×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

मस्कटमा समकक्षीहरुसंग आरजु व्यस्त, जयशंकरसंग भेट

५ फाल्गुन २०८१

५ फागुन , काठमाण्डौ।

ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा त्यहाँ विभिन्न देशका समकक्षीहरुको भेटघाटमा व्यस्त रहेकी छन् । सोहीक्रममा उनले भारत, भुटान, कतार लगायतका समकक्षीहरुसंग भेटवार्ता गरेकी छन् ।

Advertisement
Advertisement

आइतबार राणासँग भारतीय समकक्षी एस. जयशंकर र भुटानी विदेशमन्त्री डीएन ढुंगेलको भेट भएको हो । डेलिगेसन तहमा ओमानको राजधानी मस्कटमा भएको जयशंकरसँगको भेटमा नेपाल–भारत सम्बन्ध, जलश्रोत, व्यापार र पारवहनबारे छलफल भएको बताइएको छ ।

मस्कटमा भएको द्विपक्षीय भेटवार्तामा हालै काठमाडौँमा सम्पन्न वाणिज्य सचिवस्तरीय तथा भारतको नयाँ दिल्लीमा भएको उर्जासम्बन्धी बैठक र तिनको प्रगतिका विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा देउवाले भारतसँग भएको उर्जा व्यापारसम्बन्धी सम्झौताले नेपालबाट भारत तथा भारत भएर बंगलादेश विद्युत निर्यात प्रवद्र्धनमा सहयोग पुर्याएको भन्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

पछिल्लो समयमा दुई देशका बीचको ट्रेड ट्रान्जिट तथा जलस्रोत विकासका क्षेत्रमा भएको प्रगतिका बारेमा उनीहरुबीच कुराकानी भएको थियो । भेटमा क्रस बोर्डर विद्युत व्यापार निर्माणको मोडालिटीका विषयमा भएको प्रगतिका बारेमा पनि कुराकानी भएको थियो ।

साथै नेपाल भारत बीचको व्यापार सन्धीको पुनरावलोकन, जनवरीमा काठमाडौँमा भएको नेपाल भारत इन्टर गभर्मेन्टल कमिटी बैठकमा धेरै क्षेत्रमा भएका उत्पादनमूलक छलफल र निर्णयका साथै धम्रा र मुन्द्रा थप बन्दरगाहको सञ्चालनका विषयमा पनि कुराकानी भएको थियो ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनासँग सम्बन्धित प्रमुख प्राविधिक समस्याहरु समाधान भइसकेको तथा हालै भएको दुवै देशको मन्त्रीस्तरीय बैठकबाट यसलाई सकारात्मक रुपमा अघि बढाउने समझ्दारी भएको विषयमा उनीहरुबीच छलफल भएको थियो ।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहँदा भुटानी समकक्षीसँग पनि राणाले दुई देशको हितबारे छलफल भएको सामाजिक सञ्जालमा लेखेकी छन् । यसअघि राणाले आइतबार नै कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुरैखीसँगको भेटमा हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन्।

यस्तै आइतबार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री देउवाले ग्लोबल–साउथले बहुसङ्ख्यक मानवताको प्रतिनिधित्व गर्ने भएकाले यस क्षेत्रका बिचमा कनेक्टिभिटी सहितको सामूहिक सहकार्य आवश्यक रहेको बताएकी छन् ।

उक्त सम्मेलनको मुख्य विषयवस्तु ‘समुद्री साझेदारीको नयाँ क्षितिजको यात्रा’ खासगरी नेपालजस्ता भूपरिवेष्टित देशका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै यसबाट हुने सामुद्रिक साझेदारीले कनेक्टिभिटी बढाउने र यसका माध्यमबाट मानवताको समावेशी र दिगो विकासका लागि माध्यम बन्ने उनले बताइन् ।

मन्त्री डा.देउवाले ग्लोबल साउथको पूर्ण सम्भावनालाई उजागर गर्न यस क्षेत्रले दक्षिण–दक्षिण सहयोग सुधारका लागि आवश्यक नीतिहरूको समीक्षा गर्दै क्षेत्रीय एकीकरणलाई सुदृढ पार्ने र पारस्परिक सहयोगलाई बढवा दिने कामलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन् ।

त्यसैगरी सडक, हवाई तथा समुद्र मार्फत क्षेत्रीय कनेक्टिभिटी बढाउने र आपसी ज्ञान, सीप र प्रविधिको हस्तान्तरण मार्फत क्षमता विकासको कामलाई सामूहिक रूपमा अघि बढाउने काम गर्नुपर्नेमा पनि उनको जोड थियो ।

असमानता, गरिबी, बढ्दो ऋण सङ्कट, द्वन्द्व, डिजिटल विभाजन एवं जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरूको सामना गर्न यस क्षेत्रमा सामूहिक सङ्कल्पका साथ दक्षिण–दक्षिण सहयोग र सहकार्य आवश्यक रहेको उनले बताइन् ।

उनले कम विकसित, भूपरिवेष्टित र साना टापु देशहरूमा उपलब्ध सीमित स्रोत र क्षमताको दबाब रहेकोले यसलाई पार लगाई बलियो भविष्य निर्माणका लागि सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड दिँदै यसले सीमा पार तथा अन्तर्देशीय भौगोलिक क्षेत्रमा पर्न सक्ने चुनौतीहरूको सामना गर्न सहयोग पुग्ने धारणा राखिन् ।

यसैबीच यता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज बैंकक प्रस्थान गरेकी छन् । निजी भ्रमणका लागि जान लागेकी भण्डारीलाई विदाइ गर्न एमाले नेताहरू विमानस्थल पुगेका थिए ।

भण्डारीलाई विदाइ गर्न एमाले स्थायी समिति सदस्य भानुभक्त ढकाल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीलगायत एमाले नेताहरू विमानस्थल पुगेका थिए ।

त्यस्तै, अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि उनलाई विदाइ गर्न विमानस्थल पुगेका थिए ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top