NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

आज पनि १० नेपालीलाई ट्रम्पले फिर्ता पठाए

बुधबार फाल्गुन २१ , २०८१
Reading Time: 1 min read
A A
१०४ भारतीयलाई अमेरिकी सैन्य विमानले अमृतसरमा झारिदियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ फागुन , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले आज पनि १० नेपालीलाई नेपाल पठाएको छ । आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले १० नेपालीलाई आज चार्टर विमानबाट नेपाल पठाएको हो ।

ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ । अमेरिकी वायुसेवा कम्पनीको ग्रिफोन एयरको सानो विमानबाट आज नेपालीहरुलाई ल्याइएको हो ।

LS Auto

चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको हो । अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आएको हो ।

ट्रम्प प्रशासनले यसअघि २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ । आज काठमाडौं आएको चार्टर विमान बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कनेछ । उक्त विमान ६ जना यात्रु लिएर अमेरिका फर्कने अध्यागमनका एक अधिकारीले बताए ।

माघ ७ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ । अध्यागमनसम्बन्धी अमेरिकी निकाय ‘इमिग्रेसन एन्ड कस्टम इनफोर्समेन्ट’ (आइस) ले जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली फर्काइसकेको छ ।

आइसले तीन नेपालीलाई भने पानामा डिपोर्ट गरिएको जनाएको छ । तर उनीहरूलाई पानामा पु¥याउनुको कारण खुलेको छैन । कागजातबिहीन विदेशीलाई आइसका अधिकारीले उनीहरूकै देशमा लगेर छाड्ने गरेका छन् ।

‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ का अनुसार तत्कालीन राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली बिनाभिसा अमेरिका छिरेका थिए । तीमध्ये २ हजार ८ जना आइसको हिरासतमा परेका थिए ।

अमेरिकाले पहिलो चरणमा १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । सूचीमा १ हजार ३ सय ६५ जना नेपाली छन् । ‘प्यु रिसर्च सेन्टर’ को रिपोर्टअनुसार अमेरिकामा हाल आधिकारिक कागजातविहीन आप्रवासी करिब १ करोड १० लाख छन् ।

तीमध्ये सबैभन्दा बढी मेक्सिकोका ४० लाख छन् । दोस्रोमा एल साल्भाडोरका ७ लाख ५० हजार छन् । तेस्रोमा भारतका ७ लाख २५ हजार जना छन् । त्यस्तै ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन् ।

अमेरिकामा रहेका आधिकारिक कागजातविहीन नेपालीको संख्या भने यकिन छैन । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै आफ्नो दोस्रो कार्यकालको उद्घाटन भाषण सुरु गरेका छन् ।

निर्धारित समयभन्दा केही ढिला सुरु भएको यो सम्बोधनमा उनले ‘अमेरिका फिर्ता आएको छ’ भन्ने तीन शब्दको शक्तिशाली सन्देशसहित आफ्नो भाषणको थालनी गरेका छन् । उनले भने, ‘छ हप्ता अघि, मैले यो क्यापिटलको गुम्बजमुनि उभिएर (अमेरिकाको स्वर्ण युगको बिहानी) घोषणा गरें । त्यस क्षणदेखि, हाम्रो देशको इतिहासको सबैभन्दा ठूलो र सबैभन्दा सफल युगको सुरुवात गर्न द्रुत र अथक कार्य बाहेक अरू केही भएको छैन।’

राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनमा विश्वमा अमेरिकाको भूमिकालाई परिवर्तन गरेको कुरालाई जोड दिए । उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूलाई भ्रष्टको संज्ञा दिँदै ती संस्थाबाट अमेरिकालाई अलग गरेको निर्णयको स्मरण गराए ।

साथै, उनले विश्वभर अमेरिकाले दिँदै आएको आर्थिक र मानवीय सहायतालाई रोकेको कुरा पनि उल्लेख गरे। ‘हामीले हाम्रा करदाताको पैसा अनावश्यक ठाउँमा खर्च गर्नुको सट्टा अमेरिकी जनताको हितमा लगानी गर्नेछौं,’ उनले थपे।

त्यस्तै, उनले अंग्रेजीलाई अमेरिकाको आधिकारिक राष्ट्रभाषा घोषणा गरेको निर्णयलाई पनि सम्बोधनमा समेटेका छन्। ट्रम्पले आफ्नो प्रशासनले हालसम्म गरेका कामहरूलाई उल्लेख गर्दै भने, ‘धेरैजसो प्रशासनले चार वर्ष वा आठ वर्षमा हासिल गरेको भन्दा हामीले ४३ दिनमा धेरै उपलब्धि हासिल गरेका छौं। हामी भर्खरै सुरु गर्दैछौं।’

उनले आफ्नो दोस्रो कार्यकालको पहिलो छ हप्तामा कार्यकारी आदेशहरू मार्फत संघीय सरकारको आकार र कार्यक्षेत्रमा ठूलो परिवर्तन ल्याएको, आप्रवासन नीतिमा कडाइ गरेको र व्यापारिक सम्झौताहरूमा नयाँ तरंग ल्याएको दाबी गरे।

विशेषगरी, मेक्सिको, क्यानडा र चीनमाथि लगाइएको नयाँ कर (ट्यारिफ) ले विश्व बजारमा हलचल ल्याएको छ, जसको प्रभाव अमेरिकी अर्थतन्त्रमा पनि देखिन थालेको छ । ट्रम्पको यो सम्बोधनमा चुनावमा देखिएको विजयलाई पनि उल्लेख गरेका छन्।

उनले भने, ‘यो जितले मलाई धेरै दशकहरूमा नदेखिएको जनादेश प्रदान गरेको छ।’ उनको सम्बोधन हुँदै गर्दा तनावपूर्ण वातावरण सिर्जना भएको थियो । टेक्सासका डेमोक्र्याट सांसद अल ग्रीनलाई सम्बोधनको सुरुमै हस्तक्षेप गरेको भन्दै हाउस सभामुख माइक जोन्सनको आदेशमा सभाहलबाट बाहिर निकालिएको थियो ।

ट्रम्पले आफ्नो सम्बोधनमा एलन मस्कको नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डज) को पनि प्रशंसा गरेका छन् । डोजले संघीय कर्मचारीहरूको संख्यामा ठूलो कटौती गरेको छ ।

Tags: #अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प#ट्रम्पले १० नेपालीलाई फिर्ता पठाए

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

विचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.