प्रकृति लम्सालको शव आज नेपाल ल्याउने तयारी

७ फागुन ,  एजेन्सी ।

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव नेपाल ल्याउने तयारी गरिएको छ । गत आइतबार होस्टेलको कोठामा मृत भेटिएकी २० वर्षीया लम्सालको शव आज साँझसम्म नेपाल ल्याइपु¥याउने तयारी छ ।

उनको शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासले स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय गरिरहेको छ । मृतकका पिता सुनिल लम्साल मंगलबारै ओडिसा पुगिसकेका छन् ।

लम्साल होस्टलमा मृत भेटिएपछि सोही साँझदेखि नेपाली विद्यार्थीहरूले उनको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूलाई दमन गर्दै कलेजबाट निकालेको थियो ।

तर, चर्को दबाबपछि कलेज प्रशासन उक्त कदमप्रति माफी माग्न बाध्य भएको छ । यो विषय संसदमा पनि उठिसकेको छ । उता ओडिसाको विधानसभामा पनि यो विषयले प्रवेश पाएको छ । जसका कारण ओडिसा सरकारले घटनाको छानबिनका लागि उच्चस्तरिय समिति बनाएको छ ।

भारतीय मिडियाहरूकाअनुसार यो प्रकरणमा हालसम्म त्यहाँको प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रकृतिसँग प्रेम सम्बन्ध रहेका भनिएका सोही विश्वविद्यलायमा अध्ययनरत भारतीय विद्यार्थी २१ वर्षीय आद्विक श्रीवास्तव, कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पक्राउ परेका छन् ।

उता नेपाली विद्यार्थीको समर्थनमा कलेज प्रशासनविरुद्ध भारतीय विद्यार्थीहरूले पनि आन्दोलन थालेका छन् । भारतीय विद्यार्थीहरूले कलेज प्रशासनले नेपाली विद्यार्थीहरूमाथि गरेको अन्यायको विरोधमा आन्दोलन थालेको हुन् ।

परिस्थिति शान्त बनाउने चौतर्फी प्रयास भए पनि नेपाली विद्यार्थीमा उत्पन्न त्रास यथावत् छ । छात्रावासबाट अमानवीय व्यवहारसहित जबर्जस्ती निकालिएका विद्यार्थी फर्किनका लागि अझै ढुक्क भइसकेका छैनन् ।

विश्वविद्यालय सुरक्षित रहेकामा विश्वस्त हुन नसकेको भन्दै उनीहरू फर्किन मानेका छैनन् । कुटपिट र चेतावनीसहित छात्रावासबाट निकालिएका नेपाली विद्यार्थीमध्ये अझै तीन सयजना कोलकातामा अलपत्र छन् ।

पीडित विद्यार्थीको गुनासो र प्रश्न छ, ‘जनावरलाई जसरी लात हानेर निकालिएको छ । कसरी कलेज फर्किने ?’ नियमित पठनमा फर्काउन पहल गरेको नेपाल सरकार र सुरक्षाको सुनिश्चितता गरिने विश्वविद्यालयको प्रतिबद्धताप्रति चरम अमानवीय अत्याचार भोगेका नेपाली विद्यार्थी आश्वस्त भएका छैनन् ।

सोमबार आठ सयभन्दा बढी विद्यार्थीलाई धक्कामुक्की गर्दै छात्रावासबाट निकालिएको थियो । निकालिएका आधा विद्यार्थी घरतर्फ लागेका छन् भने भुवनेश्वरमै रहेका आधा विद्यार्थी छात्रावास फर्किने क्रममा छन् ।

कोलकाता पुगेका नेपाली विद्यार्थीको समूहले भने वातावरण सहज नभएको भन्दै नफर्किने जनाएको छ । विश्वविद्यालय प्रशासनले ‘आफ्नो देश जाऊ’ भन्दै गुन्डा लगाएर लात मारेर निकालिएको पीडित विद्यार्थीले बताएका छन् ।

विद्यार्थीलाई कलेजले अपराधीजस्तो व्यवहार गरेको अर्का विद्यार्थीको गुनासो छ । ‘दुनियाँलाई देखाउनका लागि फिर्ता बोलाएको छ । तर, असुरक्षाबिच हामी कसरी जाने?’ अर्का विद्यार्थीले भिडियोमा भनेका छन् ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माका अनुसार दिल्लीस्थित दूतावासबाट दुईजना सुरक्षा अधिकारी केआइआइटी विश्वविद्यालय पुगेर मंगलबार नेपाली विद्यार्थी र विश्वविद्यालयका अधिकारीसँग छलफल गरेका छन् ।

दूतावासमा कार्यरत काउन्सिलर नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्मा दास र राष्ट्रिय अनुसन्धान विभागका एसएसपी नवीन अधिकारी मंगलबार भुवनेश्वर पुगेका छन् । घटनाक्रममाथि नजर राखिरहेका तथा समस्या समाधानको जिम्मेवारी पाएका राजदूत शर्माले स्थिति शान्त रहेको भन्दै विश्वविद्यालय फर्किन विद्यार्थीलाई अनुरोध गरेका छन् ।

यसबीच ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीको अग्रसरतामा राज्यसरकारले जाँचबुझ समिति गठन गरेको र आरोपीलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री माझीले सोमबार विश्वविद्यालयको अनुगमनसमेत गरेका थिए ।

राज्य सरकारले गठन गरेको समितिले विद्यार्थीमाथि भएको दुव्र्यवहार तथा शक्तिको दुरुपयोगको जाँचबुझ गर्ने जनाएको छ ।

भर्खरको समाचार

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

सम्बन्धित समाचार

Scroll to Top