×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

रूस–युक्रेन युद्धमा फेरि ढले अर्का नेपाली

२७ फाल्गुन २०८१

२७ फागुन , काठमाण्डौ।

अमेरिकासहित स्वयं युद्धरत देशहरु रुस र युक्रेन पनि शान्ति वार्ताको तयारीमा जुट्दा यता युद्ध मैदानमा भने फेरि अर्का एक नेपाली ढलेका छन् । रोल्पाका एक युवा, जो रोजगारीका लागि अवैध बाटोबाट रुस पुगेका थिए, त्यसै अनुसार रुसी सेनामा भर्ती भए र अन्ततः आफ्नो ज्यान गुमाएका छन् ।

Advertisement
Advertisement

रोल्पाको सुनछहरी गाउँलिका–५ जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको मृत्यु भएको हो । उनी रूस गएको डेढ वर्ष हुँदैथियो । तर यसबीचमा भएको भिडन्तमा उनको मृत्यु भएको खबर परिवारले पायो ।

र सोमबारदेखि काजकिरिया पनि सुरू गरेको उनका दाइ दुर्गा बुढाथोकीले जानकारी दिएका छन् । रूसमा मारिएका तीर्खबहादुर पूर्व वडाध्यक्ष पनि हुन् । जनप्रतिनिधि, जसले नेपालमा आफू र आफ्नो परिवारको भविष्य देखेनन्।

रोजगारीको अभाव, अवसरको संकट र राजनीतिक अस्थिरताले गर्दा नेपाली युवा आफ्नो ज्यानको बाजी राखेर पनि विदेशी सेनाको हिस्सा बन्न बाध्य छन्। युद्धरत देशहरू शान्ति वार्तामा जुटिरहँदा, युद्धभूमिमा नेपालीको बलिदान निरन्तर जारी छ।

२०७४ को स्थानीय तह निर्वाचनमा तीर्खबहादुर एमालेबाट सुनछहरी–५ मा वडाध्यक्ष निर्वाचित भएका थिए । एमाले २०७९ को स्थानीय तह निर्वाचनमा पुनः तिर्खबहादुरलाई नै वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।

त्यतिबेला भने उनी माओवादी केन्द्रका देवीलाल रोकामगरसँग पराजित भएका थिए । तिर्खबहादुरका श्रीमती, एक छोरा र एक छोरी छन् । तिर्खबहादुर फागुन यता परिवारको सम्पर्कमा थिएनन् ।

रूसी सैनिकमा कार्यरत एक जना नेपालीले उनको मृत्यु भएको खबर परिवारलाई दिएका हुन् । उनी २०८० असोजमा रुस हिँडेका थिए । तीर्खबहादुर (तिलक) द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए ।

माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले सोबेला राजीनामा दिन लगाएका थिए । डेढ वर्षअघि भने उनी घरपरिवारलाई थाहै नदिई रुस गएका थिए ।

उनका दाई दुर्गा बुढाथोकीका अनुसार तिलक २०६३÷०६४ को समयमा अवैध तरिकाले इराक जान खोजेका थिए । तर पक्राउ परेर बीचबाटोबाटै फर्किएका थिए । नेपाली सेनाको जागिर छाडिसकेको र वैदेशिक रोजगारीमा जाने प्रयास समेत सफल नभएपछि उनी केही समय तनावमा थिए ।

तर पछि कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरी गाउँमा सक्रिय राजनीति थालेका थिए । एक पटक वडाध्यक्ष भइसकेको उनी ०७९ को चुनावमा प्रतिस्पर्धा पनि गरे तर पराजित भए। उनी माओवादीका देवीलाल रोकामगरसँग पराजित भएका थिए । त्यसपछि उनी रुस हिँडेका थिए ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top