अमेरिकाबाट देश निकालामा पर्ने नेपालीहरुको संख्या बढ्यो

२ फागुन , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी सम्बन्धी कठोर नीतिका कारण विश्वभरका आप्रवासीहरु देशनिकालामा परिरहेका बेला यसको सन्त्रासमा नेपालीहरु पनि परेका छन् । अहिलेसम्म ट्रम्पको आप्रवासन नीतिका कारण नेपालीलाई देश निकाला गरिएको पुष्टि नभएपनि उनको कार्यकाल सुरु भएपछि भने अमेरिकाबाट २२ नेपाली देशनिकाला भएका छन् ।

ट्रम्पले पदभार ग्रहण गरेपछि अमेरिकाबाट देशनिकाला हुने नेपालीहरु या त जनवरी २० अघि नै देशनिकालाको प्रकृयामा रहने क्रममा ट्राभल डकुमेन्टहरु बनाइसकेका या त अद्यावधिक पासपोर्ट नरहेका नेपालीहरु रहेका छन् ।

जनवरी २० पछि कुनै नेपालीलाई अमेरिकाबाट देशनिकालाका लागि ट्राभल डकुमेन्ट बनाउनका लागि आइसमार्फत कुनै अनुरोध नआएको वासिंटन डिसीमा रहेको नेपाली दूतावासले जनाएको अमेरिकास्थित नेपाली संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

देशनिकालामा पर्ने कुनै नेपालीको पासपोर्ट नभएको खण्डमा वा पासपोर्टको म्याद सकिएको खण्डमा अमेरिकाको अध्यागमन तथा भन्सार प्रवर्तन आइसले दूतावास समक्ष ट्राभल डकुमेन्टका लागि अनुरोध गर्दै आएको छ ।

२२ जनवरी २०२५ पछि अमेरिकाबाट नेपालमा डिपोर्ट भएर आउनेहरुको संख्यामा विगतको तुलनामा बृद्धि भएको नेपालको अध्यागमन विभागका अधिकारीहरुले बताएका छन् । २२ जनवरी देखि ३० जनवरीसम्म अमेरिकाबाट ८ जना नेपालीहरु देशनिकाला भएर नेपाल आएको र फेबु्रअरी १ देखि ९ सम्ममा अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या १४ रहेको त्रिभुवन विमानस्थलमा रहेको नेपालको अध्यागमन कार्यालयले जनाएको छ ।

देशनिकाला भएर आउने नेपालीहरुलाई आइसले नेपालको अध्यागमनमा बुझाउनका लागि पत्र दिने गरेको र उक्त पत्रका आधारमा आफूहरुले तथ्यांक राख्ने गरेको अध्यागमन कार्यालयका अधिकारीको भनाई छ ।

अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिक नेपालले सहज रुपमा नै स्वीकार गर्दै आएको छ । सोही अनुरुप वासिंटन डिसीमा रहेको नेपाली दूतावासले पनि आइसबाट अनुरोध आएको खण्डमा सहज रुपमा नै अमेरिकाबाट देशनिकाला हुने नेपाली नागरिकको ट्राभल डकुमेन्ट सहज रुपमा नै बनाइदिदै आएको छ ।

दूतावासले तोकिएको शुल्क लिएर नै ट्राभल डकुमेन्ट बनाइदिने गरेको र उक्त शुल्क आइसले तिर्ने गरेको जनाइएको छ । देशनिकालामा पर्ने नेपालीहरुको म्यादसहितको पासपोर्ट भएमा भने आइसले दूतावासमा कुनै जानकारी नदिई त्यस्ता व्यक्तिलाई देशनिकाला गर्ने गरेको छ ।

त्यस्ता नेपालीबारे आइसले नेपालको अध्यागमन विभागलाई भने देशनिकाला हुने आप्रवासीलाई प्रदान गरिने पत्रमार्फत जानकारी प्रदान गर्ने गरेको छ । बाइडेन प्रशासनको ४ बर्षमा अमेरिकाबाट आइसमार्फत १३० जनालाई डिपोर्ट गरेको आइसले जनाएको छ ।

पक्राउ पछि आइसले विमानमार्फत देशनिकाला गरेका नेपालीहरु आर्थिक बर्ष २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जना गरी कुल १३० जना रहेका थिए । अघिल्लो ट्रम्पकालको ४ बर्षमा ३५० जना नेपालीहरुलाई आइसमार्फत देशनिकाला गरिएको थियो ।

आइसका अधिकारीहरू आप्रवास नियन्त्रण कारबाहीलाई तीव्र बनाउन दबाबमा परेको एनबीसी न्युजले उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो हप्तामा अपेक्षाभन्दा कम आप्रवासीहरू देश निकाला भएको भन्दै असन्तुष्टी जनाएका छन्।

यसैले उनले थप व्यक्तिहरूलाई निष्कासन गर्नुपर्नेमा जोड दिइरहेका छन्। एनबीसी न्युजले भनेको छ, अपेक्षित संख्यामा आप्रवासीहरू निष्कासन नभएपछि राष्ट्रपति ट्रम्प रिसाएका छन् । यो सन्देश “बोर्डर जार“ टम होमन, होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएम, ह्वाइट हाउस उपप्रमुख स्टेफन मिलर र आइसका कार्यवाहक निर्देशक कालेब भिटेलो सम्म पुगेको छ।

ह्वाइट हाउसका प्रवक्ता कुश देसाईका अनुसार, “बाइडेन प्रशासनको चार वर्षको अक्षमता र लापरवाहीपछि, ट्रम्प प्रशासनले आप्रवासन कानुनको कडाइका साथ कार्यान्वयन पुनःस्थापना गरेको छ।

अपराधी, हिंस्रक र गिरोहमा संलग्न अवैध आप्रवासीहरूको सयौं संख्यामा पहिचान गरी देश निकाला गरिसकिएको छ। निर्देशक कालेब भिटेलोले आइस एजेन्टहरूलाई दैनिक १,२०० देखि १,४०० गिरफ्तार गर्ने लक्ष्य तोकेको बताएका छन्।

तर आइसले सार्वजनिक गरेको डेटा अनुसार ट्रम्पको सपथ ग्रहणपछि अहिलेसम्मको उच्चतम दैनिक पक्राउ संख्या १,१०० मात्र रहेको छ। ट्रम्पले उद्घाटन समारोहमा गरेको “लाखौं लाख“ आप्रवासीहरू निष्कासन गर्ने वाचा पूरा गर्न प्रशासनले दैनिक २,७०० आप्रवासीहरू देश निकाला गर्नुपर्ने हुन्छ।

तर गिरफ्तार गरिएकाहरुलाई तुरुन्तै हिरासतमा लिइने वा निष्कासन गर्न सकिने छैन् । ट्रम्प प्रशासनको पहिलो दुई हप्तामा ८,००० भन्दा बढी आप्रवासी पक्राउ परेका थिए, तर तीमध्ये ४६१ जना रिहा गरिएको ह्वाइट हाउसले जनाएको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top