ट्रम्पले मरुभूमिमा पुटिन भेट्ने, साथी दुश्मन बन्दा दुश्मन साथी बने

२ फागुन , विराटनगर।

महिनौँदेखि युरोपेली र युक्रेनीहरूले शान्तिको कामना गरिरहेका बेला युक्रेनमा शान्ति पुनर्बहाली हुने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हाल्नासाथ युक्रेन युद्ध अन्त्य गर्ने प्रतिवद्धता जनाएका थिए, र हालै उनले युक्रेनका लागि शान्ति योजना अघि सारेका छन्।

तर, उनले अचानक घोषणा गरेको यो योजनाका कारण युक्रेनका मित्रराष्ट्रहरू भने अक्क न बक्क परेका छन्। अमेरिकाले हालसम्म युक्रेनलाई ३ खर्ब डलरभन्दा बढीको मद्दत दिइसकेको छ। तर युरोपेली नेताहरूले ट्रम्पको सत्तारोहणसँगै अमेरिकाले ‘शान्तिवार्ता अघि नै रुसका सामु हतियार विसाएको’ आरोप लगाएका छन्।

Advertisement

हालका घटनाक्रमले संकेत गरेको छ कि यो युद्धबाट अमेरिका र रुसलाई फाइदा हुने देखिन्छ, जबकि युक्रेनले ठूलो मूल्य चुकाउनुपर्नेछ। अमेरिकाले क्राइमियासहितको भूभाग युक्रेनलाई फिर्ता दिलाउने सम्भावना असम्भव रहेको बताएको छ।

ट्रम्पले भनेका छन् कि यदि अमेरिकाले युक्रेनलाई आफ्नो भूभाग फिर्ता दिलाउने प्रतिबद्धता जनाएको खण्डमा युद्ध झन् चर्किन सक्छ। त्यसैले अब यो ‘बेकारको युद्ध’ अन्त्य गर्ने बेला आएको उनको भनाइ छ।

पछिल्लो समय ट्रम्प युक्रेनी राष्ट्रपति तथा उनका समर्थक राष्ट्रहरूको तुलनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिकिएका छन्। ट्रम्प र पुटिनबीच लामो टेलिफोन संवाद भइसकेको छ, र उनीहरूले साउदी अरेबियामा प्रत्यक्ष वार्ता गर्ने तय भएको छ।

त्यस्तै, अमेरिकासँग वार्ताका लागि रुसले पनि वार्ता टोली गठन गर्ने तयारी गरिरहेको छ। पुटिन पछिल्लो पटक संयुक्त राष्ट्रसंघको वार्तामा भाग लिन २०१५ मा अमेरिका गएका थिए । ट्रम्पले साउदी अरबमा पुटिनसँग छिट्टै भेट हुन सक्ने संकेत दिएका छन् तर कुनै औपचारिक निर्णय नभएको स्पष्ट गरेका छन् ।

’हामी सम्भवतः साउदी अरबमा पहिलो बैठक गर्ने सोच्दैछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । ट्रम्पले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले छलफलमा भूमिका खेल्न सक्ने जनाउँदै भने, ’हामी क्राउन प्रिन्सलाई राम्रोसँग चिन्छौं । त्यो ठाउँ उपयुक्त हुने मेरो ठहर छ ।’

बैठकको मिति तय नभएको भए पनि ट्रम्पले यसलाई धेरै टाढा नभएको संकेत दिए । तर ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्की उक्त बैठकमा उपस्थित नहुने संकेत गरेका छन् । ’सम्भवतः हामी पहिलो बैठक बस्नेछौं र त्यसपछि दोस्रो बैठकबारे विचार गर्नेछौं ।

त्यसपछि म युक्रेन जानेबारे सोच्नेछु, कुनै समस्या छैन,’ उनले भनेका छन् । युक्रेन युद्ध सकिएमा युक्रेनले आफ्नो पाँचमध्ये एक भाग गुमाउने आकलन गरिएको छ। साथै, अमेरिकासँग लिएको ३ खर्ब डलरको ऋण चुक्ता गर्न उसले आफ्नो प्राकृतिक तथा खनिज स्रोतहरू सुम्पनु पर्नेछ।

हालसम्म युक्रेनका खनिज स्रोतहरूमध्ये करिब ४० प्रतिशत भूभाग रुसी नियन्त्रणमा पुगेको अनुमान गरिएको छ। बाँकी खनिज भण्डारमा अब अमेरिकाले आफ्नो दाबी राखेको छ। यसै विषयमा छलफल गर्न अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट बुधबार युक्रेनी राजधानी कीभ पुगेका छन्।

ट्रम्प प्रशासनले युक्रेनलाई दुर्लभ भू–खनिज (रेयर अर्थ मेटल) आपूर्ति गर्नुपर्ने दबाब दिइरहेको छ। ट्रम्पले सत्तामा आएको एक महिना नपुग्दै रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरिसकेका छन्।

अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले नेटो मुख्यालयमा भएको बैठकमा अमेरिकाको आधिकारिक धारणा स्पष्ट पार्दै क्राइमिया र पूर्वी युक्रेनी भूभाग फिर्ता ल्याउने सम्भावना कमजोर रहेको बताएका छन्। उनले भनेका छन्, “सन् २०१४ अघिको स्थितिमा युक्रेन फर्कन सक्दैन।“

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देर लेयनले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन्, तर युरोपेली संघका कूटनीतिज्ञ काजा कालासले भने, “कुनै पनि वार्तामा युरोपको केन्द्रीय भूमिका रहनुपर्छ।“ उनले युक्रेनको स्वतन्त्रता र सार्वभौमिकता निःशर्त रहेको र युरोपेली संघको मूल प्राथमिकता युक्रेनलाई बलियो बनाउनु रहेको स्पष्ट पारे।

ट्रम्पको शान्ति योजनामा युक्रेनलाई पछि मात्रै समावेश गरिएको भन्दै युरोपेली राष्ट्रहरू असन्तुष्ट देखिन्छन्। युक्रेनका मित्रराष्ट्रहरूले ट्रम्पको यो रवैया ठाडै अस्वीकार गर्ने सम्भावना छ। नेटो बैठकपछि अमेरिकी रक्षा सचिव हेग्सेथले मस्को र कीभको चाहना बाहिरका शक्तिहरू पनि शान्तिवार्तामा संलग्न हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

तर नेटो महासचिव मार्क रुटले भने, “पुटिनको युक्रेनी भूमि हडप्ने योजना सफल हुन दिनुहुँदैन।“ क्राइमियामाथि एकतर्फी कब्जा जमाएको आठ वर्षपछि २०२२ मा रुसले व्यापक युक्रेनी भूभाग कब्जा गर्ने प्रयास गरेको थियो।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्प–पुटिन वार्ताबारे कडा प्रतिक्रिया दिंदै आफूलाई सहभागी नगराए कुनै पनि सम्झौता अस्वीकार गर्ने बताएका छन्। यसैबीच, ट्रम्पले एकतर्फी ट्यारिफ लगाएर युरोपेली साझेदारहरूलाई चिढ्याउँदै भारतलाई भने आफ्नो पक्षमा ल्याउन खोजेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा ट्रम्पले उनको प्रशंसा गर्दै भनेका छन्, “हाम्रा सहयोगी राष्ट्रहरू हाम्रो शत्रुभन्दा पनि खराब छन्।“ ट्रम्पको यो भनाइ मुख्य रूपमा युरोपेली राष्ट्रहरूलाई लक्षित गरेको विश्लेषण गरिएको छ।

मोदीले युक्रेन युद्धमा भारत तटस्थ रहनुपर्ने भनाइलाई गलत ठहर गर्दै भने, “भारत शान्तिको पक्षमा छ। हामी दुवै पक्ष (रुस र युक्रेन) सँग वार्ता गर्नुपर्ने निष्कर्षमा पुगेका छौँ।“ मोदीले रुस–युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको प्रयासको प्रशंसा गरे।

ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो फोन संवाद भएको खुलासा गर्दै युक्रेनमा युद्ध अन्त्य हुनसक्ने आशा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ अकाउन्टमा लेखेका छन्, “रुस र युक्रेनसँग उत्कृष्ट वार्ता भएको छ। युद्ध अन्त्य हुने सम्भावना धेरै छ।“

तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने युक्रेनबारे हुने कुनै पनि सम्झौतामा आफूलाई समावेश नगरिए त्यसलाई अस्वीकार गर्ने बताएका छन्। ट्रम्पको युरोपप्रति कडा नीति, पुटिनसँगको सम्बन्ध सुधार्ने चाहना, तथा भारतसँगको साझेदारी विस्तार गर्ने प्रयासले अमेरिका र युरोपबीचको दूरी बढाउँदै लगेको देखिन्छ। यसमा तपाईको टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top