NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी

बुधबार फाल्गुन ७ , २०८१
Reading Time: 1 min read
A A
होस्टल फर्किन नेपाली विद्यार्थीको कडा सर्त, कर्मचारी निलम्बित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ फागुन ,  एजेन्सी ।

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव नेपाल ल्याउने तयारी गरिएको छ । गत आइतबार होस्टेलको कोठामा मृत भेटिएकी २० वर्षीया लम्सालको शव आज साँझसम्म नेपाल ल्याइपु¥याउने तयारी छ ।

उनको शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासले स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरिरहेको छ । मृतकका पिता सुनिल लम्साल मंगलबारै ओडिसा पुगिसकेका छन् ।

LS Auto

लम्साल होस्टलमा मृत भेटिएपछि सोही साँझदेखि नेपाली विद्यार्थीहरूले उनको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई दमन गर्दै कलेजबाट निकालेको थियो ।

तर, चर्को दबाबपछि कलेज प्रशासन उक्त कदमप्रति माफी माग्न बाध्य भएको छ । यो विषय संसदमा पनि उठिसकेको छ । उता ओडिसाको विधानसभामा पनि यो विषयले प्रवेश पाएको छ । जसका कारण ओडिसा सरकारले घटनाको छानबिनका लागि उच्चस्तरिय समिति बनाएको छ ।

भारतीय मिडियाहरूकाअनुसार यो प्रकरणमा हालसम्म त्यहाँको प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रकृतिसँग प्रेम सम्बन्ध रहेका भनिएका सोही विश्वविद्यलायमा अध्ययनरत भारतीय विद्यार्थी २१ वर्षीय आद्विक श्रीवास्तव, कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पक्राउ परेका छन् ।

उता नेपाली विद्यार्थीको समर्थनमा कलेज प्रशासनविरुद्ध भारतीय विद्यार्थीहरूले पनि आन्दोलन थालेका छन् । भारतीय विद्यार्थीहरूले कलेज प्रशासनले नेपाली विद्यार्थीहरूमाथि गरेको अन्यायको विरोधमा आन्दोलन थालेको हुन् ।

परिस्थिति शान्त बनाउने चौतर्फी प्रयास भए पनि नेपाली विद्यार्थीमा उत्पन्न त्रास यथावत् छ । छात्रावासबाट अमानवीय व्यवहारसहित जबर्जस्ती निकालिएका विद्यार्थी फर्किनका लागि अझै ढुक्क भइसकेका छैनन् ।

विश्वविद्यालय सुरक्षित रहेकामा विश्वस्त हुन नसकेको भन्दै उनीहरू फर्किन मानेका छैनन् । कुटपिट र चेतावनीसहित छात्रावासबाट निकालिएका नेपाली विद्यार्थीमध्ये अझै तीन सयजना कोलकातामा अलपत्र छन् ।

पीडित विद्यार्थीको गुनासो र प्रश्न छ, ‘जनावरलाई जसरी लात हानेर निकालिएको छ । कसरी कलेज फर्किने ?’ नियमित पठनमा फर्काउन पहल गरेको नेपाल सरकार र सुरक्षाको सुनिश्चितता गरिने विश्वविद्यालयको प्रतिबद्धताप्रति चरम अमानवीय अत्याचार भोगेका नेपाली विद्यार्थी आश्वस्त भएका छैनन् ।

सोमबार आठ सयभन्दा बढी विद्यार्थीलाई धक्कामुक्की गर्दै छात्रावासबाट निकालिएको थियो । निकालिएका आधा विद्यार्थी घरतर्फ लागेका छन् भने भुवनेश्वरमै रहेका आधा विद्यार्थी छात्रावास फर्किने क्रममा छन् ।

कोलकाता पुगेका नेपाली विद्यार्थीको समूहले भने वातावरण सहज नभएको भन्दै नफर्किने जनाएको छ । विश्वविद्यालय प्रशासनले ‘आफ्नो देश जाऊ’ भन्दै गुन्डा लगाएर लात मारेर निकालिएको पीडित विद्यार्थीले बताएका छन् ।

विद्यार्थीलाई कलेजले अपराधीजस्तो व्यवहार गरेको अर्का विद्यार्थीको गुनासो छ । ‘दुनियाँलाई देखाउनका लागि फिर्ता बोलाएको छ । तर, असुरक्षाबिच हामी कसरी जाने?’ अर्का विद्यार्थीले भिडियोमा भनेका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माका अनुसार दिल्लीस्थित दूतावासबाट दुईजना सुरक्षा अधिकारी केआइआइटी विश्वविद्यालय पुगेर मंगलबार नेपाली विद्यार्थी र विश्वविद्यालयका अधिकारीसँग छलफल गरेका छन् ।

दूतावासमा कार्यरत काउन्सिलर नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्मा दास र राष्ट्रिय अनुसन्धान विभागका एसएसपी नवीन अधिकारी मंगलबार भुवनेश्वर पुगेका छन् । घटनाक्रममाथि नजर राखिरहेका तथा समस्या समाधानको जिम्मेवारी पाएका राजदूत शर्माले स्थिति शान्त रहेको भन्दै विश्वविद्यालय फर्किन विद्यार्थीलाई अनुरोध गरेका छन् ।

यसबीच ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीको अग्रसरतामा राज्यसरकारले जाँचबुझ समिति गठन गरेको र आरोपीलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री माझीले सोमबार विश्वविद्यालयको अनुगमनसमेत गरेका थिए ।

राज्य सरकारले गठन गरेको समितिले विद्यार्थीमाथि भएको दुव्र्यवहार तथा शक्तिको दुरुपयोगको जाँचबुझ गर्ने जनाएको छ ।

Tags: #कलिंगा इन्स्टिच्युट#प्रकृति लम्सालको शव#विद्यार्थी अझै असुरक्षित

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.