NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ? बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले बुधबार साउन २८ , २०८२
लिङदेनले पनि रविलाई भेटे, भन्छन् तुरुन्तै जेल सार्नुपर्छ बुधबार साउन २८ , २०८२
Next
Prev

समाचार

बलोच लडाकुले किन भारतलाई गुहार्दै छन्, के हो कनेक्सन ?

बुधबार फाल्गुन २८ , २०८१
Reading Time: 1 min read
A A
बलोच लडाकुले किन भारतलाई गुहार्दै छन्, के हो कनेक्सन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ फागुन , काठमाण्डौ।

विश्वलाई नै तरंगित पार्ने ४ सय यात्रु सवार रेल हाइज्याकको घटनापछि अहिले पाकिस्तानको बलूचिस्तानमा स्थिति निकै नै गंभीर छ । बलोच लडाकुहरु र पाकिस्तानी सेनाका बीच त्यहाँ युद्धको जस्तै स्थिति छ । पाकिस्तानको एयरफोर्सले लडाकुहरुमाथि फाइटर जेटबाट बमहरु खसालीरहेको स्थानीय एवं अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् ।

यसबीच सेनाले दाबी गरेको छ कि मंगलवार एक सुरंगमा बलूच लडाकुद्वारा एक यात्रुवाहक ट्रेनमा हमला गरेपछि उसले कम से कम १६ विद्रोहीहरुलाई मारेको छ र १५० यात्रुहरुलाई उद्यार गरेको छ । रिपोर्टका अनुसार ९ डिब्बाहरुमा लगभग ४०० यात्रुहरुलाई लिएर जाफर एक्सप्रेस क्वेटाबाट खैबर पख्तूनख्वाको पेशावर जादै थियो ।

LS Auto

सोहीक्रममा मंगलवार दिउँसो गुदलार र पीरू कोनेरीको बीचमा सो रेलमाथि गोलाबारी भयो र बलोच लडाकुहरुले ट्रेनलाई हाईज्याक गरे । बलूचिस्तान लिबरेशन आर्मी (बीएलए)ले यसको जिम्मेवारी लिएको छ ।

पाकिस्तानी सुरक्षा सूत्रहरुले पुष्टि गरेका छन् कि लडाकुहरुको साथमा भएको मुठभेडका क्रममा उनीहरुले महिलाहरु र बच्चाहरुसहित १५० यात्रुहरुलाई उद्यार गर्न सफल भए भने १६ लडाकुहरु मारिएका छन्, कयौं घाइते भएका छन् ।

मुठभेड अहिले पनि जारी रहेको बताइएको छ । पाक सेनाले भनेको छ जबसम्म सबै यात्रुहरुलाई ट्रेनबाट निकालिदैन तबसम्म लडाकुहरुविरुद्धको अभियान जारी रहन्छ । यसबीच सोशल मीडियामा भने बलूचिस्तान समर्थक मानिसहरुले भारतलाई सहयोगका लागि गुहार लगाएका छन् ।

भारत पनि ऐतिहासिक रूपले बलोचहरुको समर्थक रहेको छ । स्वतन्त्रताभन्दा पहिला र त्यसपछि पनि बलोच नेता खान अब्दुल गफ्फार खान भारतका समर्थक रहेका थिए । खासमा उनी बलूचिस्तानलाई पाकिस्तानको भूभाग बनाएकोमा विरुद्धमा थिए ।

भारतीय मिडियाका अनुसार भने बलोचका जनताले पनि कहिल्यै पाकिस्तानको हिस्सा बनेकोमा सन्तुष्ट छैनन् । उनीहरुले छुट्टै राज्यको माग गरेका छन् । यता बलुचिस्तानको भौगोलिक स्थितिले गर्दा यसलाई भारतमा विलय गराउन पनि सम्भव छैन ।

यद्यपि, बलोचलाई भारतले जहिल्यै पनि सदासहायताको दृष्टिकोण हेर्ने गरेको पाइन्छ । यो पाकिस्तानलाई घेर्ने उसको रणनीति पनि हो । १९८७ मा भारत सरकारले बलोचका सर्वोच्च नेता खान अब्दुल गफ्फार खानलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मानित गरेको थियो ।

त्यो बेला केन्द्रमा राजीव गांधीको सरकार थियो । खान त्यो बेला अफगानिस्तानमा निर्वासित थिए । त्यसको केही दिनपछि २० जनवरी १९८८ मा ९८ वर्षको उमेरमा उनको निधन भएको थियो । अहिले पनि भारत र बलोचका नागरिकबीचको लगाव सोशल मीडियामा देखिन्छ ।

एक्स र अन्य प्लेटफर्ममा हजारौं पोस्ट गरिएको छ । जसमा उनीहरुले भारतसंग सहयोगको गुहार लगाइरहेका छन् । तर भारतले भने आधिकारिकरुपमा बलूचिस्तानलाई पाकिस्तानकै हिस्सा मान्दछ । यस्तोमा प्रत्यक्षरुपमा भारतले कुनै पनि रुपमा बलोच लडाकुहरुको सहायता गर्ने स्थितिमा छैन ।

यस्तो गर्नु स्पष्टरुपमा पाकिस्तानको आंतरिक मामिलामा हस्तक्षेप हुनेछ, जसले सिंगो क्षेत्रको भूराजनीतिका लागि उचित पनि होइन । तर यसमा भारतले खेल्ने ठाउँ भने अवस्य पाएको छ । उसका मिडियाहरुमा बलोच नागरिकले गुहार लगाए भन्दै समाचारहरु प्रकाशित हुनु पनि यसको एउटा पाटो हो ।

यता बन्धकहरूलाई मुक्त गर्न पाक सेनाले अहिले पनि कारबाही जारी राखेको छ । सो अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार लडाकुहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए ।

आफ्नो माग पूरा नभए बन्धकहरूको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए । बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो । उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ ।

गत नोभेम्बर महिनामा क्वेटास्थित रेल्वे स्टेशनको एउटा प्रतीक्षालयमा बम विस्फोट हुँदा एक आत्मघाती आक्रमणकारीसहित २५ जनाको मृत्यु भएको थियो । बीएलएले उक्त घटना आफूले गराएको दाबी गरेको थियो ।

अगस्ट महिनामा लडाकुहरूले बलोचिस्तान प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको विवरण आएको थियो । उक्त घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको थियो ।

बीएलएले सर्वसाधारण मानिसको भेषमा यात्रा गरेका सैनिकहरूलाई आफूले निसाना बनाएको दाबी गरेको थियो । यूके र अमेरिकालगायत कैयौँ पश्चिमा देशहरूले यो समूहलाई ’अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन’ मानेका छन् । सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो ।

इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए । पाँच वर्षको द्वन्द्वपछि इरानको शाहविरुद्ध जारी विद्रोह वार्तामार्फत् अन्त्य भयो । लगत्तै अन्य बलोच सङ्गठनहरूसँगै बीएलएफले पनि पाकिस्तान सरकारविरुद्ध गतिविधि गर्न थाल्यो ।

यी सङ्गठनहरूले सन् १९७० दशकदेखि अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन् । पछिल्ला वर्षहरूमा बीएलएले आक्रमणहरू तीव्र बनाएको छ । उसको निसाना पाकिस्तानी सुरक्षा निकायहरूबाट मोडिएर बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकहरूप्रति लक्षित हुन थालेको देखिएको छ ।

अरू विद्रोही समूहसँग धेरै समानता भए पनि बीएलएफले चाहिँ बलोचिस्तानका ग्यास परियोजनाहरू, पूर्वाधारहरू र सुरक्षा चौकीहरूलाई निसाना बनाउँदै आएको छ । यो समूहले सन् २०११ देखि पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी मानिसहरू र पत्रकारमाथि आक्रमण गर्दै आएको छ ।

बलोचिस्तानको सबैभन्दा ठूलो भूभाग दक्षिणपश्चिमी पाकिस्तानमा पर्छ । यो प्रान्तले पाकिस्तानको कुल भूभागको ४१ प्रतिशत भाग ओगटेको छ । तर देशको २४ करोड जनसङ्ख्यामध्ये यो ठाउँमा जम्मा ६ प्रतिशत मानिस मात्रै बसोबास गर्छन् ।

यहाँको इतिहास गृहयुद्ध, आतङ्कवाद र मानवाधिकार उल्लङ्घनका घटनाहरूका कारण धूमिल छ । बलोचिस्तानको सीमा अस्थिरताको सामना गरिरहेको इरान, तालिबानको नियन्त्रण रहेको अफगानिस्तानसँगै अरब सागरको तटीय क्षेत्रसँग पनि जोडिएको छ ।

यो क्षेत्रको नाम यहाँ सयौँ वर्षदेखि बसोबास गर्दै आएका बलोच आदिवासीहरूको नामबाट रहेको हो । बलोचहरू पश्तुनहरूपछि सबैभन्दा धेरै जनसङ्ख्या भएका आदिवासी हुन् । कैयौँ बलोचहरू छिमेकी इरान र अफगानिस्तानका प्रान्तहरूमा पनि बस्दै आएका छन् ।

ग्यास र खनिज पदार्थजस्ता प्राकृतिक स्रोतका हिसाबले बलोचिस्तान पाकिस्तानको सबैभन्दा धनी प्रान्त हो । चीनको अनुदानमा बनिरहेको अर्बौँ लगानीको परियोजना ’चाइना पाकिस्तान ईकोनमिक कोरिडोर’ पनि यही क्षेत्रमा छ ।

यो परियोजना चिनियाँ राष्ट्रपति सी जिन्पिङले अघि सारेको ’बेल्ट एन्ड रोड इनिशटिभ’को एक अङ्ग हो । यसअन्तर्गत ओमानको खाडीनजिक ग्वादरमा बन्ने बन्दरगाह महत्त्वपूर्ण ’चेकपोइन्ट’ बन्ने ठानिएको छ । यो प्रान्तमा चीनले पनि खानीसम्बन्धी परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

साथै ग्वादरमा चीनले बनाउँदै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको पाकिस्तानका विद्रोही समूहहरूले खरो विरोध गर्दै आएका छन् । बलोचिस्तानमा बन्दै गरेको तामा र सुनका लागि विश्वकै सबैभन्दा ठूलो खानी हुने भनिएको ’रेको डिग’मा क्यानडाको खानी सञ्चालन गर्ने कम्पनी ’ब्यारक गोल्ड’को ५० प्रतिशत स्वामित्व छ । यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #चिनियाँ परियोजना#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

विचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२

थप समाचार

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी
अन्तर्राष्ट्रिय

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो
ताजा समाचार

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?
ताजा समाचार

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले
ताजा समाचार

 जेलमा रहेका रविको प्रधानमन्त्री ओलीले ’जुँगा’ उखेले

बुधबार साउन २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

World News: Trump कुख्यात अपराधी, मोदीको हात पुर्पुरोमा पुर्याइदिने सरिफको ध*म्की || Nepal Times

00:17:58

World News:चिनियाँ यु*द्धपोत आफ्नै जहाजसँग ठोक्कियो,वाशिंगटनमा आपत्तकाल || Nepal Times

00:24:20

World News: Chinaमा उथलपुथल, सी निकट नेता प*क्राउ, भारतमाथि आणविक आ*क्र*मणको ध*म्की || Nepal Times

00:24:15

World News: ट्रम्पलाई युरोपेली नेताले घेरे,२५मलामी मा*रि*ए, उत्तराखण्डमा सय जना बेपत्ता

00:20:43

World News:चीनमा समुद्रबाटै रकेट प्रक्षेपण,जम्मू–कश्मीरमा गो*ली हा*ना*हान || Nepal Times

00:24:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

गृहमन्त्री र प्रधानन्यायाधीलाई रवि पत्नी निकिताको खुलापत्र

बुधबार साउन २८ , २०८२
एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

एयर इन्डियाको वासिङ्टन उडान बन्द, खाटु दर्शन गरि फर्किएकाको दुर्घटना

बुधबार साउन २८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

कोशीमा अतिभारी वर्षा हुने,४६ जिल्लामा बाढी अलर्ट,सप्तकोशीमा रातो बत्ती

मङ्लबार साउन २७ , २०८२

हालका पोस्टहरू

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

इस्लामाबादभन्दा खतरनाक बन्यो अमेरिकी राजधानी

बुधबार साउन २८ , २०८२
चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

चक्रे मिलनको बयान, एमालेको काममा खटिएको छ’, गल्ती भयो

बुधबार साउन २८ , २०८२
नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

नेपालको जेलमा २८,७१८ कैदीबन्दी, कारागारमा हत्याको जिम्मेवारी कसको ?

बुधबार साउन २८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.