मेलम्चीको पानीः पहिला आउनै सपना, अहिले आएदिन समस्या

१९ फागुन ८१, मंगलबार

२० फागुन ,काठमाण्डौ ।

काठमाडौँबासीका लागि वर्षौंसम्म पानीको प्यास मेटाउने सपना बनेको मेलम्चीको पानी अहिले भने विपनामा त्रास झैं बन्न पुगेको छ । कहिले मेलम्चीको पानीले यो शहरका सडकहरु जलमग्न हुनेगरेका छन् भने कहिले ठूला ठूला भ्वाङ पर्न थालेका छन् ।

मेलम्चीको पानीकै कारण सडकहरु भत्किएका छन्, भने आवतजावत अवरुद्ध हुने गरेका छन् । केही समयअघि बिजुलीबजार–बबरमहल सडकखण्डमा मेलम्चीको पाइप फुटेर डुबानमा पारेको थियो भने अहिले फेरि थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको छ ।

Advertisement

आज बिहान थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो । पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडकपेटीमा पनि क्षति पुगेको छ ।

सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन् । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको थियो । सडकसमेत अवरुद्ध भयो । वरपरका पसलहरुमा पानीको भेल पसेको छ। सो क्षेत्रमा रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरु छन् ।

केही पसल र रेष्टुरेन्टहरुमा भेल पसेर जलमग्न भए । घरका भुइँतला डुबानमा परेका थिए । आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको बताइएको छ । पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन ।

यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो । त्यतिबेला सो क्षेत्रमा रहेका वन कार्यालय अदालत लगायतका सरकारी कार्यालयहरु जलमग्न भएका थिए ।

अदालतको इजलास नै स्थगित गर्नुपरेको थियो । बबरमहल क्षेत्रको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको भूमिगत तार बिछ्याउने क्रममा मेलम्चीको ठूलो पाइपमा क्षति पुगेको थियो । अर्को दिन नै पाइप मर्मत गरिएको थियो ।

त्यस घटनालाई लिएर विद्युत प्राधिकरणले माफी मागेको थियो । आज फेरि थापाथली क्षेत्रमा मेलम्चीकै पाइप फुटेको छ तर यहाँ पाइप फुट्नुको कारण भने खुलिसकेको छैन । यद्यपि अहिले सडक सफा गरिएको छ ।

सडक, रेष्टुरेन्ट, औषधि र फलफूल पसलमा पसेको पानी हटाइएको छ । डोजरकै प्रयोग गरेर त्यहाँ जम्मा भएका ढुंगा र गिट्टी हटाइएको छ । यससँगै अवरुद्ध भएको सडक पनि सञ्चालनमा आएको छ । यसरी पटक पटक राजधानी काठमाडौंको सडकमा ‘अन्डरग्राउन्ड’ गरिएको मेलम्चीको पाइप फुट्दा काठमाडौंबासीले सास्ती खेपिरहेका छन् ।

पटक–पटक मेलम्चीको पाइप फुटेर आफूहरूलाई सास्ती दिएपनि यस विषयमा सम्बन्धित निकायले विशेष चासो दिएर दीर्घकालीन समाधान खोज्न नसक्दा आफूहरूलाई झनै सास्ती भएको त्यहाँ आसपासका बासिन्दा एवम् व्यापारीहरूको गुनासो छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top