NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

चीनले हतियार किन्न किन कम गर्यो ? क्रिप्टो चोर्ने विश्वकै खतरनाक उत्तर कोरियाका ह्याकर !

मङ्लबार फाल्गुन २७ , २०८१
Reading Time: 1 min read
A A
चीनले हतियार किन्न किन कम गर्यो ? क्रिप्टो चोर्ने विश्वकै खतरनाक उत्तर कोरियाका ह्याकर !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ फागुन , विराटनगर।

विश्वमा हतियारहरुको होड पछिल्लो चारपाँच वर्षहरुमा निकै तिव्ररुपमा बढिरहेको छ । यस अवधिमा २ पटक विश्व इस्टर्न ब्लक र वेस्टर्न ब्लकमा परिवर्तन भयो । ईस्टर्न ब्लकको अगुवाई रूस र उसका समर्थित देशहरुले गरिरहे । उता वेस्टको अमेरिका र नेटो देशहरुले गरे ।

अहिले भने अमेरिकामा ट्रम्प आइसकेपछि पश्चिममा केही गडबडी देखिन थालेको छ । अमेरिका र नेटोबीच फाटो आउन थालेको छ । यी दुवै ब्लकमा सबैभन्दा धेरै हतियारहरुको खरीद बिक्री भने वेस्टर्न ब्लकमा नै भएको छ ।

रूस यूक्रेन र इजरायल हमास हिजबुल्लाहको युद्ध चलिरहँदा यूरोप र अमेरिकाका तर्फबाट हतियारहरुको जबरदस्त व्यापार भयो । तर एशियाको बजार भने शान्त रह्यो । स्टकहोम इंटरनेशनल पीस रिसर्च इंस्टीट्यूटको एक रिपोर्टका अनुसार एशियामा ग्लोबल आर्मस ट्रांसफर ४१ प्रतिशतले घटेर ३३ प्रतिशत रह्यो ।

यो आंकडा सन २०१५ देखि २०१९ र २०२० देखि २०२४ को हो । यस पछाडीको करण भनेको चाँही चीनले हतियारहरुको खरीद विदेशबाट कम गर्नु नै रहेको छ । रिपोर्टका अनुसार चीनको हतियारहरुको खरीदमा ६४ प्रतिशतसम्म गिरावट आएको छ ।

यसको कारण चाँही चीनले अब आफ्नै देशमा बनेको हतियारहरुमा धेरै भर पर्न थालेकाले नै हो । यूक्रेनमा युद्ध सुरु भएदेखि नै अमेरिकाले लगातार रूसमाथि प्रतिबन्ध लगाइरह्यो । यसमा हतियार र तेलका व्यापर पनि सामेल छन् ।

यसको असर पनि स्टकहोम इंटरनेशनल पीस रिसर्च इंस्टीट्यूटको रिपोर्टमा देखिएको छ । रिपोर्टका अनुसार सन २०१५देखि २०१९ मा अमेरिकापछि रूस सबैभन्दा ठूलो हतियारहरुको विक्रेता थियो ।

सो समयमा सिंगो विश्वको कुल हतियारहरुको बिक्रीमा रूसी हिस्सा २१ प्रतिशत थियो । तर २०२० देखि २४ मा यसमा जबरदस्त ६४ प्रतिशतको गिरावट आएको छ । अब यो विश्वको ७.८ प्रतिशतमा खुम्चिएको छ ।

रूसबाट सबैभन्दा धेरै हतियारहरु खरिद गर्ने देशहरुमा पहिलो भारत र दोस्रोमा चीन हो । भारतले ३८ प्रतिशत खरीद गरेको थियो भने चीनले १७ प्रतिशत किनेको थियो । रूसको हतियारहरुको बिक्रीमा गिरावट पछाडी भने उसले आफैलाई प्राथमिकता दिएकाले पनि हो ।

किनभने उसलाई जारी युद्धका लागि हतियारहरु चाहिएको छ । साथै भारत र चीनले पनि आफ्नो स्वदेशी डिफेंस इंडस्ट्रीमा धेरै फोकस गरिरहेका छन् । यद्यपि रूसले विश्वका ३३ देशहरुलाई यो अवधिमा पनि हतियारहरु बेचेको छ ।

जसमा ७४ प्रतिशत त एशिया र आसपासका देशहरुले किनेका छन् । जबकी १२ प्रतिशत अफ्रीका ७.४ प्रतिशत यूरोपका बेलारूस, अर्मेनिया र सर्बिया र ६.४ प्रतिशत मिडिल ईस्टले पनि किनेको छ ।

यता चीनले भने आफ्नो हतियार बेच्ने र विदेशबाट खरिदमा कटौती गर्दै लगेको छ । स्टकहोम इंटरनेशनल पीस रिसर्च इंस्टीट्यूटको रिपोर्टका अनुसार ग्लोबल आर्म एक्सपोर्टमा चीनको हिस्सा ५.९ प्रतिशत मात्रै छ ।

यद्यपि चीन हतियार एक्सपोर्ट गर्ने देशहरुको लिस्टमा रूसपछि चीन चौथो नंबरमा रहेको छ । चीनले विश्वका ४४ देशहरुलाई हतियार सप्लाई गर्ने गरेको छ । ७७ प्रतिशत चिनियाँ हतियार एशिया र आसपासका देशहरुमा जाने गरेको छ ।

चिनियाँ हतियारहरुको बिक्रीमा कुल प्रतिशतको २ तिहाई हिस्सा अर्थात ६३ प्रतिशत पाकिस्तानमा गएको छ । हतियार खरिदविक्रिको मामिलामा चीन केही पछाडी पर्नुको कारण आज पनि उसका हतियारहरुले विश्व बजारमा अमेरिका र रुसको जस्तो विश्वास आर्जन गर्न नसक्नु नै हो ।

यसको अलावा पनि कयौं प्रकारका राजनैतिक बाध्यताहरु पनि छन् । यसमा अमेरिकी दबाव पनि एक हो । उसले कयौं देशहरुलाई चीनबाट हतियार खरिद गर्न रोक्दै आएको छ । यता चीनले आफ्नो हतियारहरु विश्व बजारसम्म पुर्याउनका लागि पाकिस्तानलाई एक मंडीको रुपमा प्रयोग गरिरहेको पनि देखिन्छ ।

पाकिस्तानमा हतियारहरुको खरीदविक्रिमा भएको बृद्धि यसैको उपज हो । चीनबाट पाकिस्तानले ८१ प्रतिशत आफ्नो हतियार खरीद गर्छ । पाकिस्तान चीनको प्रमुख खरीदार नै बनेको छ ।

सन २०१५ देखि २०१९ को बीचमा यो खरीद ७४ प्रतिशत थियो । चीनले आफ्नै हतियारहरुलाई प्राथमिकता र उत्पादन बढाइरहेका बेला यता उसको छिमेकी देश उत्तर कोरियाले भने अन्य देशहरुबाट पैसा चोरेर आफ्नो हतियार बढाइरहेको छ ।

उत्तरले चोरीको क्रिप्टोकरेन्सीमा तहल्का मच्चाइरहेको छ । जसले अमेरिकासहितका सैन्य कार्यक्रम नै प्रभावित हुन पुगेका छन् । उत्तरका ह्याकरहरूले १ अर्ब ५० करोड डलर बराबरको ’सर्वोच्च मूल्यको’ क्रिप्टो चोरीमध्ये कम्तीमा ३० करोड डलर बराबरलाई नगदमा रूपान्तरण गर्न सफल भएका छन् ।

लाजरस भनेर चिनिने यो समूहले दुई साताअघि क्रिप्टोकरेन्सी एक्स्चेन्ज ’बाइबिट’ ह्याक गरेर डिजिटल टोकनहरू’स्वाइप’ गरेका हुन् । त्यस बेलादेखि उक्त क्रिप्टोलाई प्रयोग गर्न मिल्ने नगदमा रूपान्तरण गर्नबाट रोक्नका लागि ह्याकरलाई पछ्याउन लुकामारी चलिरहेको छ ।

विज्ञहरूका अनुसार ती कुख्यात ह्याकरहरूले उत्तर कोरियाली शासकको सम्भावित सैन्य क्षमता विकासका लागि रकम जम्मा पार्न लगभग चौबीसै घण्टा लगातार काम गरिरहेका छन् ।

क्रिप्टो अनुसन्धानकर्ता एलिप्टिकका सहसंस्थापक डा टम रबिन्सनले भने, “ह्याकरका लागि हरेक मिनेट महत्त्वपूर्ण हुन्छ। उनीहरू क्रिप्टोलाई पैसामा रूपान्तरण गर्नका लागि एकदमै अत्याधुनिक र कसैलाई थाहा नहुने गरी काम गरिरहेका हुन्छन्।“

उनका अनुसार क्रिप्टोकरेन्सीमा संलग्न अपराधीहरूमध्ये त्यस्तो भर्चुअल करेन्सीलाई चलनचल्तीमा रहेको मुद्रामा रूपान्तरण गर्नेमा उत्तर कोरियालीहरू सबैभन्दा अगाडि रहेका छन् । “मलाई लाग्छ उनीहरू स्वचालित उपकरणहरू र वषौँको विशेषज्ञता प्रयोग गरेर यस्तो काम गर्ने गर्छन् । उनीहरूका गतिविधिबाट प्रत्येक दिन केही घण्टा मात्र विश्राम लिएर उनीहरूले काम गरिरहेको देखिन्छ । सम्भवतः क्रिप्टोलाई नगदमा परिणत गर्न उनीहरू ’सिफ्ट’मा काम गर्छन्।“

एलिप्टिकको विश्लेषणले बाइबिटको २० प्रतिशत रकम अब कुनै पनि हिसाबले फिर्ता ल्याउन नसकिने गरी हराएको देखाएको छ । संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूले उत्तर कोरियालीहरूले पछिल्ला वर्षहरूमा दर्जनौँ ह्याकिङ गरेको र त्यसबाट उक्त देशको सत्तालाई सैन्य तथा आणविक शक्ति विकास गर्न सहयोग पु¥याएको आरोप लगाउँदै आएका छन् ।

फेब्रुअरी २१ मा अपराधीहरूले बाइबिटको एउटा आपूर्तिकर्ताको प्रणाली ह्याक गरेका थिए । त्यसपछि उनीहरूले डिजिटल वालेटको ठेगानालाई बदलेका थिए । त्यहाँ चार लाख एक हजार इथेरिअम क्रिप्टो कोइनहरू पठाइएका थिए । त्यस बेला बाइबिटले आफ्नै वालेटमा रकम पठाएको ठानेको थियो ।

तर उसको ठम्याइ गलत भयो र त्यो ह्याकरको वालेटमा पुग्यो । विश्व बजारमा हतियारहरुको खरिदविक्रिलाई लिएर होड चलिरहेका बेला उत्तरको यो क्रिप्टो चोरीको महाश्रृंखलाबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #उत्तर कोरियाका ह्याकर#क्रिप्टो चोर्ने ह्याकर#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.