हत्यापछि फिरौती माग !

विराटनगर : विराटनगर १४ र १७ को सिमानामा पर्ने भित्री सडकमा राखिएको ह्युमपाइपभित्र भेटिएको शवको पहिचान खुलेको छ ।

गत असोज ७ गते सडिएको अवस्थामा भेटिएको शव एक साताको अनुसन्धानपछि विराटनगर–१७ का मोहम्मद अस्फाकको भएको खुलेको हो ।
अस्फाक गत असोज १ गतेदेखि अपहरणमा परेका थिए । अपहरणमा परेका उनलाई सोही दिन हत्या गरी ह्युमपाइपभित्र लुकाईएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।\

पक्राउ पर्नेमा २० बर्षीय मोहम्मद सद्दिक हुसेन र २१ वर्षिय मोहम्मद् अरिफ आलम छन् । वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हुसेनले खर्च जुटाउनका लागि आलमसँग मिलेर अस्फाकको अपहरण गर्ने र फिरौती लिएर छाड्ने योजना बनाएका थिए ।

Advertisement

असोज १ गते गौतमबुद्ध स्कुलमा अध्ययनरत अस्फाकलाई बोलाएर मदिरा सेवन गरे । मध्येरातमा मदिरा सेवन गरेका उनीहरुले अस्फाकको टाउकोमा ढुङ्गा प्रहार गरे ।

उनलाई बन्धक बनाएर फिरौती माग्ने योजना बनाएका थिए तर ढुङ्गा लागि ढलेका अस्फाकको घटनास्थलमै मृत्यु भयो ।१० बजे सडकमै छाडेको शव उनीहरुले घटनास्थलमा पुगी बिहान ३ बजे मात्रै ह्युमपाइपभित्र हालेका थिए ।

शव लुकाएपछि अस्फाकका बुबा खलिलसँग मोलमोलाई सुरु गरे ।छोराको अपहरण गरेको भन्दै मोबाइलबाट पटक–पटक एसएम्एस आयो ।

५० लाखबाट मोलमोलाई सुरु गरेका उनीहरुको ५ लाखमा सहमती भएको थियो तर मोलमोलाई चलिरहेकै बेला असोज ७ गते ह्युमपाइपभित्र अस्फाकको शव भेटिएको थियो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top