×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

ओलीका सपना, उखान र यथार्थः जन्मदिनको शुभकामना

११ फाल्गुन २०८१

११ फागुन , काठमाण्डौ ।

आज, फागुन ११ गते, नेपालका प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको ७३ औँ जन्मदिन । नेपाली राजनीतिमा एउटा चर्चित नाम खड्ग प्रसाद ओली अर्थातकेपी शर्मा ओली जसको उमेर ७३ पुगेको छ ।

Advertisement
Advertisement

नेपालको नक्सासहितको केक काटेर विगतमा जन्मदिन मनाएका प्रधानमन्त्री ओलीले यस पटकको जन्मदिनमा कुनै विशेष कार्यक्रम नरहेको भन्दै आफ्नै नामको ’केपी ओली कप फुटबल च्याम्पियनसिप’को खेल हेरेर एन्फा कम्प्लेक्स सातदोबाटोमै शुभकामना आदानप्रदान गर्ने बताएका छन् ।

उनले लेखेका छन्, आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ। खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीं भेटौँला, शुभकामना आदानप्रदान त्यहीं गरौंला।

आज प्रधानमन्त्रीलाई जन्म दिनको दिन शुभकामना दिइ रहँदा हिजोका दिनलाई सम्झनु आवश्यक हुन्छ । २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको आठराईमा जन्मेका ओलीले किशोरावस्थादेखि नै राजनीतिक यात्राको सुरुवात गरेका थिए ।

२०२३ सालमा माक्र्सवादी अध्ययन दलमा सामेल भई, २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका ओलीले पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षमा सक्रिय रहँदा, उहाँले १४ वर्ष जेल जीवन बिताए । २०३५ साल पुस ११ गते जेलमै रहँदा, नेपाल कम्युनिस्ट पार्टी (माले) को संस्थापक सदस्य बने ।

७३ वर्षका केपी शर्मा ओलीले चार पटक नेपालको प्रधानमन्त्री बनिसकेका छन् । पहिलो पटक २०७२ असोज २४ देखि २०७३ साउन २० गतेसम्म दोस्रो कार्यकालमा २०७४ फागुन ३ देखि २०७७ जेठ २० गतेसम्म र तेस्रो कार्यकाल २०७७ असार २९ देखि २०७८ साउन २८ गतेसम्म त्यस बेलाको समय अवधि जोड्ने हो भने कुल मिलाएर ३ वर्ष ७ महिना प्रधानमन्त्री बनी सकेका ओली चौथो पटक २०८१ असार ३० गते पुनः प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

ओली देशका लागि दिएका महत्त्वपूर्ण योगदानहरू सम्झने हो भने प्रजातन्त्र हुँदै गणतन्त्र सम्म आइ पुग्दाका उनको नेतृत्वदायी भूमिकालाई कसैले भुल्नु हुदैन् । २०७२ सालमा नेपालको संविधान जारी गर्दा होस् या भारतको अघोषित नाकाबन्दी र नेपालको चुच्चे नक्सा जारी गर्दाको समयमा दृढतापूर्वक देशको नेतृत्व गर्दै राष्ट्रिय स्वाभिमानको पक्षमा चट्टा जस्तै भएर उभिँदाको क्षण आम नेपाली माझ घाम जस्तै छर्लङ छन् ।

प्रस्ट बोल्ने भविष्यका सपना देख्न सक्ने, अरूलाई अनौठो शैलीमा ब्यङवाण प्रहार गर्ने ओलीका थप कला हुन् । आफ्ना उखानटुक्कासहितका भाषणले उनी सबैलाई मोहित बनाउने कोसिस सदैव गर्दछन् । आफ्ना हरेक भाषणमा केही न केही उखान तथा टुक्का घुसाउन माहिर ओली आफ्नो यो शैलीलाई रुचाएकै कारण पनि होला हरेक भाषणमा केही न केही उखान टुक्का जोड्न छुटाउदैनन् ।

कडा, छुच्चो र उखान टुक्का प्रयोग गरेर ओली कुनै बेला धेरै रुचाइनेमा पर्दथे ।  ग्यासका सिलिन्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिँड्नु पर्दैन । सिलिन्डरको युग समाप्त गरिदिन्छु । घर–घरमा चुला–चुलामा पाइप पु¥याइदिन्छु, नेपाली झण्डा अंकित पानीजहाज कुनै बेला उनले भनेका यी भनाइ उखान टुक्कामा परिणत भएका छन् ।

यद्यपि नेपालीको आफ्नै रेलको सपनालाई भने ओलीले जनकपुरजयनगरमा दौडाइदिएका छन् । भुरुरु धुवाँ छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउँछौँ । बिहान सहमति हुन्छ, दिउँसो ‘सहमति भएकै छैन’ भन्नेलाई कुन डाक्टरले उपचार गर्ने ? के दबाई खुवाउने ? संविधान रोक्न बाहिर कता सिन्को, त्यान्द्रो भेटिन्छ, त्यसलाई मिलाएर मोर्चा बनाइएको कुनै बेलाका उनका चर्चित बोली, नेवारी भाषामा एउटा उखान छ– ‘माकः फुइँ’ (बाँदरले फुर्ती लगाउने) भन्ने, त्यस्तै हो ।

बाँदरले हाँगा हल्लाउँदा रूख त हल्लिन्छ, तर रूख भाँच्ने सामथ्र्य राख्दैन । गोलो घोचेर बिच्केको अरिङ्गाल त होइनन् नि जनता, जसलाई पायो त्यसलाई चिल्ने । दुई माना दूध उम्लेर एक पाथी जाने डेक्ची भरिएजस्तै हो माओवादी । दुई मानालाई एक पाथीको भ्रम परेको छ । हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन ।

सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँशु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन् । जब सिनेमा सकियो केको लभ पर्नु ? हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो । गोरु नांगो देख्दा मलाई अहिलेसम्म लाज लागेको छैन ।

माओवादीलाई सुधार्नु अप्ठ्यारो काम रहेछ । औषधि खुवायो, निल्दैन । एक छिन मुखैमा राख्छ, यताउति हेरेर ओकलिहाल्छ । अनि, हामी के गर्नु त ? . गोगो साबुनको विज्ञापनमा भन्छ नि, ‘गाईले पनि तिमीलाई लखेट्ने, कुखुराले पनि तिमीलाई नै लखेट्ने’ भनेजस्तै एमालेजस्तो पार्टीलाई गाईले पनि लखेट्या छ, कुखुराले पनि लखेट्या छ । कुखुराको पनि ठुलो भाले होइन, चल्लाले लखेट्या छ । एमालेजस्तो पार्टीलाई अरूले गालामा चड्याम्म हान्छ, अनि ‘कस्तो दुख्ने गरी हानेको सहन्नँ है म’ भन्या छ ।

जबजलाई कहाँ टिको लगाइदिनुपर्छ, कहाँ गाजल लगाइदिनुपर्छ, कहाँ लिपस्टिक लगाइदिनुपर्छ भनेर बहस गर्ने कि जबजले भनेअनुसार उग्र वामपन्थी र दक्षिणपन्थीविरूद्ध लड्न थाल्ने ? बयल गाडा चढेर अमेरिका पुग्न सकिँदैन लगायतका ओलीका यी भनाइ सर्वाधिक चर्चामा आएका थिए ।

ओलीले जसरी अरूलाई ब्यङ गर्छन् आज उनका उखान टुक्का र ब्यङले उनैलाई गिज्याइ रहेका छन् । ओली प्रधानमन्त्री बनेको नै हिसाब गर्ने हो भने ४ वर्ष भन्दा माथि भई सकेको छ । समृद्ध नेपाल खुसी नेपालीको नारा दिएका ओलीले जनतालाई खुसी पार्न उखान टुक्का भनेर हँसाउने काम भन्दा अरू के गरे त भन्ने प्रश्न आम जनतामा छ ।

आज जन्म दिनका दिन ओलीले मैले ४ वर्षमा यो प्रधानमन्त्रीको कुर्सीमा बस्दा जनताका लागि के गरे त भन्ने सोच्ने दिन पनि हो । हाल, नेपाली राजनीति चुनौतीपूर्ण अवस्थामा रहेको छ । स्थिरता, सुशासन, र समृद्धिका लागि सबै राजनीतिक दलहरूबीच सहकार्य आवश्यक छ ।

ओलीजस्ता अनुभवी नेताहरूले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यहरूको संरक्षण र विकासका एजेन्डाहरूमा जोड दिनु आजको आवश्यकता हो । नयाँ पुस्तालाई नेतृत्वमा अवसर प्रदान गर्दै, राजनीतिक संस्कारमा सुधार ल्याउने भूमिकामा प्रधानमन्त्रीको महत्त्वपूर्ण योगदान रहोस् जन्म दिनको हार्दिक मंगलमय शुभकामना सहित सुस्वास्थ्य, दीर्घायु र सफलताको कामना प्रधानमन्त्री ज्यु ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top