×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

युरोपलाई अमेरिकाबाट अलग गर्न जर्मनीको जोड

१२ फाल्गुन २०८१

१२ फागुन, विराटनगर।

जर्मनीमा आइतबार सम्पन्न चुनाव जितेपछि कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मर्जले युरोपेली देशहरूलाई अमेरिकासँग सचेत रहन चेतावनी दिएका छन् । साथै अब युरोप अमेरिकाबाट अलग हुनु पर्नेमा पनि जोड दिएका छन् ।

Advertisement
Advertisement

यस्तै युक्रेनलाई थप बलकासाथ संगै उभिने प्रतिबद्धता जनाएका छन् । जर्मनीमा निर्वाचन जित्दै कन्जरभेटिभ सीडीयू पार्टी संसद्मा सबैभन्दा ठूलो दल बनेको छ । यससंगै उसका नेता फ्रेडरिक मर्ज नयाँ चान्सलर बन्ने तयारीमा छन् ।

उनले अमेरिका युरोपको भविष्यका लागि ‘धेरै परिवर्तन’ भइसकेको बताउँदै अब युरोप यसबाट अलग हुनुपर्ने बताएका हुन् । उनले आइतबारको चुनावमा अमेरिकी अधिकारीहरूले हस्तक्षेप गरेको आरोप लगाउँदै आलोचना पनि गरेका छन् ।

चुनाव ट्रम्प प्रशासन र इलोन मस्कले अति–दक्षिणपन्थी पार्टी एएफडीलाई समर्थन गरेका थिए । यस्तै रुस–युक्रेन युद्धको तीन वर्ष पूरा भएको अवसरमा पनि फ्रेडरिक मर्जले प्रतिक्रिया दिए । उनले भनेका छन्, ‘युरोपमा तीन वर्षको युद्धका क्रममा हामीले विनाश र युद्ध अपराधका भयानक दृश्य देखेका छौँ ।

अब हामीले युक्रेनलाई पहिलेभन्दा बढी बल दिन आवश्यक छ । शान्तिका लागि आक्रमणमा परेको देश शान्ति वार्ताको हिस्सा हुन जरुरी छ।’ आइतवार भएको मतदानमा कन्जर्भेटिभ पार्टीले २८.५२ प्रतिशत मत ल्याई कूल ६३० सिटमध्ये २०८ सीट जितेको छ ।

क्रिश्चयन डेमोक्र्याट्स (सीडीयू) सबैभन्दा ठूलो दल बने पनि उक्त दलले अपेक्षा गरिएको अर्थात् ३० प्रतिशतभन्दा कम मत पाएको हो । यससँगै नयाँ सरकार बनाउन होमवर्क सुरु भएको छ । मर्जले यो निर्वाचनबाट कम्तीमा दुई वटा दलबीचको गठबन्धनबाट सरकार बन्न सक्ने गरी स्पष्ट जनादेश दिन मतदाताहरूलाई आह्वान गरेका थिए ।

त्यसले आफूलाई देशले सामना गरिरहेका समस्या समाधान गर्न सक्षम बनाउने उनको चुनावी वाचा थियो । मर्जको पार्टीले एएफडीसँग गठबन्धन नगर्ने बताउँदै आएको छ । मर्जले गठबन्धन गर्ने सम्भावना देखिएको सोशल डेमोक्र्याटले सबैभन्दा खराब नतिजा बेहोरेको छ ।

उक्त दलले १६.४ प्रतिशत मात्रै मत पाएको छ । सरकारबाट बाहिरिन लागेका चान्सलर ओलाफ स्कोल्जले निर्वाचन परिणामले पार्टीको नराम्रो हार देखाएको बताउँदै गठबन्धन सरकार बनाउने वार्तामा आफू सहभागी नहुने बताए ।

यसअघि सीडीयूको कमजोर प्रदर्शनका कारण दुई वटा दलको मात्रै गठबन्धन सरकार बन्नेमा आशङ्का गरिएको थियो । जर्मनीमा चार वर्षसम्म तीन वटा पार्टीको गठबन्धनले सरकार चलाएको थियो। मर्जको दलका लागि अर्को भरपर्दो साझेदार ग्रीन्स हो तर उक्त दलका प्रमुखलाई मर्जले मतदानअघि नै ‘हिट पम्प’का प्रतिनिधि भनेर खिल्ली उडाएका थिए ।

१९५५ को नोभेम्बर ११ मा जर्मनीको ब्रिलोन शहरमा जन्मिएका मर्ज परिवारिक पृष्ठभूमि कानून हो । कानूनको पढाई गरेका मर्जले १९८१ मा चार्लाेट मर्जसँग विवाह गरेका छन् । चार्लोट पेशाले न्यायाधीश हुन् ।

मर्ज १९८९ मा युरोपेली संसदमा निर्वाचित भएका थिए । १९९४ मा जर्मन संसद, बुन्डेस्ट्यागको चुनाव जिते । २००० मा सीडीयू पार्टीको संसदीय नेता बने, तर २००२ मा एन्जेला मर्केललाई पद हस्तान्तरण गर्नुपर्यो ।

२००५ मा सीडीयू र एसपीडीले गठबन्धन सरकार बनाएपछि उनी राजनीतिमा सीमान्तकृत भए । त्यसपछि २००९ मा सक्रिय राजनीति छोडेर कानून र वित्तमा करियर बनाए । २०१८ मा मर्ज पुनः राजनीतिमा फर्किए । एन्जेला मर्केलले अवकाशको घोषणा गरेपछि उनी राजनीतिमा फर्किए ।

तर सीडीयूको अध्यक्षको चुनाव हारे । २०२० मा फेरि पार्टी अध्यक्षमा लडे । तर यस पटक पार्टीले आर्मिन लास्चेटलाई रोज्यो । २०२१ मा तेस्रो पटक चुनाव लडे र संसदमा फर्किए, तर पार्टीले चुनाव हार्यो । २०२२ मा फ्रेडरिक मर्ज सीडीयूको को राष्ट्रिय अध्यक्ष बने ।

फ्रेडरिक मर्जले अवैध आप्रवासीहरूमाथि कठोर अडान राख्छन् । उनी जर्मनीको अर्थतन्त्रलाई बलियो बनाउनमा जोड दिइरहेका छन् । तर अब उनको सबैभन्दा ठूलो चुनौती जर्मनीमा सत्ता सम्हाल्न गठबन्धन सरकार गठन गर्नु हुनेछ ।

उनको फिर्तीसँगै, दोस्रो विश्वयुद्धपछि पहिलो पटक जर्मनीमा अतिवादी दक्षिणपन्थी पार्टी सत्तामा आउँदैछ । हाल ६९ वर्षका मेट्र्स यसअघि कहिल्यै मन्त्री भएका छैनन् । तर उनले युरोपमा बलियो नेतृत्व दिने वाचा गरेका छन् ।

आफ्नो सैन्य बजेट कटौती गर्नुपर्ने आन्तरिक दबावबीच उनले युक्रेनलाई सहयोग बढाउने वाचा पनि गरेका छन् । जर्मनी युक्रेनमा दोस्रो धेरै सैन्य सहयोग गर्ने देश हो । यो देशको अबको नेतृत्वले रुसविरुद्धको लडाइँमा पश्चिमा शक्तिहरूको विभाजनसँगै युक्रेनी राष्ट्रपतिलाई निरङ्कुश भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सामना गर्नुपर्ने छ ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स र अर्बपति इलोन मस्कले एफडीकी नेतृत्वलाई खुलेर समर्थन गरेपछि त्यसले कैयौँ जर्मनहरूलाई चकित तुल्याएको थियो । यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेट्र्सको जितलाई स्वागत गरेका छन् ।

युरोपेली देशहरूले पनि मेट्र्सको जितलाई स्वागत गरेका छन् । यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरले दुवै देशको सुरक्षा बनाउन मेट्र्ससँग सहकार्य हुने अपेक्षा गरेका छन् । फ्रान्सका राष्ट्रपति एमानुएल माँक्रोले विश्व र आफ्नो महादेशले सामना गरिरहेको चुनौतीविरुद्ध एक हुन आह्वान गरेका छन् ।

यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला ।

Advertisement
Advertisement

तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top