×

NEPAL TIMES UPDATES

Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026

राजावादीको प्रदर्शन कुन दलको नजरमा कस्तो ?

२६ फाल्गुन २०८१

२६ फागुन , काठमाण्डौ ।

प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको बक्तव्य र त्यसपछिका राजावादीहरुको प्रदर्शनलाई लिएर सत्तारुढ र प्रतिपक्ष दलका नेताहरुले फाट्फुट प्रतिक्रियाहरु दिइरहेका थिए ।

Advertisement

उनीहरुले यसलाई सामान्य ढंगले लिएको र ज्ञानेन्द्र शाहले पहिला पनि यस्ता अभिब्यक्ति दिने गरेकाले यसलाई चिन्ताको रुपमा लिन नहुने आशय नेताहरुको भनाइमा झल्किन्थ्यो । यसैले त माओवादी अध्यक्ष प्रचण्डले त्यो सन्देश नै अरु कसैले लेखिदिएको र पढ्न लगाएको बताए ।

तर जब आइतबार राजतन्त्र पक्षधरहरुको काठमाडौंमा जनलहर उर्लियो, अब नेतामात्रै होइन दलहरुले संगठनात्मक र सामूहिकरुपमा नै यसमा प्रतिक्रिया जनाउन थालेका छन् । यही विषयलाई लिएर अहिले कांग्रेस एमालेमात्रै होइन माओवादी, नेकपा एस लगायतका दलहरु पनि एकढिक्का जस्ता देखिन थालेका छन् ।

सबैले नै पूर्व राजाले कुचेष्ठा गरेको, राजावादीहरुले राजा फर्किने दिवासपना देखेको भन्न थालेका छन् । साथै उनीहरु सबैले राजालाई चुनावी राजनीतिमा आउन पनि सुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै पूर्वराजालाई राजनीतिमा आउने हो भने वेलकम छ भनेका छन् ।

उनले फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लागेको प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले पूर्वराजाको क्रियाकलापले देश अप्ठ्यारोमा पर्न लागेको पनि बताएका थिए ।

आज पनि ओलीले राप्रपालाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरू नरहेको टिप्पणी गरेका छन् । उनले राजावादीको र्यालीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेको विषयमा कटाक्ष गरेका हुन् ।

यस्ता असंवैधानिक, प्रजातन्त्रविरोधी, पद्धतिविरोधी र प्रणालीविरोधी कुरामा लाग्न आफूहरूलाई फुर्सद नभएको प्रधानमन्त्रीको भनाइ थियो । दरबार हत्याकाण्ड हामीले सम्झेका छौँ। यो बिभत्सतामा आएका संस्थाहरूका समर्थकका क्रियाकलाप यस्तै हुन्छन्’ उनले भनेका छन् ।

ओलीले राजावादीका नाममा सिङ्गै समाजलाई अशोभनीय बनाउने काम भइरहेको जिकिर गरे । उनले राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव दिँदै अस्थिरता र अराजकता फैलाउन नदिइने जिकिर गरे ।

यता ओलीका सत्ता सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवाले भने मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहोल नरहेको दाबी गरेका छन् । देउवाले राजतन्त्रको पक्षमा आइतबार राजधानी काठमाडौँमा राजावादीले हल्ला मात्रै गरेको टिप्पणी गरेका छन् ।

‘मुलुकमा राजतन्त्रको पक्षमा मैले कुनै माहोल देखेको छैन,’ सभापति देउवाले भने, ‘आइतबार भएको हल्ला मात्रै हो। हल्ला गरेर केही हुँदैन।’ आइतबार काठमाडौँमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई हल्ला भन्दै उनले त्यसको कुनै अर्थ नरहेको बताए ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्ष निकालेको छ ।

उसले गणतन्त्रको विरोधमा हुने गतिविधिको सशक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज पनि प्रचण्डको निवास खुमलटारमा पदाधिकारी बैठक बसेको थियो । सो बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ०३७, ०४६, ०६२÷०६३ र ०७७÷०७८ सालका परिवर्तन सम्झिन सुझाएको छ ।

प्राप्त गरेको अधिकार खोस्नेगरी हुने गतिविधिमा जनताको साथ नहुने इतिहास साक्षी रहेको भन्दै माओवादीले निकट विगतको संसद् विघटन गरेपछिको परिस्थितिसम्म सम्झिएर आफ्ना कदम अगाडि बढाउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सन्देश दिएको हो ।

राजतन्त्र पक्षधरहरूले गतिविधि बढाएपछि ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित गरेर माओवादी काठमाडौं केन्द्रित भएको छ । अब राजतन्त्र पक्षधरहरूलाइ सन्देश दिनेगरी काठमाडौंमै प्रदर्शन गर्ने माओवादीको तयारी छ ।

यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूसँग समेत कुरा भइराखेको नेताहरू बताउँछन् । माओवादीले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको पनि निष्कर्ष निकालेको छ ।

आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै अहिले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा नरमाउन पनि उसले आग्रह गरेको छ । जनतालाई भ्रमित पार्ने उद्देश्यतिर केही शक्तिहरू लागेको माओवादीको भनाइ छ ।

यता नेकपा एकीकृत समाजवादीले पनि गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै परिवर्तनको पक्षमा रहेका शक्तिहरू एकताबद्ध भएर बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार बसेको सो पार्टीको सचिवालय बैठकले प्रतिगामी शक्तिहरूको चलखेलको विरोध गर्दै त्यस्ता गतिविधिहरू नेपाली जनताको चाहाना र भावना विपरीत भएको ठहर गरेको छ ।

एकीकृत समाजवादीले प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वहरूले इतिहासमा गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल समेत गरेको छ ।

सचिवालय बैठकले आगामी चैत १ गते वृहत् पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top