NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह आइतवार असार २२ , २०८२
नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल  आइतवार असार २२ , २०८२
ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ? आइतवार असार २२ , २०८२
अपरेशन सिन्दूरबारे भारतको अर्काे खुलासा, पाकको पछि थियो चीन आइतवार असार २२ , २०८२
Next
Prev

समाचार

अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्था कस्तो छ ?

आइतवार फाल्गुन ४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्था कस्तो छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

४ फागुन , काठमाण्डौ ।

आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारारत छन् । उनीहरुलाई हिजो दिउँसो नै पोखराबाट हेलिकप्टरमार्फत अस्पताल ल्याइको थियो ।

कीर्तिपुर अस्पतालका अनुसार प्रारम्भिक परीक्षणअनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जरी विभागका प्रमुख तथा उपचार टोलीका सदस्य डा. विशाल कार्कीका अनुसार मेयर आचार्यको गालाको धेरै भाग र देब्रे हातमा गहिरो जलन छ भने मन्त्री पौडेलको दुवै हातमा सामान्य पोलेको छ, अनुहारमा पनि केही जलन रहेको छ।

डा. कार्कीले अहिले घाउ सामान्य देखिए पनि गहिरो हुन सक्ने जोखिम रहेको बताएका छन्  । ‘घाउ गहिरो हुन्छ वा हुँदैन भन्नेबारे ३–४ दिनपछि मात्र थाहा हुन्छ,’ उनले भने, ‘त्यसबेलासम्म ड्रेसिङ गर्छौं, आवश्यक औषधि दिन्छौँ । अहिले भने अवस्था सामान्य छ ।’

घाउ बढे अपरेसन गर्नुपर्ने, नत्र औषधिले नै बिस्तारै निको हुने उनले बताए । डा. कार्कीका अनुसार बेलुन पड्किँदा धूवाँ निक्लिएका कारण पहिलो ४८ घण्टा उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने हुन्छ । ‘अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्छ,’ उनले भने, ‘त्यसैले उहाँहरूलाई आईसीयूमा राखेका छौं ।’

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो ।

कार्यक्रमको डिजिटल समुद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरू (स्पारकल्स)सँग ठोक्किन पुगेपछि विस्फोटसहित आगोको मुस्लो निस्किएको थियो ।

बेलुनको झुप्पा समाइरहेका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई त्यही मुस्लोले छोप्यो ।अर्थमन्त्री पौडेल हातले आगो निभाउँदै दौडिएर मञ्चमाथि पुगेका थिए । मेयर आचार्य दर्शकदीर्घातिर हुत्तिए । मञ्चमै रहेका मन्त्री पौडेललाई सुरक्षा गार्डले बाँकी रहेका आगोका झिल्का निभाए ।

उता, मेयर आचार्यलाई पनि नजिकै रहेकाहरूले त्यसै गरे । तर, त्यतिबेलासम्म अर्थमन्त्री पौडेल र मेयर आचार्यको गाला, हात, कपाल लगायत शरीरका अन्य केही भागमा आगोले पोलिसकेको थियो । यो घटनापछि सार्वजनिक कार्यक्रमको सुरक्षा मापदण्डका विषयमा प्रश्न उठेको छ ।

कार्यक्रम व्यवस्थापनको दौरान ध्यान नदिइँदा ठूलो दुर्घटना हुन पुगेको भन्दै आलोचना भइरहेको छ । एकातिर औपचारिक घोषणा तथा यस्ता कार्यक्रमहरूमा आयातित फायर क्यान्डर र बेलुन उडाउने पुरातन शैली नै परिवर्तन गर्नुपर्ने बहस चलेको छ भने अर्कोतिर कार्यक्रम व्यवस्थापनमा कतिसम्म गम्भीर हुनुपर्छ भन्ने कोणबाट पनि चर्चा चलिरहेको छ ।

यस्ता कार्यक्रममा लोगोसहित बेलुनमा टाँगेर आकाशमा उडाउन हाइड्रोजन हिलियम र तातो हावा भर्ने गरिँदै आएको छ । पोखरामा पड्किएको बेलुनमा भने हाइड्रोजन ग्यास भरिएको थियो । नेपाल केमिकल सोसाइटीका अनुसार सुरक्षाका हिसाबले बेलुनमा हिलियम ग्यास भर्ने गरिन्छ ।

तर, यहाँ हाइड्रोजन किन भरियो भन्ने अनुसन्धानकै विषय छ । यो घटनापछि गृहमन्त्री रमेश लेखकले यस्तो शैलीको कार्यक्रम आयोजना नगर्न सरकारीस्तरबाटै व्यवस्था गर्ने बताएका छन् । कार्यक्रमलाई सहरअनुसारको संस्कृति, संस्कार र मौलिकतासँग जोड्ने र यस्ता कार्यक्रममा अपनाउनुपर्ने सुरक्षाका विषयमासमेत सचेत हुनुपर्ने बहस अहिले भइरहेको छ ।

Tags: #अर्थमन्त्री र मेयर#बेलुनमा हिलियमको साटो हाइड्रोजन

लोकप्रीय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

विचार

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२

थप समाचार

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह
अन्तर्राष्ट्रिय

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
Breaking news

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 
आर्थिक

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२
ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो
अन्तर्राष्ट्रिय

ट्रम्प मस्कको महायुद्ध,नयाँ पार्टी घोषणा ?ट्रम्पको साम्राज्य ढल्छ?

आइतवार असार २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आइतवार असार २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

नाउपाले सरकार छाड्यो, ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने 

आइतवार असार २२ , २०८२
११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

११ महिना आलटाल, १२ औं महिनामा फालाफाल 

आइतवार असार २२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.