×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

पर्यटन दूत बने विश्व विजेता बुफोन,अब के काम गर्छन ?

२० फाल्गुन २०८१

२० फागुन , काठमाण्डौ ।

विश्व फुटबल जगतका लिजेण्ड इटालियन फुटबल स्टार जियानलुइगी बुफोनलाई सन् २०२५ को लागि नेपाल सरकारले पर्यटन दूत नियुक्त गरेको छ । केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रूपमा नेपाल आएका बुफोनलाई सरकारले सन् २०२५ को पर्यटन प्रवद्र्धनको लागि पर्यटन राजदूत नियुक्त गरेको हो ।

Advertisement
Advertisement

केपी ओली कपको फाइनल पछि भएको पुरस्कार वितरण समारोहमा बुफोनलाई पर्यटन राजदूत नियुक्त गरिएको घोषणा गरिएको थियो । सन् २००६ मा इटालीलाई विश्वकप जिताउँदाका गोलरक्षक बुफेनलाई पर्यटन राजदूत घोषणा गर्नुले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजक राष्ट्रिय युवा संघ नेपालले गरेको छ ।

तेस्रो संस्करणको प्रतियोगिताको फाइनलमा आइपुगेका बुफोनलाई हेर्न काठमाडौँको दशरथ रंगशाला भरिभराउ भएको थियो । पत्नीसहित नेपाल आएका बुफोनले नेपाल आएलगत्तै बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

नेपाल सरकारले बुफोनलाई सन् २०२५ का लागि पर्यटन दूत नियुक्त गरेपछि अब उनले नेपाल पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधि गर्नेछन्। बुफोनले आफ्नो लोकप्रियता र प्रभावशाली छवि प्रयोग गर्दै नेपाललाई एक उत्कृष्ट पर्यटन गन्तव्य का रूपमा प्रचार गर्नेछन्।

विशेषगरी, उनले युरोप, इटाली र फुटबलप्रेमी मुलुकहरूमा नेपाल भ्रमणको सन्देश फैलाउने काम गर्नेछन्। नेपाल पर्यटन बोर्ड तथा अन्य सरकारी संस्थाहरूले तयार पार्ने प्रचार सामग्री, भिडियो, विज्ञापन र क्याम्पेनहरूमा बुफोनको सहभागिता रहन सक्नेछ ।

सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियाहरूमा नेपाल भ्रमणलाई उनले बढावा दिनेछन् । उनले उनले नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, संस्कृति र साहसिक पर्यटनका विशेषताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा उठान गर्ने छन्।

बुफोनजस्तो विश्व प्रसिद्ध खेलाडीलाई पर्यटन दूत नियुक्त गर्नु नेपालका लागि ठूलो अवसर हो। यो निर्णयले युरोपेली पर्यटक भित्र्याउने, खेल पर्यटनलाई प्रवद्र्धन गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा अझ परिचित गराउने विश्वास गरिएको छ।

सन् २००६ को फिफा विश्वकप विजेता बुफोन इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटालीका लागि कीर्तिमानी १७६ खेल खेलेका छन् । इटालीबाट ८० खेलमा कप्तानीसमेत गरेका उनले ५ वटा विश्वकप खेलेका थिए ।

हाल ४७ वर्ष पुगेका बुफोनले १० पटकका इटालियन सिरी ‘ए’को उपाधि जितेका छन् । सन् २०१८ मा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । व्यावसायिक खेल जीवन भने उनले सन् २०२३ मा सकेका थिए ।

बुफोन विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक हुन् । बुफोन इटालीको टस्क्यानीमा सन् १९७८ को जनवरी २८ मा जन्मिएका थिए । उनको परिवार नै इटालीका खेल क्षेत्रमा थियो । बुबा एड्रआनो भारत्तोलनमा थिए ।

आमा मारिया स्टेला डिस्क थ्रोअर र उनका दुई दिदी भेरोनिका र ग्युअनडालिना इटालियन भलिबल टोलीमा थिए । १३ वर्षको उमेरमा उनले मिडफल्डरका रूपमा पार्माबाट खेलेका थिए । सन् १९९५ सम्म उनी मिडफिल्डरकै रूपमा रहे ।

त्यसपछि उनले आफ्नो भूमिका परिवर्तन गर्दै गोलकिपर बने । पार्माबाट गोलकिपरका रूपमा उनले दुई सयभन्दा बढी खेल खेलेका थिए । पार्माबाट उनले ‘सिरी ए गोलकिपर अफ द इयर’को उपाधि दुईपटक पाए ।

यस्तै, २३ वर्षमुनिका खेलाडीहरूलाई युरोपमा दिइने ‘ब्राभो अवार्ड’ पनि उनले पाएका थिए । युवा संघ नेपालका अनुसार १ लाख डलर अर्थात नेपाली १ करोड ३८ लाखसम्ममा नेपाल आउन उनी राजी भएका हुन् ।

बुफोनलाई नेपाल ल्याउन हवाइ टिकट तथा बस्ने खर्चसहित करिब डेढ करोड रूपैयाँ खर्च हुनेछ । युवा संघ नेपालका सचिव निरोज पौडेलका अनुशार बुफोनले माउन्टेन फ्लाइटमार्फत सगरमाथाको अवलोकन गर्नेछन् भने समय मिलेसम्म लुम्बिनी र पोखराको भ्रमण पनि गराउने तयारी छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top