सामाजिक सुरक्षाकोष अन्तर्गतका विरामीको नोवेलमा निःशुल्क उपचार

१२ फागुन ८१, मंगलबार

१२ फागुन, विराटनगर । सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्ता विरामीहरुलाई पनि अब विराटनगर स्थित नोवेल अस्पतालले भुक्तानी मिनाहसहितको थप सुविधा दिने भएको छ।

श्रमिक तथा उनका श्रीमान् वा श्रीमती विरामी भई कोषमा सुचीकृत अस्पतालमा उपचार गराउँदा सहुलियतमा उपचार हुने व्यवस्था छ ।

त्यसमा पनि विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले कोषमा आवद्ध विरामीलाई उपचारको क्रममा गर्नु पर्ने सहभुक्तानी मिनाह गरेर थप सुविधा दिएको हो । नोवेलको यो निर्णयपछि अब योगदानकर्ता विरामीहरुको निःशुल्क रुपमै उपचार हुनेछ ।

Advertisement

नेपाल सरकारको सामाजिक सुरक्षा कोष अन्तर्गत विभिन्न संघ संस्थाहरु आवद्ध भए यता सामाजिक सुरक्षामा योगदानकर्ताहरु लाखौंको संख्यामा रहेका छन् ।

सामाजिक सुरक्षा कोषले नियमितरुपमा मासिक रकम जम्मा गर्ने योगदानकर्ता र उनको श्रीमान् वा श्रीमतीलाई उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ ।

यो सुविधा लिन विभिन्न संघसंस्थामा कार्यरत योगदानकर्ताहरु र उनीहरुका श्रीमान् वा श्रीमती विरामी भई सामाजिक सुरक्षा कोषमा सुचीकृत अस्पतालमा गई उपचार गराउनु पर्ने हुन्छ । सुरक्षा कोषको नियमानुसार विरामी बहिरङ्ग विभागमा आई जाँच गर्दा सुरक्षा कोषले तोकेको शुल्कको ८० प्रतिशत कोषले व्यहोर्ने र २० प्रतिशत रकम विरामीले तिर्नु पर्ने हुन्छ । भर्ना भई उपचार गर्दा पनि यस्तै गरी भुक्तानी गर्नु पर्दछ ।

यसलाई थप सहज पारी विरामीले भुक्तानी गर्नु पर्ने सह भुक्तानी समेत मिनाह गर्ने निर्णय गरी कोषमा आवद्ध विभिन्न रोजगारदाता संघ संस्थासँग सहकार्य गर्दै आएको नोवेलले दाबी गरेको छ ।

सह भुक्तानी पनि तिर्न नपर्ने भए पछि विरामीहरुलाई उपचार प्राप्त गर्न सहज हुने नोवेलका जनसम्पर्क अधिकृत नविन दाहालले बताएका छन् । उनका अनुसार विरामीको सुविधाका लागि पर्याप्त मात्रामा नाम दर्ता र विलिङ्ग काउण्टरहरूको व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा कोषको प्रावधान अनुसार नियमित योगदानकर्ता र उनको श्रीमान वा श्रीमतीलाई बहिरङ्ग विभागमा बार्षिक २५ हजार सम्मको र भर्ना भई उपचार गराउँदा १ लाख सम्मको उपचार सुविधा उपलव्ध हुन्छ जसमा २० प्रतिशत सह भुक्तानी रकम विरामीले ब्यहोर्नु पर्दछ ।

कार्यस्थलमा वा कार्यको सिलसिलामा दुर्घटना पर्दा कोषबाटै सम्पूर्ण उपचार खर्च प्राप्त हुन्छ भने अन्य अवस्थामा दुर्घटना हुँदा ७ लाख सम्मको उपचार सहुलियत प्राप्त हुने गरेको छ ।

नोवेलले सह भुक्तानी मिनाह गरेको र दुर्घटना भई आकस्मिक उपचारकालागि आउने विरामीलाई छिटोछरितो उपचारको लागि सहजकर्ताको व्यवस्था गरिएको अस्पताल निर्देशक डा. राजेश नेपालले जानकारी दिएका छन् ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top