×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्था कस्तो छ ?

४ फाल्गुन २०८१

४ फागुन , काठमाण्डौ ।

आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारारत छन् । उनीहरुलाई हिजो दिउँसो नै पोखराबाट हेलिकप्टरमार्फत अस्पताल ल्याइको थियो ।

Advertisement
Advertisement

कीर्तिपुर अस्पतालका अनुसार प्रारम्भिक परीक्षणअनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभागका प्रमुख तथा उपचार टोलीका सदस्य डा. विशाल कार्कीका अनुसार मेयर आचार्यको गालाको धेरै भाग र देब्रे हातमा गहिरो जलन छ भने मन्त्री पौडेलको दुवै हातमा सामान्य पोलेको छ, अनुहारमा पनि केही जलन रहेको छ।

डा. कार्कीले अहिले घाउ सामान्य देखिए पनि गहिरो हुन सक्ने जोखिम रहेको बताएका छन्  । ‘घाउ गहिरो हुन्छ वा हुँदैन भन्नेबारे ३–४ दिनपछि मात्र थाहा हुन्छ,’ उनले भने, ‘त्यसबेलासम्म ड्रेसिङ गर्छौं, आवश्यक औषधि दिन्छौँ । अहिले भने अवस्था सामान्य छ ।’

घाउ बढे अपरेसन गर्नुपर्ने, नत्र औषधिले नै बिस्तारै निको हुने उनले बताए । डा. कार्कीका अनुसार बेलुन पड्किँदा धूवाँ निक्लिएका कारण पहिलो ४८ घण्टा उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने हुन्छ । ‘अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्छ,’ उनले भने, ‘त्यसैले उहाँहरूलाई आईसीयूमा राखेका छौं ।’

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो ।

कार्यक्रमको डिजिटल समुद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरू (स्पारकल्स)सँग ठोक्किन पुगेपछि विस्फोटसहित आगोको मुस्लो निस्किएको थियो ।

बेलुनको झुप्पा समाइरहेका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई त्यही मुस्लोले छोप्यो ।अर्थमन्त्री पौडेल हातले आगो निभाउँदै दौडिएर मञ्चमाथि पुगेका थिए । मेयर आचार्य दर्शकदीर्घातिर हुत्तिए । मञ्चमै रहेका मन्त्री पौडेललाई सुरक्षा गार्डले बाँकी रहेका आगोका झिल्का निभाए ।

उता, मेयर आचार्यलाई पनि नजिकै रहेकाहरूले त्यसै गरे । तर, त्यतिबेलासम्म अर्थमन्त्री पौडेल र मेयर आचार्यको गाला, हात, कपाल लगायत शरीरका अन्य केही भागमा आगोले पोलिसकेको थियो । यो घटनापछि सार्वजनिक कार्यक्रमको सुरक्षा मापदण्डका विषयमा प्रश्न उठेको छ ।

कार्यक्रम व्यवस्थापनको दौरान ध्यान नदिइँदा ठूलो दुर्घटना हुन पुगेको भन्दै आलोचना भइरहेको छ । एकातिर औपचारिक घोषणा तथा यस्ता कार्यक्रमहरूमा आयातित फायर क्यान्डर र बेलुन उडाउने पुरातन शैली नै परिवर्तन गर्नुपर्ने बहस चलेको छ भने अर्कोतिर कार्यक्रम व्यवस्थापनमा कतिसम्म गम्भीर हुनुपर्छ भन्ने कोणबाट पनि चर्चा चलिरहेको छ ।

यस्ता कार्यक्रममा लोगोसहित बेलुनमा टाँगेर आकाशमा उडाउन हाइड्रोजन हिलियम र तातो हावा भर्ने गरिँदै आएको छ । पोखरामा पड्किएको बेलुनमा भने हाइड्रोजन ग्यास भरिएको थियो । नेपाल केमिकल सोसाइटीका अनुसार सुरक्षाका हिसाबले बेलुनमा हिलियम ग्यास भर्ने गरिन्छ ।

तर, यहाँ हाइड्रोजन किन भरियो भन्ने अनुसन्धानकै विषय छ । यो घटनापछि गृहमन्त्री रमेश लेखकले यस्तो शैलीको कार्यक्रम आयोजना नगर्न सरकारीस्तरबाटै व्यवस्था गर्ने बताएका छन् । कार्यक्रमलाई सहरअनुसारको संस्कृति, संस्कार र मौलिकतासँग जोड्ने र यस्ता कार्यक्रममा अपनाउनुपर्ने सुरक्षाका विषयमासमेत सचेत हुनुपर्ने बहस अहिले भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top