×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आजदेखि च्याम्पियन्स ट्रफी, लाइभ कसरी हेर्ने ?

७ फाल्गुन २०८१

७ फागुन , एजेन्सी ।

आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरू हुनेछ । १९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोलीको सहभागिता रहेको छ ।

Advertisement
Advertisement

प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ । च्याम्पियन्स ट्रफी खेल्न भारत पाकिस्तान नजाने भए पछि प्रतियोगितामा उसले खेल्ने सबै खेल युएईमा हुनेछ ।

भारतमा आयोजना भएको सन् २०२३ को ओडिआई विश्व कपको शीर्ष ८ राष्ट्र च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ए मा रहेका छन् ।

अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह बी मा रहेका छन् । हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । च्याम्पियन्स ट्रफीको फाइनल खेल ९ मार्चमा हुनेछ। भारतले फाइनल खेल्ने भएमा फाइनल युएईमा हुनेछ ।

त्यसबाहेकको अवस्थामा फाइनल पाकिस्तानमा हुनेछ । यो प्रतियोगिताका सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो ।

प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान र न्युजिल्याण्डबीचको खेल कराँचीमा रहेको नेशनल स्टेडियममा हुदैछ । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको पाकिस्तान मोहम्मद रिजवानको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ ।

सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा भारतलाई हराउँदै पाकिस्तानले उपाधी जितेको थियो । इङ्ग्ल्याण्डमा भएको प्रतियोगितामा भारतलाई १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले उपाधी जितेको थियो ।

दोस्रो संस्करणको च्याम्पियन्स ट्रफी २००० को विजेता रहेको न्युजिल्याण्ड मिचेल सान्टनरको कप्तानीमा मैदान उत्रदै छ । न्युजिल्याण्ड पनि सान्टनरको कप्तानीमा पहिलो पटक आइसिसीको प्रतियोगिता खेल्दैछ ।

सान्टनरको काधमा टोलीलाई २५ वर्ष पछि उपाधी जिताउँने जिम्मेवारी रहेको छ । सन् २००० मा केन्यामा भएको प्रतियोगितामा न्युजिल्याण्ड च्याम्पियन भएको थियो । फाइनलमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो । चोटले दुवै टोलीलाई सताएको छ ।

पाकिस्तानका युवा ओपनर सैयम अयुब टोली घोषणा अघि नै चोटका कारण बाहिर भएका थिए । अर्कोतर्फ, न्युजिल्याण्ड पनि चोटको समस्याले ग्रस्त छ । लोकी फर्गुसन तथा बेन सियर्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

उनीहरुको स्थानमा काइल जेमिसन र ज्याकोब डफीलाई टिममा समावेश गरिएको छ । च्याम्पियन्स ट्रफीको पूर्वसन्ध्यामा हालै पाकिस्तानमा भएको त्रिकोणात्मक सिरिजमा यी दुई टोली आमनेसामने भएका थिए ।

मिचेल सान्टनरको कप्तानीमा रहेको न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसहित सबै खेल जितेर ट्रफी हात पारेको थियो । पाकिस्तान न्युजिल्याण्डविरुद्ध समूह चरणमा पाँच विकेट र फाइनलमा ७८ रनले पराजित भएको थियो ।

यी दुई टोली सन् २०००, २००६ र २००९ को च्याम्पियन्स ट्रफीमा तीन पटक आमनेसामने भएका थिए । तीनै पटकको भेटमा पाकिस्तान पराजित भएको थियो । ओडिआई क्रिकेटमा न्युजिल्यान्डले सन् २०२३ को सुरुवातदेखि अहिलेसम्म ११ पटक पाकिस्तानको सामना गरेको छ ।

Advertisement
Advertisement

जसमा न्युजिल्यान्डले ५ खेलमा जित र ६ मा हार बेहोरेको छ । पछिल्ला चार खेलमध्ये तीनमा जित निकालेको छ । पाकिस्तानले झन्डै तीन दशक पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को प्रतियोगिता आयोजना गर्न लागेको हो ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top