×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

२० फाल्गुन २०८१

२० फागुन ,एजेन्सी ।
अमेरिकाको तमाम प्रयासहरुका बावजुद इरानले आफ्नो शक्ति बढाइरहेको छ । पछिल्ला वर्षहरुमा अमेरिका र इजरायल मिलेर इरानका सहयोगी समूहहरु हमास, हिजबुल्लादेखि हुथीसम्मको ढाड भाँचिदिएका छन् ।

यसको बावजुद इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कप्र्स (आईआरजीसी) अमेरिकाविरुद्ध आफ्नो शक्ति बढाउन लागि परेको छ । आईआरजीसीको भनाइ छ कि उसको नयाँ बम्बर ड्रोन रनवेबाट टेकअफ र क्यारियर प्लेटफार्मबाट उडान टेस्टिंग गरिरहेको छ।

Advertisement
Advertisement

ईरानलाई विश्वास छ कि छिटै नै यो ड्रोन संचालनमा आउने छ । आईआरजीसीसंग जोडिएको तस्नीम वेबसाइटका अनुसार आईआरजीसी नेवी कमाण्डर अलीरेजा तन्गसिरीले भने, ‘जास ३१३ ले आफ्नो हाई स्पीड र उन्नत विशेषताहरुका साथ आफ्नो मिशनहरुलाई प्रभावकारी ढंगले पुरा गर्नेछ ।

यसमा टर्बोफ्यान इन्जीन लागेको छ । उनले भने, यो ड्रोनले एक घण्टासम्म उडान भर्न सक्छ र यसलाई फेब्रुअरी शुरुवातमा ड्रोन क्यारियर जहाज शाहिद बघेरीमा सफलतापूर्वक टेस्ट गरिएको थियो ।

गत साता अमेरिकी ट्रेजरी विभागले हङकङ र चीनको ६ संस्थाहरुमा प्रतिबंध लगाएको थियो जसले ईरानले बनाइरहेको ड्रोनका लागि आवश्यक उपकरणहरुको खरिदमा सहयोग गरिरहेका थिए ।

नयाँ प्रतिबन्धमा परेका ती संस्थाहरु ईरानको ड्रोन प्रोग्रामका लागि पश्चिमी प्रविधिहरुको करोडौं डलरको खरीदका लागि सहयोग गरिरहेका थिए । अमेरिकाका तर्फबाट यो ईरानमाथि ‘अधिकतम दबाव’ बढाउने अभियानकै एक हिस्सा थियो ।

तर अमेरिकी दबावको बावजूद ईरान ड्रोन बनाउनमा सफल रह्यो । तंगसिरीले भनेका छन् कि जास–३१३ ड्रोनलाई दोहोरो भूमिकाहरुका लागि डिजाइन गरिएको छ । टोही अभियानहरुका साथै यसले सटीक हमला गर्न पनि सक्छ ।

ईरानले आफ्ना ड्रोन फ्लिटहरु पनि लगातार विस्तार गरिरहेको छ । ईरानी अधिकारीहरुको भनाइ छ कि ड्रोन डेभलपमेन्ट देशको रक्षा रणनीतिको एक महत्वपूर्ण स्तंभ हो, तर ईरानको बढ्दो ड्रोन क्षमताबाट पश्चिमी देशहरुको चिन्ता बढेको छ ।

यसलाई मिडिल ईस्टको स्थिरताका लागि खतरा पनि मानिएको छ । जास ३१३ को नाम ईरानको काहेर ३१३ फाइटर जेट प्रोजेक्टसंग मिल्दोजुल्दो छ ।

ईरान इंटरनेशनलको रिपोर्टका अनुसार ईरानी स्रोतहरुले भनेका छन् कि यो एक अलग प्रोग्राम हो, जसको उद्देश्य नौसैनिक विमानलाई बलियो बनाउनु रहेको छ ।

पश्चिमी शक्तिहरु ईरानलाई ड्रोन र मिसाइल दिइरहेको रुसमाथि आरोप लगाइरहेका छन् । जसको प्रयोग यूक्रेनमा हमलाका लागि गरिएको थियो ।

यसैकारण यो ड्रोन डेभलपमेन्टले अमेरिका र पश्चिमी देशहरुको चिन्ता बढ्ने कारण बनेको छ । इरानी हतियार विकासले चिन्तित रहेको अमेरिका यता हतियारकै लागि अफगानिस्तानसंग पनि नयाँ तनावमा भिडेको छ ।

डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाका तर्फबाट छाडिएका हतियारहरु फिर्ता गर्न दबाव बढाएका छन । उनले भनेका छन् कि तालिबानले अमेरिकाको १०० मिलियन डलरका हतियारहरु फिर्ता गरोस् नत्र त्यसको अंजाम भोग्नका लागि तयार बसोस् ।

ट्रम्पको धम्कीको जवाफमा यता तालिबानले पनि कडा चुनौती दिएको छ । उसले भनेको छ कि अमेरिकाले अफगानिस्तानमा छाडिएका हतियारहरु फिर्ता मागिरहेको छ यसको बदलामा हामी उसंग २० वर्ष युद्धमा फसाइएकोमा मुआब्जा मागिरहेका छौं ।

अफगानिस्तानको भनाइ छ कि सन २००१ देखि २०२१ सम्म अमेरिकाले अफगानिस्तानमा लगातार युद्ध गराइरह्यो । जसका कारण अफगानिस्तानलाई मानवीय आर्थिक सामाजिक र पर्यावरणीय स्तरमा निकै धेरै हानी पुगेको छ ।

यदी अमेरिका हतियारहरु फिर्ता चाहान्छ भने उसले पनि ती २० वर्षहरुमा भएका युद्धको मुआब्जा दिनुपर्छ । यहाँ रोचक के छ भने तालिबानका समर्थकहरुले पनि सोशल मीडियामा यसका लागि बकैदा एक लिस्ट पनि जारी गरेका छन्, जसमा मुआब्जाको पुरा हिसाब–किताब गरिएको छ ।

जस्तो कि २० वर्षको युद्धको क्रममा ७० हजारभन्दा धेरै नागरिकहरुको र ८० हजारभन्दा धेरै अफगान सैनिकहरुको ज्यान गएको छ । अमेरिकी नेतृत्व रहेको बमबारी र युद्धहरुका कारण ५ लाख भन्दा धेरै मानिसहरु स्थाई रूपले विकलांग वा अपांग भएका छन् ।

प्रति नागरिक जीवनको क्षतिमा एक मिलियन डलरका दरले अमेरिकामाथि ७० बिलियन डलरभन्दा धेरै बक्यौता रहेको छ । कुल अनुमानित मानव मुआब्जा बक्यौता ३२० बिलियन डलरभन्दा धेरै हुने उनहरुले हिसाब निकालेका छन् ।

यसै प्रकार प्राकृतिक स्रोतहरु, खनिजहरुको चोरी र पर्यावरण विनाशको बिल पनि तालिबानले तैयार पारेको छ । अमेरिका र उसका सहयोगीहरुले अफगानिस्तानबाट लिथियमसहित रेयर अर्थ मिनरल निकालेर लगे, जसको मूल्य ३ ट्रिलियन डलर थियो ।

युद्ध गतिविधीहरुले लाखौं हेक्टर वन नष्ट भएका छन । यसका लागि पनि कयौं बिलियन डलरको माग तालिबानका तर्फबाट गरिएको छ । यसको अलावा युद्धका क्रममा सिंगो अफगानिस्तानलाई तहस–नहस बनाइयो ।

यहाँका आधारभूत पूर्वाधारहरु पुननिर्माणका लागि साढे तीन सय बिलियन डलर भन्दा धेरैको माग उनीहरुले गरेका छन् । यदी अमेरिकाले अफगानिस्तानका यी मागहरु पुरा गर्ने हो भने त अमेरिका नै कंगाल हुनसक्छ ।

Advertisement

यस्तोमा अफगानिस्तानी तालिबानले स्पष्ट भनेको छ कि अमेरिकाले ती हतियार बिर्सिनु । नत्र हिम्मत छ भने काबुलमा लिन आउनु । वा २० वर्षको युद्धको हिसाब दिनु अनि हतियार लैजानु । यूक्रेनका राष्ट्रपतिको जवाफले रन्थनिएको अमेरिका अब तालिबानको यो चुनौतीले झनै आगो भएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top