×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

संसदमा ओली उग्र, आलोचना पचाउनै नसक्ने

४ फाल्गुन २०८१

४ फागुन , काठमाण्डौ  ।

नेपाली राजनीतिमा नेताहरूबीचको वाकयुद्ध कुनै नौलो विषय होइन। चाहे त्यो सडकमा होस् वा सदनमा, सञ्चारमाध्यममा होस् वा सामाजिक सञ्जालमा—व्यक्तिगत आक्षेप, कटाक्ष, र गालीगलौजको चलन नै बसेको छ।

Advertisement
Advertisement

नीतिगत बहसभन्दा पनि नेताहरू एकअर्कालाई जथाभावी आरोप लगाउने, लाञ्छना लगाउने र कहिलेकाहीँ अपमानजनक शब्द प्रयोग गर्ने प्रवृत्ति सामान्य जस्तै बनेको छ। यस प्रवृत्तिमा अग्रपंक्तिमा देखिने नेतामध्ये एक हुन्—प्रधानमन्त्री केपी शर्मा ओली।

आलोचनामा तीखो तरवार चलाउने ओली, जब आफूमाथि प्रश्न उठ्छ, त्यसलाई सहजै स्वीकार्न गाह्रो मान्छन्। उनी अरूलाई कटाक्ष गर्न, व्यंग्य गर्न र नामै किटेर आलोचना गर्न माहिर छन्, तर जब उनकै आलोचना हुन्छ, कतिपय अवस्थामा असहज महसुस गर्छन्।

यही कारणले गर्दा उनले अघिल्लो कार्यकालमा केही व्यक्तिलाई सार्वजनिक रूपमा माफी माग्नसमेत लगाएका उदाहरणहरू छन्। ओलीको वाकपटुता प्रसिद्ध छ। उनका हरेक भाषणमा व्यंग्य मिश्रित शब्दावली, कटाक्ष र उखान टुक्काहरूको घोचिलो प्रयोग देखिन्छ।

तर, जब उनलाई तीखो प्रश्न सोधिन्छ, उनले त्यसलाई पूर्वाग्रहपूर्ण भन्दै प्रतिप्रश्न फर्काउने गर्छन्। आजको संसद बैठकमा पनि त्यस्तै अवस्था देखियो । उनी आजको प्रतिनिधि सभाको बैठकमा प्रश्नहरुकै कारण उग्र बने ।

आज वैठकमा प्रश्नोउत्तर कार्यक्रम राखिएको थियो । जसमा सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था छ । तर आज बैठकमा कतिपय प्रश्नहरुको प्रधानमन्त्रीले उत्तर दिएनन् मात्रै होइन उनले सांसदहरुले प्रश्न सोधेर आफ्नो अपमान गरेको समेत आरोप लगाए ।

अर्कातर्फ आजको बैठकमा सत्ता गठबन्धनको बचाउ भने दिल खोलेर गरे । गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताए । उनले दुई दलबीच उच्च विश्वास र समझदारी रहेकोसमेत दाबी गरे । अर्कातिर केही सांसदहरुको प्रश्नले भने ओली निकै भड्किए ।

सबैभन्दा बढी ट्रिगर ओलीलाई आम जनता पार्टीका अध्यक्ष प्रभु साहको प्रश्नहरुले गर्याे । जसको जवाफ दिनुको साटो प्रधानमन्त्रीले आफ्नो अपमान भएको भन्दै रोष प्रकट गरे । खासमा साहले विभिन्न राजनीतिकदेखि कूटनीतिक विषयसम्म समेटेर ८ प्रश्न सोधेका थिए ।

जसमा वैदेशिक रोजगारीमा गएकाहरुको बढ्दो संख्या, उनीहरुले ट्रेड युनियनको हक नपाएको विषय, कर प्रणाली, नागरिकता त्यागेकाहरुको सम्पत्ति, ओलीको भारत भ्रमणको प्रसंग, अध्यादेश, अस्तव्यस्त राजमार्ग लगायतका विषयमा उनले प्रश्न राखेका थिए ।

तर ओलीले साहको भाषाशैलीमा असन्तुष्टि जनाउँदै जवाफ दिन अस्वीकार गरे । जवाफ दिने क्रममा प्रधानमन्त्रीले सुरूमै असन्तुष्टि जनाए । उनले साहलाई जवाफ नदिई धन्यवाद ज्ञापनमात्र गरे । प्रश्नको जवाफ नदिइकन पन्छाए ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय । उहाँका प्रश्नहरु उहाँको मनमा रहेका विरोध घृणा आक्रोश आदिले अपमानजनक समेत रहेका छन् । संसदजस्तो गरिमामय स्थानमा यस्तो भाषा, तपाईंलाई मान्छे विदेश पठाएर के लाभ भयो ? भन्नेजस्तो भाषा… म म्यानपावर कम्पनीको मान्छे हो ?

अहिले म सरकारमा आएपछि ८ महिनामा सुरु भएको हो यो ? तपाईंले भनेको ७० लाख ८ महिनामा गएका हुन् ? प्रधानमन्त्रीले बोल्दै गर्दा साहले प्रतिवादका लागि माइक समातेर उभिए । तर, दोहोरो बहस नहुने भन्दै सभामुख देवराज घिमिरेले उनलाई आसन ग्रहण गर्न लगाए ।

त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफ छोट्याए । उनले प्रश्नको उत्तरमा प्रवेशै गरेनन् । यस्तै ओलीलाई माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एसका सांसद प्रकाशज्वालाको प्रश्नले पनि आक्रोशित बनायो ।

उनले प्रश्न सोध्नेहरुलाई नै मेरो पालामा भएन भन्नलाई तिम्रा पालामा चाँही के भयो नि भन्ने शैलीमा जवाफ दिए । देशको अर्थतन्त्र झन कमजोर भएको र सरकार अध्यादेशमै रमाइरहेको भन्दै वर्षमान पुनले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए ।

यसको जवाफमा ओलीले अर्थतन्त्रको चिन्ता लिनुअघि आफू अर्थमन्त्री हुँदा केके अवस्था थियो भनेर स्मरण गर्न आग्रह गर्दै प्रतिप्रश्न फर्काए । यस्तै पुनले सरकारले संसद् छलेर अध्यादेश ल्याएर संसद्लाई होच्याउने काम किन गरिएको भनेर प्रश्न गरेका थिए ।

ओलीले यसमा आफूले जवाफ दिइरहनु नपर्ने बताए । यस्तै नेकपा एसका सांसद प्रकाशज्वालाले सोधे थिए, ’तपाईंले तामझामका साथ सुरु गरेको १६५ रणनीतिक सडक बजेट अभावले अलपत्र छ। पालिका अस्पताल अस्थिपञ्जर जस्ता भएका छन्।

यी सम्पन्न गर्ने योजना के छन?’ त्यस्तै उनले सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रुलाई ठूलो उपलब्धी मानेको भन्दै नागढुंगा सुरुङमार्ग सञ्चालनको योजना के छ भनेर पनि प्रश्न गरे । उनलाई पनि ओलीले पुनलाई दिएजस्तै जवाफमा फर्काए ।

Advertisement
Advertisement

उनले भने म पछि ’प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ । तीनवर्ष रद्ध गर्ने अनि कार्यक्रम किन सुरु भएन प्रश्न सोध्ने? हाम्रो अनौठोको संस्कार छ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top