नेतन्याहुले इरानको काम तमाम गर्ने, ट्रम्पले पठाए एमके–८४ बम

५ फागुन , एजेन्सी ।

गाजामा हमाससंग युद्धविराम गरेपनि अझै छिटपुट कारबाही जारी राखेको इजरायलले अब इरानको काम तमाम गर्ने कसम खाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा हिड्न सहमत भएका इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले ट्रम्पको सहयोगमा नै इरानको ‘काम तमाम गर्ने’ वाचा गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि बोल्दै उनले यस्तो बताएका हुन् । ‘गएको १६ महिनामा इजरायलले इरानको आतंकको धुरीमा जोडदार धक्का दिएको छ । राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा मलाई कुनै सन्देह छैन, हामी काम तमाम गर्न सक्ने छौँ र गर्ने छौँ,’ नेतन्याहुले भने ।

Advertisement

रुबियोले पनि इरान कहिल्यै पनि आणविक शक्तिसम्पन्न हुन नसक्ने ठोकुवा गरे । ‘हामी हमास, हेजबुल्लाहको कुरा गरौँ वा वेस्ट ब्यांकको हिंसा, सिरियाको अस्थिरता अथवा इराकका मिलिसियाबारे कुरा गरौँ, सबैको पछाडि एउटा साझा मुद्दा हुन्छ– इरान,’ रुबियोले भने, ‘त्यसलाई सम्बोधन गर्नै पर्छ।’

हालै अमेरिकी गुप्तचर निकायहरूले बाइडेन र ट्रम्प दुवै प्रशासनलाई यो वर्ष इजरायलले इरानको आणविक कार्यक्रमका प्रमुख ठेगानाहरूमा निसाना लगाउने सम्भावना रहेको सूचना दिएका छन्। जुन अहिले ट्रम्पले अँगालेको शान्तिको इच्छाविपरीत हो ।

त्यसमाथि, इजरायलले इरानमा सत्ता पल्टाउने कोसिस पनि गरिरहेको अमेरिकी गुप्तचर निकायको भनाइ छ । यसबीच रुबियोको भ्रमणकै क्रममा अमेरिकाले इजरायललाई ठुल्ठूला बम आपूर्ति गरेको छ ।

बाइडेनले लगाएको प्रतिबन्ध ट्रम्प सत्तामा आएसँगै फुकुवा गरेका थिए । अमेरिकाले इजरायललाई झण्डै एक टन तौल भएका एमके–८४ बम पठाएको हो । इजरायली रक्षामन्त्री इजरायल काट्जले वायुसेनाका लागि सो हतियार महत्त्वपूर्ण रहेको बताएका छन् ।

इजरायलले गाजामा सर्वसाधारणविरुद्ध सो बम प्रयोग गर्न सक्ने भन्दै बाइडेन प्रशासनले आपूर्ति रोकेको थियो । रुबियो शनिबार राति तेल अभिभ पुगेका थिए । यसैबिच, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गाजाबाट प्यालेस्टिनीहरूलाई हटाउने ट्रम्पको प्रस्तावलाई समर्थन गरेका छन् ।

ट्रम्पको प्रस्तावलाई गाजाको राम्रो भविष्यको लागि एक मात्र व्यावहारिक योजनाको रूपमा उनले वर्णन गरेका छन् । पहिले नै आलोचनाको सामना गरिरहेको यो योजनालाई नेतान्याहूको समर्थन पछि अरब देशहरूमा विरोध प्रदर्शनको बढ्दो डरको सामना गर्नु परिरहेको छ ।

नेतान्याहूले अमेरिकी विदेशमन्त्री मार्काे रुबियोसँग यस योजनाबारे छलफल गरेका थिए । हमासलाई समाप्त पार्नु पर्ने हमासबारे इजरायलको भनाइलाई समर्थन गर्दै रुबियोल भनेका थिए । इजरायलले गाजामा हमासलाई पराजित गरेपछि प्यालेस्टिनीहरूको पुनःस्थापनाको लागि यो योजना बनेको हो ।

तर यसको आलोचना पनि भइरहेको छ । यो योजना प्यालेस्टिनीहरूलाई जबर्जस्ती बाहिर निकाल्ने कार्य भएको अधिकार समूहहरूले बताइरहेका छन् । गाजाबाट बसाइसराइ स्वैच्छिक हुनुपर्ने नेतन्याहुको भनाइ छ ।

तर यसको बाबजुद पनि धेरै मानिसहरूले यसलाई जबरजस्ती मानिरहेका छन् । गाजाको लागि आफू र ट्रम्पको दृष्टिकोण समान भएको नेतन्याहुको भनाइ थियो । गाजामा १६ महिनाभन्दा लामो समयदेखि युद्ध जारी छ ।

नेतान्याहुले युद्धविराम पछि पुनः सुरु हुने लडाइँको लागि आफू तयार रहेको पनि बताएका छन् । हमास रहँदासम्म शान्ति असम्भव भएको यसलाई समाप्त पार्नै पर्ने रुबियोको भनाइ छ । ट्रम्पको उद्देश्य अरब देशहरूलाई उनीहरूको युद्धपछिको योजना लागू गर्न दबाब दिनु भएको र यसले इजरायललाई स्वीकार्य समाधान प्रदान गर्ने। पनि उनले बताए ।

गाजामा युद्धविरामको लागि दोस्रो चरणको वार्ता चाँडै सुरु हुने चर्चा पनि छ ।, यस चरणमा हमासले प्यालेस्टिनी कैदीहरूको रिहाइ, स्थायी युद्धविराम र इजरायली सेना फिर्ताको बारेमा छलफल गर्नेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top