×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

योगीको फोटोले नेपालमा बबाल,भारतमा समाचार

२७ फाल्गुन २०८१

२७ फागुन , काठमाण्डौ।

आइतबार पोखराबाट काठमाडांै आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा राजावादीहरुको प्रदर्शनमा देखिएको योगी आदित्यनाथको फोटोले यतिबेला नेपाली राजनीति तरंगित बनाएको छ । यसैलाई लिएर एमाले र राप्रपाबीच वाकयुद्ध चलिरहेको छ भने, संसदमा पनि यो विषय उठेको छ ।

Advertisement
Advertisement

सांसदहरुले यो विषयलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गरेका छन् । उता भारतीय मिडियाहरुमा पनि उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका बीजेपी नेता योगी आदित्यनाथको फोटो काठमाडौंको प्रदर्शनीमा देखिएको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

योगीको फोटोमा यतिधेरै बबाल हुनु पछाडी भने एमालेका विष्णु रिमाल र राप्रपाका ज्ञानेन्द्र शाहीको जुहारी नै मुख्य कारण हो । सामाजिक संजालमा योगीको फोटोलाई लिएर भएको उनीहरुबीचको वाकयुद्धले भारतीय मिडियाहरुमा समेत स्थान पाएको छ ।

रिमाल र शाहीबीचको जुहारी आइतबार राती देखिनै चलिरहेको छ । यस क्रममा अहिलेसम्मको ताजा जवाफमा रिमालकै जवाफ रहेको छ । शाही कसरी सांसद हुन सफल भए भन्ने विषयमा व्यंग्य गर्दै रिमालले ‘न्युटनका बिरालाको कथा’ सुनाएका छन् ।

आज बिहान शाहीले रिमाललाई वडाध्यक्षमा उठ्ने तयारी गर्न भन्दै कटाक्ष गरेपछि एमाले उपमहासचिव रिमालले पनि जवाफ फर्काएका हुन् । कथा सुनाइसकेपछि रिमालले लेखेका छन्, ‘लोकतन्त्रमा चुनाव, एक हिसाबले ‘न्युटनको बिरालोको दुलो’जस्तै हो। त्यस दुलोबाट सानो वा ठूलो, लुते वा बलियो, फोहरी वा सुग्घरी…जस्ता बिराला पनि छिर्न सक्छन्। राम्राभन्दा राम्रा प्रणालीमा पनि केही न केही छिद्र हुन सक्छन्, यत्ति त बुझ्नपर्छ । भन्न खोजेको यत्ति मात्र हो।’

यसअघि आइतबार राती योगीको तस्बिरलाई रिमालले ‘राष्ट्रवादी महोदयहरूले ¥यालीमा प्रयोग गरेका फोटाहरू’ भन्दै उक्त तस्बिर फेसबुकमा राखेका थिए । त्यसको जवाफमा प्रवक्ता शाहीले रिमाललाई फेसबुकमार्फत भारतका मुख्यमन्त्री आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाए।

शाहीले यस्तो लेखेपछि रिमालले शाहीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत काँक्रा आफूले चोरेर खाने र बियाँ अरूको गालामा टाँस्ने प्रवृत्तिका रूपमा शाहीलाई टिप्पणी गरे । फेरि आज पुनः शाहीले रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिए ।

यसको जवाफमा रिमालले न्युटनको विरालोको कथा सुनाएका हुन् । दुई नेताबीचको यो जुहारीलाई समेट्दै भारतीय मिडियाहरुले खबर प्रकाशित गरेका छन् । लाइभ हिन्दुस्तान डट कमले नेपालको राजनीतिमा गुन्जिन लागे योगी, मच्चियो बबाल शिर्षकमा समाचार छापेको छ ।

जसमा ज्ञानेन्द्र शाहको समर्थनमा निस्किएको प्रदर्शनदेखि योगीको फोटो र यसले नेपाली नेताहरुबीच चलाएको वाकयुद्धलाई समेटेको छ । यस्तै न्युज एट्टिनले पनि नेपालमा हिन्दु राष्ट्र र राजशाहीको पुनरागमनलाई लिएर किन बबाल भयो भन्ने शीर्षकमा समाचार छापेको छ ।

जसभित्र नेपालमा राजसंस्थाको इतिहासदेखि, कसरी अन्त्य भयो, अहिले किन राजासहितको हिन्दुराज्यको माग भइरहेको छ, दलहरुले कसरी लिएका छन् भन्ने विषय उल्लेख छ । यसअघि पनि बीबीसी हिन्दी, अमरउजाला लगायतका थुप्रै भारतीय मिडियाहरुले यसबारे लेखेका छन् ।

यता आज पनि नेपालको संसदमा योगीको फोटोलाई लिएर संसदहरुले प्रश्न उठाएका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधानविरोधी गतिविधि भएको बताएका हुन ।

बर्तौलाले पूर्वराजा शाहको उपस्थितिमा राष्ट्रिय गानको अवमूल्यन भएको बताएका छन् । “उहाँको निर्देशन, उक्साहटबाट संविधानविपरीतका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गानको अवमूल्यन गर्ने खालका संविधानविरोधी क्रियाकलाप भएका छन्,” उनले भने ।

बर्तौलाले आइतबार पूर्वराजा शाह पोखराबाट फर्किने क्रममा काठमाडौंमा भएको ¥यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोस्टर बोक्नु राष्ट्रहितविपरीत भएको पनि बताए । त्यस्ता कार्यलाई सरकारले ’नोटिस’मा राखेर कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ ।

बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि बताए । संग्रहालयमा थन्किएको राजतन्त्रले दिवास्वप्न देख्न आवश्यक नभएको उनको भनाइ छ । योगीको फोटोलाई लिएर प्रधानमन्त्री ओली र माओवादीले पनि टिप्पणी गरेको छ ।

सोमबार प्रधानमन्त्री ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको टिप्पणी गरेका थिए । आदित्यनाथको फोटो प्रयोग भएको प्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा नरहेको टिप्पणी गरेका हुन् ।

उनले राजावादीको जुलुस आफूले गराएको र फोटो पनि आफूले राखेको भन्दै कटाक्ष गरे । यस्तै नेकपा(माओवादी केन्द्र) ले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार योगीको तस्बिर प्रयोगलाई जोडेर भारतको भूमिका बारे आशंका गरेको छ ।

यो विषय माओवादी अध्यक्ष प्रचण्डले पनि आज संसदमा उठाएका छन् । उनले राजावादीको प्रर्दशनमा आदित्यनाथको फोटो देखिएको विषय उल्लेख गर्दै विदेशी शक्तिको भूमिका देखिएपनि उनीहरुले प्रमुख नरहेको भन्दै नेपाली जनता नै सडकमा उत्रिएको भन्दै उनले आफुहरुले त्यसलाई उपेक्षा गर्न नसक्ने बताए ।

यस्तै राजावादीको प्रर्दशनलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि टिप्पणी गरेका छन् । उनले सडकमा देखिएको व्यवस्था विरोधीको प्रर्दशन र त्यही विचार राख्न पाउने कुनैपनि ब्यक्तिको ब्यक्तिगत स्वतन्त्रताको विषय रहेको भन्दै त्यस्ता ब्यक्तिहरुका बारेमा आफूले कुनै टिप्पणी नगर्ने बताए ।

Advertisement

तर लोकतान्त्रिक आन्दोलनका लागि सडकमा उत्रिएका नागरिकहरु नै अहिले असन्तुष्ट रहेकोमा उनीहरुसँग भने संवाद गर्नुपर्ने बताएका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top