×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

लेबनानका लागि अत्याचारी अमेरिका,नियन्त्रण अस्वीकार्य

१२ फाल्गुन २०८१

१२ फागुन, एजेन्सी ।

लेबनानमा नयाँ नेतृत्व आएको छ, जो पश्चिम निकट मानिएको छ । त्यहाँ वासिङ्टनको रोजाइका पूर्व सेना प्रमुख अउन राष्ट्रपति र नवाफ सलाम प्रधानमन्त्री भएका छन् । तर सरकारकै छत्र छाँयामा रहेर शसस्त्र युद्ध लडिरहेको इरान समर्थित लडाकु समूह हिजबुल्लाहले भने अमेरिकासंग निकट हुने वा उसको लेबनानमा नियन्त्रण रहने भन्ने कुरामा विरोध जनाएको छ ।

Advertisement
Advertisement

हिजबुल्लाहका प्रमुखले लेबनानमाथि अमेरिकी नियन्त्रणलाई अस्वीकार गरेका छन् । यद्यपि, अहिले इजरायलसँगको युद्धमा यो समूह कमजोर भएको छ । उसले इजरायलसंग युद्धविराम गरेको छ। तर आइतबार हिजबुल्लाह नेता नईम कासिमले बेरुतको एक स्टेडियममा हिजबुल्लाह पूर्वप्रमुख हसन नसरल्लाहको अन्त्येष्टिमा उपस्थित दशौँ हजार मानिसलाई टेलिभिजन मार्फत सम्बोधन गर्दै लेबनानमा अमेरिकी नियन्त्रण नस्वीकार्ने बताएका हुन् ।

उनले भने, ‘हामी अत्याचारी अमेरिकाले हाम्रो देशमाथि गरेको नियन्त्रण स्वीकार गर्दैनौँ। तपाईंहरूले युद्धमा जे प्राप्त गर्न सक्नुभएन, त्यो राजनीति मार्फत प्राप्त गर्न सक्नुहुन्न। ’ कासिमले दुई महिनाको पूर्ण युद्धसहित एक वर्षभन्दा बढीको शत्रुतालाई अन्त्य गर्ने नोभेम्बरको हिजबुल्लाह–इजरायल युद्धविरामका बावजुद सशस्त्र समूह अझै बलियो रहेको र इजरायलसँग जुध्न तयार रहेको धम्की पनि दिएका छन् ।

‘प्रतिरोध समाप्त भएको छैन, प्रतिरोध अझै पनि छ र इजरायलको सामना गर्न तयार छौँ’, उनले भने । यस महिनाको सुरुमा मध्यपूर्वका लागि अमेरिकी उपविशेष दूत मोर्गन ओर्टागसले ‘हिजबुल्लाहको आतङ्कको शासनको अन्त्य’ घोषणा गर्दै समूह ‘इजरायलद्वारा पराजित’ भएको भनेका थिए ।

‘यी अमेरिकीहरूलाई चिन्नुहोस्, यदि तपाईंले अधिकारीहरू र लेबनानलाई दबाब दिने प्रयास गर्नुभयो भने, तपाईं आफ्नो लक्ष्यहरू प्राप्त गर्न सक्षम हुनुहुने छैन, लेबनानका अधिकारीहरूलाई शक्तिको सन्तुलन थाहा छ’, कासिमले भने, ‘प्राथमिकताहरू मूल्याङ्कन गर्दा हाम्रो धैर्य र बुद्धिलाई कमजोरीका रूपमा व्याख्या नगर्नुहोस्।’

लेबनानको राजनीतिमा लामो समयसम्म प्रभावशाली शक्ति रहेको हिजबुल्लाहले इजरायलसँगको युद्धमा आश्चर्यजनक क्षति बेहोरेको थियो । युद्धमा तीन दशकभन्दा बढी समय संगठनको नेतृत्वमा रहेका नसरल्लाह सेप्टेम्बरमा भएको ठूलो हवाई आक्रमणमा मृत्यु भयो ।

जसको झन्डै ५ महिनापछि आइतबार अन्त्येष्टि गरिएको छ । नसरल्लाहसँगै उनका उत्तराधिकारी हाशिम सफिद्दीनको पनि अन्तिम संस्कार गरिएको हो । उनीहरूको अन्तिम बिदाइ गर्न आइतबार हजारौँ मानिस लेबनानको राजधानी बेरुतस्थित स्पोट्र्स सिटीमा भेला भएका थिए ।

इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युमा पाँच दिनको शोकको घोषणा गरेका थिए । यसैबीच खामेनीले नसरल्लाहको आइतबार भएको अन्त्येष्टिका क्रममा इजरायलविरुद्ध ‘प्रतिरोध’ गर्ने प्रतिज्ञा गरेका छन् ।

खामेनीले आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित विज्ञप्तिमा भनेका छन्, “दुश्मनलाई थाहा हुनुपर्छ– कब्जा, दमन र घमण्डविरुद्धको प्रतिरोध कहिल्यै अन्त्य हुँदैन र लक्ष्य हासिल नभएसम्म जारी रहनेछ।” खासमा हिजबुल्लाहले डिसेम्बर ८ मा सिरियामा बशर अल–असदको पतनसँगै अर्को ठूलो धक्का खायो ।

सिरियालाई उसले लामो समयदेखि इरानबाट हतियारको लाइफलाइनको रूपमा प्रयोग गर्दै आएको थियो । दुई वर्षभन्दा बढीको राजनीतिक गतिरोधपछि, हिजबुल्लाह कमजोर हुँदा वासिङ्टनको रोजाइको उम्मेदवार मानिएका पूर्व सेना प्रमुख अउनलाई राष्ट्रपति र नवाफ सलामलाई प्रधानमन्त्रीको रूपमा अनुमोदन गर्न सम्भव भयो ।

कासिमका अनुसार समूहले नसरल्लाहको ‘मार्ग पछ्याइरहनेछ । उनले भने, ‘हामी तपाईंको इच्छालाई कायम राख्नेछौँ। तपाईं अझै हामीसँग हुनुहुन्छ । तपाईंको मार्ग र सङ्घर्ष हामीभित्र जीवित छ।’ यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको चेतावनी दिएका छन् ।

आइतबार उनले ‘वार्ता वा अन्य माध्यमबाट’ युद्धका उद्देश्य पूरा गर्ने वाचा गरेका छन् ।

‘हामी कुनै पनि क्षणमा तीव्र लडाइँ पुनः सुरु गर्न तयार छौँ’, इजरायलले युद्धविराम सम्झौताको एक हिस्साका रूपमा प्यालेस्टिनी कैदीहरूको रिहाइ रोकेको एक दिनपछि नेतान्याहुले युद्ध अधिकारीहरूका लागि आयोजित समारोहमा भने, ‘गाजामा हामीले हमासका अधिकांश संगठित सेनाहरूलाई हटाएका छौँ तर यसमा कुनै शंका छैन– हामी युद्धका उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नेछौँ, चाहे वार्ताका माध्यमबाट होस् वा अन्य माध्यमबाट।’

हमासले गत शनिबार ६ बन्धक छाडेको सट्टामा हुने भनिएको ६०२ जना प्यालेस्टिनी कैदी रिहा इजरायलले अनिश्चितकालका लागि स्थगन गरिएको बताएको छ । इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको छ ।

नेतन्याहुले प्यालेस्टिनी बन्दीहरूको रिहाइ अब हमासले बाँकी बन्धक अर्कोपटक सुम्पिने ग्यारेन्टी नगरेसम्म रोकिने बताएका हुन् । यसबीच इजरायलले कब्जा गरेको वेस्ट बैंकमा रहेका तीन शरणार्थी शिविरबाट मानिसहरूलाई खाली गराएको छ ।

साथै यसले त्यहाँ पहिले नै रहेको आफ्नो सैन्य उपस्थितिलाई अझ बढाएको छ । ‘जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू अब खाली छन् र एक वर्षको लागि सैन्य कब्जामा रहनेछ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले भने ।

आतंकका गुँडहरू हटाइएको काट्जको भनाइ छ । गत महिना गाजामा युद्धविराम सम्झौता भएदेखि पश्चिम किनारमा ५० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । प्यालेस्टिनीहरूलाई इजरायलले उक्त क्षेत्र कब्जा गरी राख्ने योजना बनाएकोमा डर भएको बताएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top