठहर गरिएको थियो ।

यी मुद्दामा राणालाई अमेरिकी अदालतले १४ वर्षको जेल सजाय सुनाएको थियो । सन् २००८ को नोभेम्बर २६ राति १० चरमपन्थीले एकैसाथ मुम्बईका धेरै भवनहरूमा आक्रमण गरेका थिए । उक्त आक्रमणमा १६४ जनाको मृत्यु भएको थियो ।

जवाफी कारबाहीमा नौ अतिवादी पनि मारिएका थिए । भारतले यी आक्रमणकारी पाकिस्तानी भूमिमा सक्रिय चरमपन्थी संगठन लश्कर–ए–तैयबासँग सम्बन्धित रहेको आरोप लगाएको थियो । आक्रमणकारीमध्ये त्यति बेला अजमल कसाब बाँचे ।

पछि सन् २०१२ नोभेम्बरमा उनलाई मृत्युदण्ड दिइएको थियो ।तहव्वुर हुसेन राणाको जन्म र हुर्काइ पाकिस्तानमा भएको थियो । मेडिकल डिग्री हासिल गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोरमा भर्ना भए ।

राणाकी श्रीमती पनि चिकित्सक थिइन् । पति–पत्नी दुवै सन् १९९७ मा क्यानडा गए । र, २००१ मा क्यानडाको नागरिक बने । सन् २००९ मा पक्राउ पर्नुभन्दा केही वर्षअघि राणाले अमेरिकाको सिकागोमा एक ट्राभल एजेन्सी खोलेका थिए ।

मुम्बई आक्रमणमा ६ अमेरिकी नागरिकको पनि मृत्यु भएको थियो । राणालाई अमेरिकी नागरिकको हत्यामा सघाएको सहित १२ आरोपमा सजाय सुनाइएको थियो । अर्काे छ

२. इस्लामिक आतंकवाद विरुद्ध संयुक्त प्रयास:

भारत र अमेरिका आतंकवादी संगठनहरूको वित्तीय आपूर्ति रोक्ने, गुप्तचर जानकारी साटासाट गर्ने र आतंकवाद विरुद्धको अभियानमा सहकार्य गर्ने सहमतिमा पुगेका छन् ।

ट्रम्पले कट्टरपन्थी आतंकवादलाई विश्वका लागि सबैभन्दा ठूलो खतरा भएको बताएका छन्
३. इन्डो–प्यासिफिक रणनीतिक साझेदारी

अमेरिकाले भारतलाई एशिया–प्रशान्त क्षेत्रको प्रमुख रणनीतिक साझेदारका रूपमा मान्यता दिएको छ। क्वाड (भारत, अमेरिका, जापान, अष्ट्रेलिया) साझेदारीलाई अझै सुदृढ गर्ने सहमति भएको छ ।

४. भारतलाई अत्याधुनिक सैन्य प्रविधि हस्तान्तरण
अमेरिकाले भारतलाई अत्याधुनिक सैन्य उपकरण, लडाकु विमान र सुरक्षा प्रणाली उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

दुबै देशले संयुक्त सैन्य उत्पादनमा सहकार्य गर्ने निर्णय गरेका छन् ।

५. भारतलाई थप ऊर्जा आपूर्ति

अमेरिकाले भारतलाई कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्ति बढाउने निर्णय गरेको छ । दुबै देशले स्वच्छ ऊर्जा परियोजनामा पनि सहकार्य गर्ने घोषणा गरेका छन् ।

६. आर्टिफिसियल इन्टेलिजेन्समा सहकार्य

भारत र अमेरिका एआई प्रविधिमा सहकार्य गर्ने भएका छन्। यसले स्वास्थ्य, शिक्षा र सुरक्षाका क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

७. व्यापार असन्तुलन हटाउने प्रयास

अमेरिकाले भारतसँगको व्यापार घाटा हटाउन नयाँ व्यापार सम्झौता गर्ने बताएको छ । ट्रम्पले भारतलाई ‘टफ नेगोशिएटर’ (कडा वार्ताकार) भन्दै प्रशंसा गरेका छन् ।

८. सेमिकन्डक्टर उद्योगमा सहकार्य

अमेरिका भारतमा सेमिकन्डक्टर उत्पादनलाई प्रवद्र्धन गर्न प्रविधिगत सहायता दिने सहमतिमा पुगेको छ ।

९. सानो आकारको न्यूक्लियर रिएक्टर निर्माणमा सहकार्य

स्वच्छ ऊर्जा प्रवद्र्धन गर्न भारत र अमेरिकाले साना न्यूक्लियर मोड्युलर रिएक्टर निर्माण गर्ने निर्णय गरेका छन् ।

१०. अमेरिकामा नयाँ भारतीय वाणिज्य दूतावास खोलिने

लस एन्जलस र बोस्टनमा नयाँ भारतीय वाणिज्य दूतावास स्थापना गरिने घोषणा गरिएको छ ।

११. यूक्रेन युद्धको शान्तिपूर्ण समाधानमा भारतको समर्थन

मोदीले यूक्रेन युद्ध अन्त्य गर्न ट्रम्पको पहलको समर्थन गरेका छन् ।

१२. पारस्परिक ट्यारिफको विषय उठ्यो

ट्रम्पले भारतमा ट्यारिफ बढी भएको भन्दै अमेरिका पनि सोही दरमा ट्यारिफ लगाउने बताएका छन् ।

१३. भारत–चीन तनावबारे ट्रम्पको टिप्पणी

ट्रम्पले भारत–चीन तनावबारे तटस्थ अडान लिँदै भनेका छन्, “यदि आवश्यक परे मात्र म मद्दत गर्न सक्छु।

१४. अवैध आप्रवासन विरुद्ध कडा कदम

मोदीले मानव तस्करी रोक्न ठोस कदम चाल्न आह्वान गरेका छन् ।

१५. बंगलादेश मुद्दामा ट्रम्पको चुप्पी
ट्रम्पले बंगलादेशबारे कुनै टिप्पणी नगर्दै प्रश्नको जवाफ मोदीले दिने बताएका छन् । यसको अर्थ अमेरिकाको भारतको नजरबाट अब बंगलादेशलाई हेर्नेछ । भारतको निर्णय नै ट्रम्पलाई मान्य हुनेछ। साथै यो बैठकले भारत–अमेरिका सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ।

Tags: #अमेरिकाबाट के लिएर फर्किदैछन् मोदी ?#मोदीले ट्रम्पसँग मागे तहव्वुर राणा

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.