NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

मजाक बनिरहेको नेपालको संसद्

आइतवार चैत्र ३ , २०८१
Reading Time: 1 min read
A A
मजाक बनिरहेको नेपालको संसद्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ चैत , काठमाण्डौ।

संसदलाई जनताको सर्वोच्च थलो भनिन्छ । जहाँ कानून निर्माण हुन्छ, नीति तय गरिन्छ र जनताको आवाज बुलन्द गरिन्छ। यो सरकारको जन्मदाता मात्र होइन, सल्लाहकार र मार्गनिर्देशक पनि हो। तर संसदको बैठक हेर्दा हामी के देख्छौँ?

सांसदहरू बहसमा भन्दा होहल्ला गर्न, एकअर्कालाई आरोप–प्रत्यारोप गर्न, वेल घेर्ने, सभामुखलाई चिच्याएर रोक्न, मोबाइलमा मस्त हुन, कहिले झप्की मारेर सुत्न, त कहिले आफ्नै दुनो सोझ्याउन व्यस्त देखिन्छन्।

संसद नीति निर्माणको थलो हो, तर यहाँ कतिपय सांसदको भाषण सुन्दा बोल्नु र नबोल्नुमा खासै अन्तर नदेखिने अवस्था छ। धेरै सांसदहरू दलभित्रको आन्तरिक सन्तुलन मिलाउनकै लागि बोल्छन ।

सत्ता फेरिना साथ सांसदहरुको बोली फेरिन्छ । जुन दलको आन्तरिक कलहभन्दा बाहिर केही होइन। केही सीमित सांसदहरू मात्रै प्रभावकारी बहस गर्छन्, राष्ट्रिय मुद्दा उठाउँछन्। बाँकीले संसदलाई आरोपको जुहारी बनाउने, एकअर्कालाई खेदो खन्ने, सतही बहस गर्ने थलो बनाइरहेका छन्।

आज पनि संसदमा यही नाटक दोहोरियो । नेकपा (एमाले)का सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले संसद्मा हुने गरेको भनाभनलाई निरन्तरता दिए । आजको प्रतिनिधिसभा बैठकमा पन्तले राजतन्त्रकालका घटनाका विषयमा धारणा राख्दा शाहीले नियमापत्ति भन्दै समय मागेका थिए ।

तत्कालीन राजा वीरेन्द्र शाहले भारतको कोलकातामा विभिन्न स्त्रीसँग सम्बन्ध राखेको पन्तले उल्लेख गरे । त्यसबारे भारतीय प्रधानमन्त्रीले नेपालको राजाको तरिका ठीक नभएको बताएको उनले सुनाए । त्यसपछि शाहीले बोल्न सभामुख देवराज घिमिरेसँग समय मागे ।

पन्तले आफ्नो समयमा बोल्नुस् भन्ने जवाफ फर्काए । ’म इतिहासबाट साबित गर्न सक्छु । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने मिस्टर माननीय,’ पन्तले भने, ’जुम्लामा हाउ गरेर आएको जस्तो होइन।’ शाहीले पन्तले गलत इतिहास सुनाएको जिकिर गरे । पन्तले आफ्नो बोल्ने समयमा ‘डिटर्ब’ नगर्न आग्रह गरे । शाहीले जे पायो त्यही भन्न मिल्छ ? भन्दै प्रश्न गरे । “मैले बोलेको इतिहास गलत हो भने इतिहासको पुस्तक पढाएर साबित गरौँ,” उनले भने ।

त्यसपछि सभामुख घिमिरेले आफ्नो समयमा बोल्न आग्रह गर्दै पन्तको काटिएको समय थप गरे । थप समयमा पन्तले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाए । उनले सत्तापक्ष पनि सडकमा आउन नपरोस् भन्दै चेतावनी दिए ।

यता राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? भन्दै प्रश्न गरे । रघुजी पन्तले राजतन्त्रकालका हत्याको शृंखला सम्झाएपछि उनले त्यस्तो जवाफ फर्काएका हुन् ।

“यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नुभएको थियो, मदन भण्डारीको हत्या कसले ग¥यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ,” शाहीले भने, “मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? यसको जवाफ यस संसद्लाई चाहिन्छ ।

”उनले दुईतिहाइको सरकार भएका बेला त्यो हत्याको याद आएन ? भन्दै थप प्रश्न गरे । “हत्याको कुरा गर्नुहुन्छ ? राष्ट्रपति तपाईंहरूकै थिए । प्रधानमन्त्री तपाईंहरू नै हुनुहुन्थ्यो । संसद्मा दुईतिहाइ थियो । अनि, मदन भण्डारीको हत्याको याद आएन ?,” उनले प्रश्न गरे ।

काण्ड सम्झाइदिऊँ ? भन्ने पन्तको भनाइमा उनले निर्मला पन्तको हत्यारा पत्ता लगायौँ ? भन्दै प्रश्न गरे । उनले थपे “बाँदरमुडे घटना याद छ । निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन ?,” उनले भने, “लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू यही संसद्मा सांसद बनेर हिँडिरहेका छन् ।

यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?”उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति पनि खनिए । “खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो ।

भारतको दिल्लीमा नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम हो ?,” उनले भने । उनले राजासहितको प्रजातन्त्र चाहिने भन्दै खुला बहस गर्न तयार रहेको बताए ।

संसदमा यति जवाफ दिएर पछि चित्त नबुझेपछि शाहीले सामाजिक संजालबाट पनि पन्तलाई कडा ब्यङग प्रहार गरेका छन् । उनले लेखेका छन्, जुम्लाबाट हाहा हो हो गरेर आएको होइन जनताबाट चुनाव जितेर जुम्ली जनताको आशिर्वाद थापेर आएको हो माननीय ज्यू तपाईं जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन।

सांसदहरुको यो चर्काचर्की सुनिरहँदा पक्कै पनि तपाइको मनमा जिब्रोको राग मेट्ने थलो हैन संसद जस्तो लाग्दो हो । र यो विल्कुलै सही हो । वास्तावमा संसद विधिको थलो हो, जिद्दीको होइन । विगतको समीक्षा, भविष्यको कल्पना र गन्तब्यको आँखिझ्याल देखाउने ठाउँ पनि हो । तर हाम्रा संसदमा यस्ता चर्काचर्कीका को शृङ्खला निरन्तर चलिरहेको छ।

Tags: #मजाक बनिरहेको नेपालको संसद्#संसद्मा रघुजी र ज्ञानेन्द्र

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.