NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा सोमवार कार्तिक ३ , २०८२
सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो.. सोमवार कार्तिक ३ , २०८२
जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए सोमवार कार्तिक ३ , २०८२
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

आइतवार फाल्गुन २५ , २०८१
Reading Time: 1 min read
A A
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ फागुन , काठमाण्डौ ।

राजसंस्थाको वकालत गर्नेहरुका कारण नेपालको राजनीतिक परिदृश्य फेरि एकपटक हलचलमय बनेको छ । यही बीचमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

यो भेटवार्तालाई केवल शिष्टाचार भेट मात्र नभएर मुलुकको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र सम्भावित राजनीतिक परिदृश्यबारे रणनीतिक छलफलका रुपमा हेरिएको छ ।

LS Auto

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतलनिवासमा शनिबार साँझ भेट भएको हो । उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

विशेष गरी, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको ’मधेश जागरण अभियान’ एक साताका लागि स्थगित हुनु, अध्यक्ष पुष्पकमल दाहालको आकस्मिक काठमाडौं फिर्ती र सत्ता साझेदार दलहरूसँगको निरन्तर संवादले देशको राजनीतिक अवस्था अस्थिर बन्दै गएको हो कि भन्ने आशंका समेत गरिएको छ ।

राजावादीहरुको सक्रियाताबीच प्रचण्डले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने तयारी गरिरहेको खबरले थप कौतुहलता बढाएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध भइरहेको गतिविधिमाथि प्रश्न उठाउँदै दाहालले प्रमुख दलका नेताहरूसँग संवाद थाल्नु भनेको देशको राजनीतिक स्थिरताको खोजी हो कि आफ्नै शक्ति सन्तुलन मिलाउने प्रयास?

यो प्रश्नको उत्तर आउँदो केही दिनभित्रै स्पष्ट हुनेछ। अहिले गणतन्त्रको विकल्पको रूपमा राजतन्त्र पुनस्र्थापना गर्नुपर्ने बहस एकपटक फेरि सतहमा आएको छ। सडकमा प्रदर्शन हुनेदेखि सामाजिक सञ्जालमा समेत राजसंस्थाको समर्थन बढिरहेको देखिन्छ।

सत्तारूढ दलहरूबीचको असमझदारी, गठबन्धनका घटकहरूबीचको विवाद, र सरकारको अस्थिरताले जनतामा निराशा पैदा गरेको छ। यही निराशालाई केही शक्ति केन्द्रहरूले राजतन्त्रको पुनरागमनको अवसरका रूपमा प्रयोग गर्न खोजिरहेको विश्लेषण गरिन्छ ।

अहिले प्रधानमन्त्री ओली, प्रतिपक्ष दलका नेता प्रचण्ड र प्रमुख सत्तारुढ दलका नेता देउवा गणतन्त्रको सुदृढीकरणका लागि नयाँ सहमति बनाउन खोजिरहेका छन्, वा सत्ता जोगाउने प्रयास मात्र भइरहेको छ? भन्ने चासो पनि बढ्दै गएको छ।

यदि गणतन्त्र असफल भएको दाबी गर्ने समूहहरूलाई यो अस्थिरताले बल पु¥याउने हो भने, त्यसले नयाँ विवाद सिर्जना गर्ने निश्चित छ। गणतन्त्रको स्थायित्वका लागि सत्तारूढ दलहरूबीच स्थिरता आवश्यक छ, तर उनीहरूबीचको मतभेद झनै चर्किएको देखिन्छ।

गणतन्त्रको भविष्य जोगाउन अहिलेका नेताहरूले संकीर्ण सत्ता समीकरणभन्दा माथि उठेर सोच्नुपर्ने बेला आइसकेको छ । यदि सत्ता गठबन्धनले सुशासनको प्रत्याभूति दिन नसके त्यसले गणतन्त्रविरोधी शक्तिहरूलाई बल पु¥याउने छ ।

अहिलेको राजवादीको नाममा भइरहेको यस्तै सक्रियतालाई पनि नेपाली कांग्रेसमा प्रभावशाली नेता शेखर कोइरालाले सरकारप्रति जनताको असन्तुष्टिलाई जोडेर हेर्ने गरेका छन् ।
राजावादीहरुको सक्रियतापछि दुई विपरित कित्तामा रहेका प्रमुख तीन दलका शीर्ष नेता एकठाउँ उभिएका छन् ।

प्रधानमन्त्री ओलीसहित प्रचण्डले नै पूर्वराजालाई दल खोलेर निर्वाचनमा होमिन सुझाव दिँदै संवैधानिक रुपमा चल्न चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चेतावनी दिँदै भनेका छन्, ‘जनताले उदारतापूर्वक कारबाही गर्नुको सट्टा आरामसित बस्न दिएको हो। उदारतालाई राजाले कमजोरी ठानेको हो भने पार्टी खोलेर चुनाव लड्न आए हुन्छ। जबर्जस्ती गर्न खोजियो भने त्यो सह्य हुन्न।’

शुक्रबा मात्रै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै राजावादीले अराजकता मच्चाइरहेको टिप्पणी गरेका थिए। ‘केही तत्त्वहरू प्रणाली, संविधान होइन, हाहुका भरमा, अराजकता मच्चाएर सत्ता कब्जा गर्न खोज्दै छन्।

कुन प्रणाली ल्याउन खोजेको हो, स्पष्ट छैन। यो संविधान फालेर कुन संविधान ल्याउने? कस्तो संविधान ल्याउने? राणाशासनतिर फर्कने? पञ्चायततिर फर्कने? कता फर्किने? यो वा त्यो रूपमा जहानियाँ शासनतिर’ उनले भने।

यस्तै गत बिहीबार महोत्तरीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अब राजतन्त्रको कुनै स्थान नभएको बताए। ‘राजाले सत्ता सम्हालेपछि नेताहरूलाई यातना दिने, थुन्ने, जेल हाल्ने अलोकतान्त्रिक हर्कत गरे।

ज्यादती गरेपछि गणतन्त्र आयो’, उनले भने, ‘गणतन्त्र स्थापना हुनुमा राजा स्वयं कारण हुन्।’ यस्तै शनिबारै डोटीमा पत्रकार सम्मेलनमा कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले क्रान्तिबाट फालिएका राजा देशमै बसेको उदाहरण संसारमा कमै भएको उल्लेख गर्दै पूर्वराजा शाहलाई चेतावनी दिए।

‘क्रान्तिबाट फालिएका राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ’, उनले भने, ‘देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्वराजा ज्ञानेन्द्र नागरिकसरह नेपालमै बसेर अधिकार उपभोग गर्न पाइरहेका छन्।’

Tags: #ओली#गणतन्त्रमाथि धावा बोलेपछि#राजसंस्थाको वकालत#राष्ट्रपति–प्रधानमन्त्री भेटदेउवा र प्रचण्ड एक

लोकप्रीय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

विचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

थप समाचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा
अन्तर्राष्ट्रिय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
ताजा समाचार

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..
अन्तर्राष्ट्रिय

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
ताजा समाचार

जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए

सोमवार कार्तिक ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.