NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा सोमवार कार्तिक ३ , २०८२
सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो.. सोमवार कार्तिक ३ , २०८२
जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए सोमवार कार्तिक ३ , २०८२
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

म्याराडोनाको निधनका लागि ७ चिकित्सकविरुद्ध मुद्दा

बुधबार फाल्गुन २८ , २०८१
Reading Time: 1 min read
A A
म्याराडोनाको निधनका लागि ७ चिकित्सकविरुद्ध मुद्दा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२८ फागुन , एजेन्सी ।

विश्वका महान् फुटबलर अर्जेन्टिनी स्टार डिएगो म्याराडोनाको निधनको मामिलामा उनको मेडिकल टोलीका ७ जना चिकित्सकविरुद्ध मुद्दा चलाइने भएको छ । चिकित्सकहरूको लापर्बाहीका कारण म्याराडोनाको असमायिक निधन भएको दाबीसहित सात जना चिकित्सकविरुद्ध मुद्दा दायर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्जेन्टिनाको ब्युनस आयर्समा आजदेखि यो मुद्दाको कारबाही अघि बढ्ने भएको छ । दोषी ठहरिएमा सात जना प्रतिवादीहरूलाई ८ देखि २५ वर्षसम्मको जेल सजाय हुन सक्ने खबरमा उल्लेख छ । विश्व फुटबलका सर्वकालीन खेलाडीमध्ये एक म्याराडोनाको ६० वर्षको उमेरमा सन् २०२० को नोभेम्बर २५ तारिखमा उपचारका क्रममा निधन भएको थियो ।

म्याराडोनाको मस्तिष्कमा ‘ब्लड क्लट’ अर्थात् रगत जमेकाले चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्ने जनाएका थिए । शल्यक्रियाकै क्रममा हृदयाघात भएपछि उनको निधन भएको चिकित्सकहरूले बताएका थिए । तर अब उनको असामयिक निधनको करिब पाँच वर्षपछि उनको उपचारमा संलग्न चिकित्सकहरुविरुद्ध मुद्या चलाइएको हो ।

अब उपचारमा संलग्न चिकित्सकहरुको लापरबाहीले म्याराडोनाको निधन भएको हो वा होइन भन्ने विष्यामा न्यायलयमा बहस हुनेछ । यस विषय छानविन गर्न विभिन्न समयमा समितिहरु पनि गठन गरिएको थियो ।

त्यसैमध्येको एक छानविन समितिले समयमै सहि उपचार पाएको भए म्याराडोनालाई बचाउन सकिने दाबी गरेको थियो । त्यसैले लामो समयको छलफलपछि म्याराडोनाको उपचारमा संलग्न चिकित्सक र उनको रेखदेखमा संलग्न व्यक्तिहरुविरुद्ध कानूनी कारबाही अगाडि बढाउने निर्णय लिइएको हो ।

म्याराडोनाको उपचारमा संलग्न चिकित्सक, नर्स र सम्बन्धित क्षेत्रका विशेषज्ञ गरी सातजनाविरुद्ध कानूनी कारबाही अघि बढेको हो । परिवारका सदस्यहरुले मस्तिष्कको शल्यक्रियापछि पूर्णरुपमा स्वस्थ हुनुअघि नै म्याराडोनालाई अस्पतालबाट घर पठाइएको आरोप लगाएका छन् ।

घर फर्किएपछि पनि चिकित्सकहरुले उनको राम्ररी उपचार नगरेको आरोप परिवारका सदस्यको छ । शल्यक्रियापछि उनलाई अस्पतालबाट छिट्टै घ पठाइए पनि घरमा डिफिब्रिलेटर र अक्सिन आपूर्तिको राम्रो प्रबन्ध नगरिएको दाबी परिवारका सदस्यको छ ।

यता उनको उपचारमा संलग्न मेडिकल टीमले भने उनको निधन अप्रत्यासित रुपमा भएको दाबी गरेका छन् । यद्यपि यसअघि पनि नशालु पदार्थको अत्याधिक सेवन र अनावस्यक मोटोपनाका कारण उनको स्वास्थ्यमा पटक पटक समस्या देखा पर्ने गरेको थियो ।

डिएगो म्याराडोना फुटबल इतिहासका महानतम खेलाडीहरू मध्ये एक हुन्। उनको असाधारण प्रतिभा, बल नियन्त्रण र खेललाई एक्लैले बदल्न सक्ने क्षमताले उनलाई फुटबलका लेजेन्ड बनायो। अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताउन उनले ऐतिहासिक भूमिका खेले।

इंग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा ‘ह्यान्ड अफ गड’ गोल र ‘गोल अफ द सेन्चुरी’ गर्दै उनले फुटबल इतिहासकै सबैभन्दा चर्चित प्रदर्शन गरे। आफ्नो देशको प्रमुख क्लब बोका जुनियर्स अर्जेन्टिनामा उनी छोटो समयमै स्टार बनेका थिए ।

ला लिगामा उत्कृष्ट प्रदर्शन गरे तापनि बार्सिलोनामा चोट र विवादले उनको समय छोटो रह्यो। उनले दुई पटक सिरी ए (१९८६–८७, १९८९–९०) जिताउँदै नापोली क्लबलाई इतिहासमै पहिलो पटक इटालियन लिग विजेता बनाएका थिए ।

उनी १९८६ विश्वकप गोल्डेन बल विजेता सर्वश्रेष्ठ खेलाडी बनेका थिए । उनी २००० मा फिफा प्लेयर अफ द सेन्चुरी बने । उनी पेलेसँगै संयुक्त रूपमा फुटबल शताब्दीका महान खेलाडी घोषित भए । नापोली क्लबले उनको जर्सी नम्बर १० स्थायी रूपमा रिटायर गरेको थियो ।

कुनै पनि कमजोर टोलीलाई जित दिलाउने अद्वितीय नेतृत्व क्षमता उनमा थियो । ५ फिट ५ इन्च जस्तो होचो कद भए पनि बल नियन्त्रणमा उनी असाधारण थिए। अर्जेन्टिनामा उनलाई भगवानसरह मानिन्छ।

म्याराडोना केवल खेलाडी मात्र होइनन्, फुटबल संस्कृति र इतिहासका अभिन्न पात्र हुन्। उनको योगदान, स्टाइल र मैदानमा देखाएको जादूले उनलाई सधैं फुटबल प्रेमीहरूको हृदयमा जिवन्त राखेको छ ।

Tags: #डाक्टरको लापर्बाही#म्याराडोनाको निधन

लोकप्रीय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

विचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२

थप समाचार

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा
अन्तर्राष्ट्रिय

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
ताजा समाचार

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..
अन्तर्राष्ट्रिय

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
ताजा समाचार

जेनजीका गृहमन्त्री अर्याल पनि हावादारी निस्किए

सोमवार कार्तिक ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

एसिया आउँदा किमलाई भेट्न ट्रम्पको इच्छा

सोमवार कार्तिक ३ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

जब विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो..

सोमवार कार्तिक ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.