बालेन भर्सेस ट्रम्पः विश्वका नेता झुक्दा बालेन गर्जिए

९ फागुन , विराटनगर।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जाल फेसबुकमार्फत तीव्र कटाक्ष गरेका छन्। विश्वका नेताहरुले ट्रम्पविरुद्ध मुख खोल्न नसकिरहेको अवस्थामा यो आजको सर्वाधिक चासोको विषय हो ।

उनले नेपाललाई अमेरिका भन्दा राम्रो देश भएको महसुस गराएकोमा ट्रम्पलाई व्यंग्यात्मक धन्यवाद दिएका छन्। बालेनका अनुसार, नेपाल गरिब हुनुको कारण मानिसहरू देश छाड्नु हो भने अमेरिका गरिब हुनुको कारण आफ्नै नागरिकहरूले आफ्नो देश बनाउन नसक्नु हो।

उनले अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरीलाई ‘दासत्व’ भन्दै यसलाई रोक्नुपर्ने मागसमेत गरेका छन्। बालेनले आफ्नो स्टाटसमा लेखेका छन् “प्रिय डोनाल्ड ट्रम्प, हाम्रो देश तपाईंको देशभन्दा राम्रो छ भन्ने कुरा महसुस गराइदिएकामा धन्यवाद।

हामी गरिब छौँ, किनभने हाम्रा मानिसले देश छाडिरहेका छन्। तपाईंहरू गरिब हुनुहुन्छ, किनभने तपाईंका मानिसहरूले आफ्नो देश बनाउन सक्दैनन्। तपाईं अल्छी मानिसहरूलाई संसारकै सहाराको आवश्यकता छ।“

बालेनको यो टिप्पणी अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोग रोक्ने ट्रम्पको निर्णयसँग गाँसिएको छ। अमेरिकी सरकारले नेपाललाई संघीयता सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर तथा जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलरको सहयोग रोक्ने निर्णय गरेको थियो।

ट्रम्पले नेपाललाई दिइएको सहायता ‘ठगी’ भएको भन्दै यसलाई बन्द गर्ने घोषणा गरे। साथै, एमसीसी परियोजना समेत स्थगित गर्ने अमेरिकी कदमले नेपालमा ठूलो राजनीतिक बहस सिर्जना गराएको छ।

बालेनको अभिव्यक्तिले नेपालमा अमेरिकी सहयोगको प्रभाव, आप्रवासन, र राजनीतिक नेतृत्वको असफलता प्रतिको आक्रोशलाई उजागर गरेको छ । नेपाली युवाहरू रोजगारी, अवसर र समृद्ध भविष्यको खोजीमा अमेरिका, अस्ट्रेलिया, युरोप लगायतका मुलुकहरूमा आप्रवासन गरिरहेका छन्।

यसबाहेक नेपाली युवाहरुको ठूलो समूह मलेसियासहितका अन्य खाडी राष्ट्रहरुमा छन् । यसै कारण, नेपालले आफ्नो प्रतिभाशाली जनशक्ति गुमाइरहेको छ। बालेनको मुख्य सन्देश यही छ, यदि नेपालले आफ्ना नागरिकलाई समृद्धि दिन सकेन भने उनीहरू अमेरिका वा अन्य देशमा गइरहनेछन्।

बालेनको कडा अभिव्यक्तिले अमेरिकी राष्ट्रपति ट्रम्पमात्र होइन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि लक्ष्य बनाएको छ। उनले प्रधानमन्त्रीलाई सिधा अपिल गर्दै भनेका छन्, “प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन।

मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस्।“ बालेनको भनाइ स्पष्ट छ, नेपाल अब कूटनीतिक रूपमा कमजोर अवस्थामा पुगेको छ। नेपाललाई प्रमुख शक्तिशाली देशहरूले हेप्ने स्थितिमा पुर्याउने नेतृत्व असफल भइसकेको छ।

उनले नेपाली जनतालाई आत्मनिर्भर बनाउन आवश्यक राजनीतिक इच्छाशक्ति नभएको संकेत गरेका छन्। नेपालमा बेरोजगारी, अवसरको अभाव र अस्थिर राजनीतिक नेतृत्वका कारण लाखौँ युवा विदेश पलायन भइरहेका छन्।

अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोप र खाडी मुलुकहरू नेपाली आप्रवासीहरूको प्रमुख गन्तव्य बनेका छन्। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरीमार्फत मात्र हजारौं नेपाली अमेरिका पुगेका छन्। बालेनले यही आप्रवासनलाई ‘दासत्व’ को संज्ञा दिएका छन्।

उनले युवाहरूलाई देशमै अवसर सिर्जना गर्नुपर्ने तर्फ संकेत गर्दै सरकारको असक्षमतामाथि चोटिलो टिप्पणी गरेका छन्। बालेनको टिप्पणीलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले उनको साहसिक अभिव्यक्तिको समर्थन गरेका छन् भने नेपालमा अवसर सिर्जना गर्न सकिएन भने मानिसहरूले बाहिरिने विकल्प रोज्न बाध्य हुने तर्कसमेत उठाइएको छ।

बालेन शाहको यो अभिव्यक्तिलाई राष्ट्रवादी दृष्टिकोणको रूपमा समर्थन गर्नेहरूको कमी छैन। नेपालबाट हुने ठूलो मात्रामा जनशक्ति पलायन तथा युवाहरूको विदेश मोहप्रति उनले दिएको संकेत सान्दर्भिक छ।

नेपालीहरू राम्रो अवसर खोज्दै विदेशिने क्रम बढिरहेको छ, जसले देशको आर्थिक, सामाजिक र बौद्धिक क्षेत्रमा असर पारिरहेको छ। तर, अर्को तर्फ, सामाजिक सञ्जालमा व्यक्त गरिने यस्तो उत्तेजक भनाइले नेपालको अन्तर्राष्ट्रिय छवि, कूटनीतिक सम्बन्ध र प्रवासी नेपाली समुदायमाथि नकारात्मक असर पार्न सक्छ ।

अमेरिका नेपाली आप्रवासीहरूको लागि सबैभन्दा ठूलो गन्तव्यहरूमध्ये एक हो डीभी कार्यक्रमले हजारौ बेरोजगारले छट्पटाएका नेपालीहरूलाई नयाँ अवसर प्रदान गरेको छ । नेपालबाट प्रतिभा पलायन हुनु प्रमुख समस्या हो भन्ने कुरा नकार्न सकिँदैन।

अवसरको अभाव, राम्रो तलब–भत्ता नपाइनु, रोजगारी सुरक्षित नहुनु, र सरकारका अस्थिर नीतिहरूले गर्दा नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य छन्। तर यसको समाधान केवल डीभी जस्ता कार्यक्रमहरू रोक्नुपर्छ भन्ने होइन।

नेपालमा नै सम्भावनाहरू सिर्जना गर्ने, लगानीमैत्री वातावरण बनाउने, शिक्षा र रोजगार क्षेत्रमा सुधार गर्ने दीर्घकालीन रणनीति आवश्यक छ। एक निर्वाचित जनप्रतिनिधिको हैसियतले मेयर शाहले सामाजिक सञ्जालमा व्यक्त गर्ने अभिव्यक्तिहरूले ठूलो प्रभाव पार्छन्।

उनका केही विचारहरू यथार्थपरक भए पनि, अन्तर्राष्ट्रिय कूटनीति र आप्रवासन नीतिलाई लिएर दिइएका प्रतिक्रियाले जिम्मेवारी र परिपक्वता देखाउन आवश्यक छ। नेपाललाई आत्मनिर्भर बनाउन विदेश जाने मार्ग बन्द गर्नेभन्दा पनि यहाँ अवसर सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ।

जुन अपेक्षा उनले प्रधानमन्त्रीसँग राखेका छन् । यस विषयमा बहस हुनु सकारात्मक पक्ष हो। तर, कूटनीतिक भाषा, तथ्यमा आधारित छलफल र दीर्घकालीन समाधान खोजीमा सबै पक्ष गम्भीर हुन आवश्यक छ।

अन्यथा, सामाजिक सञ्जालका आक्रोशपूर्ण शब्दहरू केवल बहसको हिस्सा मात्र बन्नेछन्, समाधानको होइन। ट्रम्पको दोस्रो कार्यकालमा गरिएका विवादास्पद निर्णयहरुका बारेमा विश्वका शक्तिशाली नेताहरुले समेत नकारात्मक टिप्पणी गर्ने साहस जुटाएका छैनन् ।

ट्रम्प विरुद्ध आवाज उठाउनेमा अहिलेसम्म केही नेताहरुमात्रै देखिएका छन् । पछिल्लो समय ट्रम्पको अवैध आप्रवासीलाई देश निकाला गर्ने निर्णयको विपक्षमा कोलम्बिया उभिएको थियो । कोलम्बियाली राष्ट्रपति गुस्ताबोे पेट्रोले ट्रम्पले निर्णय नमान्ने घोषणा गरे ।

त्यो २४ घण्टा पनि टिक्न सकेन । ट्रम्पले तत्काल ट्यारिफ बढाउने घोषणा गरेपछि उनी ट्रम्पसँग झुक्न बाध्य भए । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पको आप्रवासन नीतिहरू र व्यापार सम्बन्धी निर्णयहरूमा आलोचना गरेका छन्।

तर उनी पनि ट्रम्पसँग झुकिसकेका छन् । अर्का छन् युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धलाई प्राथमिकता दिएको भन्दै जेलेन्स्कीले असन्तुष्टि जनाएका छन्।

जबकी जेलेन्स्कीलाई ट्रम्पले तानाशाहीको संज्ञा दिएका छन् । ट्रम्पको आलोचना गर्नेमा जर्मनीका चान्सलर ओलाफ स्कोल्ज पनि रहेका छन् । युक्रेनका लागि आफ्नो सनसनीपूर्ण शान्ति योजनाबारे युरोपेली नेताहरूलाई बेवास्ता गरेको र युक्रेनी भूमि रुसलाई सुम्पिने र सैन्य तथा आर्थिक सहयोगको मुख्य जिम्मेवारी युरोपले लिनुपर्ने शर्त राखेपछि समग्र युरोप ट्रम्पसँग चिढिएको छ ।

तर खुलेर आवाज उठाउने हिम्मत कसैले गर्न सकेका छैनन् । मेक्सिको खाडीको नाम परिवर्तन गरेर गल्फ अफ अमेरिकी नाम राख्दा समेत मेक्सिको मौन छ। यस्तै ग्रिनल्याण्ड कब्जा गर्ने र पनामा नहरको स्वामित्व लिनेमा ट्रम्प दृढ रहदा ती देशले ट्रम्पका विरुद्धमा आवाज निकाल्ने साहस जुटाउन सकेका छैनन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ट्रम्पलाई टक्कर दिने शक्तिशाली नेता हुन् । यद्यपि ट्रम्प र पुटिनबीच केही सकारात्मक सम्बन्ध रहेको मानिन्छ, केही मुद्दाहरूमा पुटिनले पनि ट्रम्पको नीतिहरूप्रति असहमति जनाएका छन् ।

यस्तै ट्रम्पलाई खुलला चुनौती दिने दुई नेता उत्तर कोरियाली नेता किम र चिनियाँ राष्ट्रपति सी हुन् । उनीहरुलाई चिढ्याइहाल्ने प्रयास ट्रम्पले गरेका छैनन् । अमेरिकी करको बदला चीनले समेत नयाँ करको चेतावनी दिइसकेको छ ।

विश्वका एकसेएक नेताहरु नै मौन रहेको अवस्थामा ट्रम्पविरुद्ध बालेन गर्जिएका छन् । बालेन शाहको अभिव्यक्ति केवल ट्रम्प वा अमेरिकासँगको सम्बन्ध मात्र नभएर नेपालमा अवसरको अभाव, सरकारको असफलता, र आत्मनिर्भरताको आवश्यकता दर्शाउने विषय हो।

उनले नेपाली नेतृत्वलाई झक्झक्याउने प्रयास गरेका छन्। नेपाललाई दातृ राष्ट्रहरूसँग सहयोग मागिरहनुपर्ने अवस्थाबाट मुक्त गराउने दिशामा काम गर्नुपर्ने, आत्मनिर्भर अर्थतन्त्र बनाउने, र युवाहरूलाई स्वदेशमै अवसर दिने राजनीतिक इच्छाशक्ति जरुरी छ।

अन्यथा, बालेनले उठाएका प्रश्नहरू झन् सशक्त बन्दै जानेछन् र नेपाल अझ परनिर्भर बन्दै जानेछ। यसमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top