NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज बुधबार पुस ९ , २०८२
शीतल निवासमा ओलीले जे भने देउवाले त्यही दोहोर्याए, संसद् भर्सेस चुनाव बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

संसदमा ओली उग्र, आलोचना पचाउनै नसक्ने

आइतवार फाल्गुन ४ , २०८१
Reading Time: 1 min read
A A
संसदमा ओली उग्र, आलोचना पचाउनै नसक्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ फागुन , काठमाण्डौ  ।

नेपाली राजनीतिमा नेताहरूबीचको वाकयुद्ध कुनै नौलो विषय होइन। चाहे त्यो सडकमा होस् वा सदनमा, सञ्चारमाध्यममा होस् वा सामाजिक सञ्जालमा—व्यक्तिगत आक्षेप, कटाक्ष, र गालीगलौजको चलन नै बसेको छ।

नीतिगत बहसभन्दा पनि नेताहरू एकअर्कालाई जथाभावी आरोप लगाउने, लाञ्छना लगाउने र कहिलेकाहीँ अपमानजनक शब्द प्रयोग गर्ने प्रवृत्ति सामान्य जस्तै बनेको छ। यस प्रवृत्तिमा अग्रपंक्तिमा देखिने नेतामध्ये एक हुन्—प्रधानमन्त्री केपी शर्मा ओली।

LS Auto

आलोचनामा तीखो तरवार चलाउने ओली, जब आफूमाथि प्रश्न उठ्छ, त्यसलाई सहजै स्वीकार्न गाह्रो मान्छन्। उनी अरूलाई कटाक्ष गर्न, व्यंग्य गर्न र नामै किटेर आलोचना गर्न माहिर छन्, तर जब उनकै आलोचना हुन्छ, कतिपय अवस्थामा असहज महसुस गर्छन्।

यही कारणले गर्दा उनले अघिल्लो कार्यकालमा केही व्यक्तिलाई सार्वजनिक रूपमा माफी माग्नसमेत लगाएका उदाहरणहरू छन्। ओलीको वाकपटुता प्रसिद्ध छ। उनका हरेक भाषणमा व्यंग्य मिश्रित शब्दावली, कटाक्ष र उखान टुक्काहरूको घोचिलो प्रयोग देखिन्छ।

तर, जब उनलाई तीखो प्रश्न सोधिन्छ, उनले त्यसलाई पूर्वाग्रहपूर्ण भन्दै प्रतिप्रश्न फर्काउने गर्छन्। आजको संसद बैठकमा पनि त्यस्तै अवस्था देखियो । उनी आजको प्रतिनिधि सभाको बैठकमा प्रश्नहरुकै कारण उग्र बने ।

आज वैठकमा प्रश्नोउत्तर कार्यक्रम राखिएको थियो । जसमा सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था छ । तर आज बैठकमा कतिपय प्रश्नहरुको प्रधानमन्त्रीले उत्तर दिएनन् मात्रै होइन उनले सांसदहरुले प्रश्न सोधेर आफ्नो अपमान गरेको समेत आरोप लगाए ।

अर्कातर्फ आजको बैठकमा सत्ता गठबन्धनको बचाउ भने दिल खोलेर गरे । गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताए । उनले दुई दलबीच उच्च विश्वास र समझदारी रहेकोसमेत दाबी गरे । अर्कातिर केही सांसदहरुको प्रश्नले भने ओली निकै भड्किए ।

सबैभन्दा बढी ट्रिगर ओलीलाई आम जनता पार्टीका अध्यक्ष प्रभु साहको प्रश्नहरुले गर्याे । जसको जवाफ दिनुको साटो प्रधानमन्त्रीले आफ्नो अपमान भएको भन्दै रोष प्रकट गरे । खासमा साहले विभिन्न राजनीतिकदेखि कूटनीतिक विषयसम्म समेटेर ८ प्रश्न सोधेका थिए ।

जसमा वैदेशिक रोजगारीमा गएकाहरुको बढ्दो संख्या, उनीहरुले ट्रेड युनियनको हक नपाएको विषय, कर प्रणाली, नागरिकता त्यागेकाहरुको सम्पत्ति, ओलीको भारत भ्रमणको प्रसंग, अध्यादेश, अस्तव्यस्त राजमार्ग लगायतका विषयमा उनले प्रश्न राखेका थिए ।

तर ओलीले साहको भाषाशैलीमा असन्तुष्टि जनाउँदै जवाफ दिन अस्वीकार गरे । जवाफ दिने क्रममा प्रधानमन्त्रीले सुरूमै असन्तुष्टि जनाए । उनले साहलाई जवाफ नदिई धन्यवाद ज्ञापनमात्र गरे । प्रश्नको जवाफ नदिइकन पन्छाए ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय । उहाँका प्रश्नहरु उहाँको मनमा रहेका विरोध घृणा आक्रोश आदिले अपमानजनक समेत रहेका छन् । संसदजस्तो गरिमामय स्थानमा यस्तो भाषा, तपाईंलाई मान्छे विदेश पठाएर के लाभ भयो ? भन्नेजस्तो भाषा… म म्यानपावर कम्पनीको मान्छे हो ?

अहिले म सरकारमा आएपछि ८ महिनामा सुरु भएको हो यो ? तपाईंले भनेको ७० लाख ८ महिनामा गएका हुन् ? प्रधानमन्त्रीले बोल्दै गर्दा साहले प्रतिवादका लागि माइक समातेर उभिए । तर, दोहोरो बहस नहुने भन्दै सभामुख देवराज घिमिरेले उनलाई आसन ग्रहण गर्न लगाए ।

त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफ छोट्याए । उनले प्रश्नको उत्तरमा प्रवेशै गरेनन् । यस्तै ओलीलाई माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एसका सांसद प्रकाशज्वालाको प्रश्नले पनि आक्रोशित बनायो ।

उनले प्रश्न सोध्नेहरुलाई नै मेरो पालामा भएन भन्नलाई तिम्रा पालामा चाँही के भयो नि भन्ने शैलीमा जवाफ दिए । देशको अर्थतन्त्र झन कमजोर भएको र सरकार अध्यादेशमै रमाइरहेको भन्दै वर्षमान पुनले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए ।

यसको जवाफमा ओलीले अर्थतन्त्रको चिन्ता लिनुअघि आफू अर्थमन्त्री हुँदा केके अवस्था थियो भनेर स्मरण गर्न आग्रह गर्दै प्रतिप्रश्न फर्काए । यस्तै पुनले सरकारले संसद् छलेर अध्यादेश ल्याएर संसद्लाई होच्याउने काम किन गरिएको भनेर प्रश्न गरेका थिए ।

ओलीले यसमा आफूले जवाफ दिइरहनु नपर्ने बताए । यस्तै नेकपा एसका सांसद प्रकाशज्वालाले सोधे थिए, ’तपाईंले तामझामका साथ सुरु गरेको १६५ रणनीतिक सडक बजेट अभावले अलपत्र छ। पालिका अस्पताल अस्थिपञ्जर जस्ता भएका छन्।

यी सम्पन्न गर्ने योजना के छन?’ त्यस्तै उनले सिद्धबाबा सुरुङ मार्गको ब्रेक थ्रुलाई ठूलो उपलब्धी मानेको भन्दै नागढुंगा सुरुङमार्ग सञ्चालनको योजना के छ भनेर पनि प्रश्न गरे । उनलाई पनि ओलीले पुनलाई दिएजस्तै जवाफमा फर्काए ।

उनले भने म पछि ’प्रश्नकर्ता माननीय पनि त्यसपछिका सरकारमा भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थ्यो कि जस्तो लाग्छ । तीनवर्ष रद्ध गर्ने अनि कार्यक्रम किन सुरु भएन प्रश्न सोध्ने? हाम्रो अनौठोको संस्कार छ।’

Tags: #संसदमा ओली उग्रआलोचना पचाउनै नसक्ने#ओलीले वर्षमान र ज्वालाको शेखी झारे#गठबन्धनको बचाउ

लोकप्रीय

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२

विचार

थप समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
समाचार

काँग्रेससहितका ६८ सांसदको रिटको पेसी आज

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२
बंगलादेशमा भारतीय सामान बहिष्कार अभियान किन चल्यो ?

बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.