मधेशबाहेक अरु ठाउँमा मेघ गर्जनसहित वर्षा र हिमपात

१२ फागुन ८१, सोमबार
Share this
699shares

१२ फागुन, विराटनगर।

Advertisement

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ ।

Advertisement

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।देशको पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गएको १२ घण्टामा मोरङको केराबारी, सप्तरीको रुपेनी बजारलगायतका क्षेत्रमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार झापा, इलाम सङ्खुवासभा, मकवानपुर, भक्तपुरलगायतका ठाउँमा पनि छिटपुट पानी परेको छ ।

आज दिउँसो पनि देशका धेरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । भोलिदेखि मौसममा थप सुधार हुने मौसमविद्ले बताएका छन् ।

यसैबीच तराईको तापक्रम बढ्न थालेको छ । महाशाखाका अनुसार हिजो जनकपुर र भैरहवाको अधिक्तम तापक्रम ३० डिग्री पुगेको छ भने नेपालगन्ज र धनगढीको २८ दशमलव २ डिग्री सेल्सियस पुगेको छ ।

पूर्वी तराईमा न्यूनतम तापक्रम पनि बढ्दो रहेको छ । यो वर्षको हिउँदमा अहिलेसम्म उच्च हिमाली र पहाडी भागमा हल्का हिमपात र बर्षा भए पनि तराई सुक्खा नै छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top