×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

कोहलीको सानदार इनिङ्सँगै भारत फाइनलमा

२१ फाल्गुन २०८१

२१ फागुन , एजेन्सी ।

दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।

Advertisement
Advertisement

दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो । भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो । शुभमन गिल ८ रनमा र कप्तान रोहित शर्मा २८ रनमा आउट भए ।

पहिलो पावर प्लेमा भारतले २ विकेटको नोक्सानीमा ५५ रन बनाएको थियो । सुरुवात दमदार गर्न नसकेको भारतको लागि विराट कोहली र श्रेयस अयरले तेस्रो विकेटको लागि ९१ रनको साझेदारी गरे । श्रेयस अर्धशतकबाट ५ रनले चुके ।

४५ रन जोडेका उनी एडम जाम्पाद्वारा बोल्ड आउट भए । विराटले भने अर्धशतक बनाए र क्रिजमा टिकिरहे । विराटसँग मिलेर चौथो विकेटको लागि ४४ रनको साझेदारी गरेपछि अक्षर पटेल २७ रनना आउट भए ।

त्यसपछि क्रिजमा जमेका विराटलाई जम्पाले पबिलियनको बाटो देखाइदिए । ९८ बलको सामना गर्दै ५ चौका प्रहार गर्दै ८४ रनको पारी खेले । योसंगै आईसीसीको एकदिवसीय(विश्वकप र च्याम्पियन्स ट्रफी) दुवैमा कोहलीले २४ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् ।

उनले भारतका महान् ब्याटर सचिन तेन्दुलल्करको रेकर्ड उछिनेका हुन् । सचिनले २३ पटक यो उपलब्धि हात पारेका थिए । यसैगरी च्याम्पियन्स ट्रफीमा पनि कोहलीले ७ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् ।

उनले सौरभ गांगुली, राहुल द्रविड र शिखर धवनको ६ पटकको रेकर्ड उछिनेका हुन् । बिराटले च्याम्पियन्स ट्रफीमा आफूले भाग लिएका सबै तीन सेमिफाइनलमा अर्धशतक बनाएका छन् । ती सबै लक्ष्यलाई पछ्याउँदै आएका हुन् ।

उनले यसअघि सन् २०१३ मा श्रीलंकाविरुद्ध ५८ रन तथा सन २०१७ मा बंगलादेशविरुद्ध ९६ रन बनाएका थिए । बिराट र अष्ट्रेलियाका स्टिभ स्मिथले आईसीसी प्रतियोगिताको नकआउट चरणमा ५ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् ।

यस मामिलामा सचिन तेन्दुल्कर मात्र उनीहरुभन्दा अघि रहेका छन्, जसले ६ पटक ५० वा सोभन्दा माथिको रन बनाएका छन् । यता मंगलबारको खेलमा बिराट आउट हुँदा भारतले ४२.२ ओभरमा २ सय २५ रन बनाएको थियो ।

त्यसपछि हार्दिक पाण्ड्या र के एल राहुलले भारतलाई जिततर्फ डोर्याए । २४ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै हार्दिकले २८ रनको महत्वपुर्ण योगदान दिए । केएल राहुलले अविजित ४२ रनको उत्कृष्ट पारी खेले ।

उनले ३४ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । बलिङमा एडम जाम्पा र नथान इलिसले समान २ विकेट लिए । यस्तै बेन ड्वारसेस र कुपर कनोलीले समान १ विकेट झारे । त्यसअघि टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो ।

४९.३ ओभर सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो । अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए । दोस्रो विकेटको रूपमा ट्राभिस हेड ३९ रनमा वरूण चक्रवर्तीको बलमा शुभमन गीलको बलमा क्याच आउट भए ।

त्यसपछि कप्तान स्टेभन स्मिथ र मार्नस लाबुसेनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे । मार्नस २९ रनमा आउट भए । लगत्तै जोस इङ्लिस ११ रनमा आउट भए । त्यसपछि स्मिथले फेरि एलेक्स क्यारीसँग ५४ रनको साझेदारी गरे ।

उनी ७३ रन जोडेर मोहम्मद सामीको बलमा बोल्ड आउट भए । त्यसपछि अर्धशतक बनाएका एलेक्स ६१ रन जोड्दै रन आउट भए । उनले ५७ बलको सामाना गर्दै ८ चौका र १ छक्का सहित ६१ रनको पारी खेले ।

बलिङमा मोहम्मद सामीले १० ओभरमा ४८ रन दिएर ३ विकेट झारे । वरूण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ विकेट लिए । आज हुने दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

भारतले यी दुईको विजेतासँग उपाधिको लागि खेल्नेछ । यो खेल पाकिस्तानको लाहोरमा दिउँसो पौने तीन बजे शुरू हुनेछ । न्युजिल्यान्ड समूह ‘ए’ को उपविजेता र दक्षिण अफ्रिका समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । फाइनल खेल आइतबार दुबईमा हुनेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top