×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

KIIT ले लखेटेका नेपाली विद्यार्थीलाई होस्टल फर्काउन तयार

६ फाल्गुन २०८१

६ फागुन ,  एजेन्सी ।

चौतर्फी विरोध र नेपाल सरकारको कुटनीतिक पहलपछि अन्ततः भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) ले नेपाली विद्यार्थीलाई होस्टलमा फर्काउन राजी भएको छ । केआइआइटीले विरोध प्रदर्शन गरेको भन्दै करिब १ हजारको संख्यामा रहेका नेपाली विद्यार्थीहरुलाई जबर्जस्ती लखेटेको थियो ।

Advertisement
Advertisement

उसले नेपाली विद्यार्थीहरुलाई अनिश्चितकालका लागि निलम्बित गरेको भन्दै नेपाल फर्किन आफैले गाडीमा हालेर रेलवे स्टेसनसम्म छाडेको थियो । तर नेपाली दूतावासहित प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासोकाबीच विश्वविद्यालयमाथि दबाब परेपछि नेपाली विद्यार्थीलाई फर्किन भनिएको हो ।

सोमबार रेलवे स्टेसनमा अलपत्र छाडिएका नेपाली विद्यार्थीलाई लिन साँझ भारतीय प्रहरी नै पुगेका थिए । विद्यार्थीमाथि ज्यादती गरिएको भन्दै चौतर्फी आलोचना भएपछि फर्काउन पहल गरिएको हो । सो कलेजमा अध्ययनरत छात्रा प्रकृति लम्साल मृत भेटिएपछि तनाव सुरू भएको थियो ।

घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै प्रदर्शनरत नेपाली विद्यार्थीहरू जबरजस्ती होस्टलबाट निकालिएका हुन् । नेपालतर्फको पहलपछि कलेजले विद्यार्थीलाई होस्टेलमा फर्काउन सहमति जनाएको छ ।

उक्त सहमतिपछि ओडिशाको बलेश्वरस्थित ट्रेन स्टेशनमा नेपाल फर्किन लागेका विद्यार्थीहरूलाई प्रहरीले होस्टल फर्कन दबाब दिएको केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थीहरुले बताएका छन् ।

सार्वजनिक सूचनाअनुसार केआइआइटीमा हाल एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । सोमबार दिउँसो विश्वविद्यालय प्रशासनले दबाब दिएसँगै नेपाली विद्यार्थीहरू नेपाल फर्किन वा अन्यत्र सर्न बाध्य भएका थिए ।

हाल केही विद्यार्थीहरू आफ्नै पहलमा नेपाल फर्किन लागेका छन् भने केही विद्यार्थीले भारतमै विश्वविद्यालय बाहिर विभिन्न होटलहरुमा आश्रय लिइरहेका छन् । सोमबार राती ११ बजे बलेश्वरमार्फत नेपालको यात्रा तय गर्न लागेका विद्यार्थीहरूलाई भारतीय प्रहरीले होस्टेल होस्टलको फर्कन जोडबल गरेपनि अवस्था शान्त नभएसम्म आफूहरुलाई होस्टल फर्किन त्रास भएको नेपाली विद्यार्थीहरुले बताएका छन् ।

उता केआइआइटीले भने सोमबार दिउँसो नै नेपाली विद्यार्थी होस्टल फर्किन सक्ने सूचना जारी गरेको थियो । यस घटनामा काठमाडौंस्थित भारतीय राजदूतावासले पनि नेपाली विद्यार्थीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै दूतावासले भनेकोछ , यस कठिन समयमा दिवंगतका परिवारजनप्रति राजदूतावास हार्दिक समवेदना व्यक्त गर्दछ । राजदूतावास केआइआइटीका अधिकारीहरू तथा ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ ।

स्थानीय प्रशासनले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरू गरिसकेको जानकारी प्राप्त भएको छ । केआइआइटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्कन, कक्षाहरू पुनः सुरु गर्न तथा छात्रावासमा बस्न अपिल गरेको छ ।

साथै, संस्थानले विद्यार्थीहरूको शैक्षिक क्षतिलाई सम्बोधन गर्ने आश्वासन दिएको छ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू नेपाल–भारतबीचको प्रगाढ जनस्तरीय सम्बन्धको एक महत्वपूर्ण पक्ष हुन् ।

भारत सरकार नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक सम्पूर्ण कदम उठाउने प्रतिबद्धता व्यक्त गर्दछ, भारतीय दूतावासले भनेको छ । यसअघि सोमबार भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले पनि नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो ।

दूतावासले सो इन्स्टिच्युटमा विकसित घटनाक्रमका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको सूचनाप्राप्त हुनासाथ संस्थाका रजिस्ट्रारलगायत प्रतिनिधिसँग छलफल गर्दै सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको दूतावासले जनाएको थियो ।

उक्त संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत दूतावासले अनुरोध गरेको छ । ’यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाइ कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको छ,’ दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै, उक्त शैक्षिक संस्थाकी विद्यार्थी प्रकृति लम्सालको मृत्यु सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धानको विषयलाई संस्थाले गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ । ’यस घटनाका सम्बन्धमा राजदूतावासले नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ ।

प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकले केही समस्या भएमा राजदूतावाससँग सम्पर्क राख्न सक्नुहुनेछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक संजालमा पोस्ट गर्दै जानकारी दिएका थिए कि भारतमा नेपाली दूतावासका २ अधिकारीहरुलाई नेपाली विद्यार्थीहरुको सहयोगका लागि ओडिशा पठाइएको छ ।

साथै उनले भनेका छन, विद्यार्थीहरुसंग उनीहरुको प्राथमिकता अनुसारका विकल्प छन्, जसमा उनीहरुले होस्टलमै रहन वा घर फर्किन सक्नेछन् । यस्तै परराष्ट्रमन्त्री डा. आरजÞू राणा देउबाले पनि यो मामिलामा कूटनीतिक पहल भइरहेको जानकारी दिएकी छन् ।

यसबीच यो घटनामा अनुसन्धान गर्न अखिल भारतीय विद्यार्थी परिषद्ले माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अखिल भारतीय विद्यार्थी परिषद्ले ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको दुर्भाग्यपूर्ण मृत्युमा गहिरो समवेदना व्यक्त गर्दछ र घटनाको निष्पक्ष र पूर्ण अनुसन्धानको माग गर्दछ।’

Advertisement

यता नेपालमा पनि विद्यार्थी संगठनहरुले प्रकृति लम्सालको न्यायका लागि भन्दै विरोध प्रदर्शन जारी राखेका छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top