×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाकिस्तान रेल हाइज्याक अपडेटः १०४ यात्रुको उद्धार

२८ फाल्गुन २०८१

२८ फागुन ,एजेन्सी ।

पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ । मंगलबार हतियारधारी समूहले आक्रमण गरी रेलका यात्रुहरुलाई अपहरण गरी बन्धक बनाएका थिए ।

Advertisement
Advertisement

यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी (बीएलए)ले लिएको छ । बीबीसीका अनुसार क्वेटा शहरबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसको रेलका यात्रीहरु हतियारधारी समूहको निशानामा परेका थिए ।

पाकिस्तानका गृहराज्यमन्त्री तलाल चौधरीका अनुसार जाफर एक्सप्रेसका धेरैजसो यात्रीहरुलाई रेलबाट ओरालेर पहाडी इलाकामा लगिएको थियो । लगत्तै सेनासहितको टोली उद्धारका लागि परिचालित भएको थियो ।

त्यसक्रममा १६ चरमपन्थी मारिएको र १०४ जना यात्रीहरुलाई उद्धार गरिएको बीबीसीले जनाएको छ । तीमध्ये ८० यात्री नजिकको अर्को रेलवे स्टेसन पुगिसकेका छन् । त्यहाँ उनीहरुको प्राथमिक स्वास्थ्य जाँच गरिने छ ।

रेलवे अधिकारीहरुका अनुसार उक्त रेलमा ९ डब्बा थिए । र, त्यसमा ४०० बढी यात्रुहरु थिए । हतियारधारी समूहले रेलको लिकलाई भत्काइदिएर रेल रोकेका थिए । उनीहरुले रेलमा गोली पनि चलाएको बताइएको छ ।

यता उक्त कारबाहीमा ३० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको बताइएको छ । मंगलबार सरकारका प्रवक्ताले डन न्यूजपेपरसँग कुराकानी गर्दै रेलमा ठूलोमात्रामा गोलाबारी भएको बताएका छन् ।

यता बलूच लिबरेशन आर्मीले रेलमा सवार यात्रु र कैयौं सुरक्षा बलका जवान आफ्नो कब्जामा रहेको दाबी गरेको छ । यदि कुनै सैन्य कारबाही गरिए गम्भिर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।

बीएलएले आफ्ना लडाकुको रिहाइको बदलमा बन्धकको फेरबदल गर्नका लागि सरकारलाई ४८ घण्टाको समय दिएको छ । बीएलए पाकिस्तानको बलूचिस्तान प्रान्तको एक उग्रवादी समूह हो ।

छुट्टै देशको माग गर्दै आएको यो समूहले पाकिस्तानी सेनामाथि लगातार आक्रमण गर्दै आएको छ । अफगानिस्तान र भारत सरकारको यो समूहलाई समर्थन रहेको पाकिस्तानले आरोप लगाउँदै आएको छ ।

भारत–पाकिस्तान विभाजनका क्रममा यो क्षेत्र एक स्वतन्त्र देशका रुपमा रहनुपर्नेमा पाकिस्तानले सैन्य बलको सहयोगमा पाकिस्तानभित्रै गाभेको यहाँका नागरिकको गुनासो छ । पाकिस्तानले बलुच समूहलाई सन् २००७ मा आतंकवादी संगठनको सूचीमा राखेको थियो ।

केही दिन अघिमात्रै अमेरिकाले आफ्ना नागरिकको यात्रालाई लिएर एक एडभाइजरी जारी गरेको थियो । जसमा अमेरिकाका नागरिकलाई भारत–पाकिस्तान सीमा र लाइन अफ कन्ट्रोल आसपास यात्रा नगर्न भनिएको थियो ।

ट्राभल एडभाइजरीका अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा नगर्न पनि भनिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार उक्त एडभाइजरी जारी गर्नुको कारण यी क्षेत्रमा आतंकवाद र सशस्त्र संघर्षलाई मानिएको थियो ।

Advertisement

एडभाइजरीमा भनिएको छ, ‘हिंस्रक चरमपन्थी समूह पाकिस्तानमा आक्रमण गरिरहेका छन् । बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण लगातार भइरहेका छन्।’ यस्तै अघि भनिएको छ, ‘यसमा भूतपूर्व संघीय प्रशासित बमाइली इलाका पनि समावेश छ । जसलाई एफएटीए अर्थात् फेडरली एडमिनिस्टर्ड ट्राइबल एरिया भनिन्छ । यहाँ ठूलो संख्यामा आतंकवादी आक्रमण भइरहेका छन् । जसमा कैयौंको ज्यान गइसकेको छ । यहाँ साना आक्रमण भइरहन्छन् ।’

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top