NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

यौन धन्दाबाट धनी बनाउने कांग्रेसको योजना ? विश्वमा के छ ?

सोमवार चैत्र ४ , २०८१
Reading Time: 1 min read
A A
यौन धन्दाबाट धनी बनाउने कांग्रेसको योजना ? विश्वमा के छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ चैत , काठमाण्डौ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौनजन्य व्यवसायलाई व्यवसायीकरण गरेर देशमा पर्यटक भित्र्याउन सकिने विवादित अभिब्यक्ति दिएपछि यसको ब्यापक आलोचना भएको छ ।

आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सचेतक घिमिरेले संसारमा सबैभन्दा बढी पर्यटक मनोरञ्जन क्षेत्रको हुने भन्दै देशको आर्थिक विकासका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेपछि यसको सामाजिक संजालदेखि संसदमै विरोध भइरहेको छ।

LS Auto

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले घिमिरेले यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गरेकी छन्।

उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौैन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षणगरी अर्थपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो ।यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु ।

यस्तो विचारले अनुशासित र मर्यादीत रुपमा रहेको समाजलाई अराजकता तिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लािग रुलिङको माग गर्दछु ।’ साथै उनले त्यस्तो कार्य गर्नकालागि आफ्नो परिवारबाट अगाडि बढाउनको लागि आँट गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरेकी छन् ।

आइतबारको बैठकमा घिमिरेले भनेका थिए, ‘निश्चित ठाउँहरू तोकेर मदिराका लागि छुट्टै, मनोरञ्जनका लागि छुट्टै, यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउँछ, धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्’, उनले भने, ‘एडभेञ्चरको पर्यटक थोरै मात्रामा हुन्छन्, सबैभन्दा बढी पर्यटक संसारमै हुने भनेको मनोरञ्जनका पर्यटक हो, त्यसलाई आकर्षण गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ, त्यो कुरा उठाइदिएको भए क्या काइदा हुने थियो विपक्षले ।’

प्रतिनिधिसभा नियमावली अनुसार, प्रमुख सचेतकको भूमिका निकै महत्वपूर्ण हुन्छ। प्रमुख सचेतक सम्बन्धित दलका सांसदहरूलाई अनुशासित राख्न, संसदीय गतिविधिमा उनीहरूको सहभागिता सुनिश्चित गर्न र दलको नीति तथा निर्देशनको पालना गराउन जिम्मेवार हुन्छन्।

विशेषत सांसदहरूलाई व्यवस्थापन गर्ने, संसदमा हुने छलफल तथा मतदानका क्रममा सांसदहरूलाई आवश्यक निर्देशन दिने भूमिकामा रहन्छ । यसबहेक दलको नीति कार्यान्वयन गराउन संसद्मा दलको आधिकारिक धारणा प्रस्तुत गर्ने, संसद्मा छलफल हुने मुद्दामा दलको नीति र अडान स्पष्ट पार्ने, पार्टी नेतृत्व र सांसदहरूबीच समन्वय गर्ने,संसद्को कार्यसूचीमा समन्वय गर्ने, सांसदहरूको माग, गुनासो तथा सुझाव सरकारलाई पु¥याउने लगायतको भूमिका रहेको हुन्छ ।

तर यति महत्वपूर्ण जिम्मेवारी बोकेका देशको सबैभन्दा ठूलो र पूरानो प्रजातान्त्रिक पार्टीका प्रमुख सचेतकबाट नै पर्यटनका लागि यौन व्वयवसायलाई व्यवसायिकरण गरौं भन्ने विवादित अभिब्यक्ति आएपछि के उनको अभिब्यक्ति नै नेपाली कांग्रेसको आधिकारिक धारणा हो भन्ने प्रश्न समेत उठेको छ ।

तर नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने घिमिरेको अभिब्यक्ति उनको ब्यक्तिगत भनाइ रहेको भन्दै उनलाई तत्कालै आफूले सचेत गराइसकेको बताएका छन् । प्रमुख सचेतकको अभिब्यक्तिलाई पार्टी प्रवक्ताले ब्यक्तिगत भन्दै बचाउ गरेपनि प्रमुख सचेतकको भूमिकामाथि नै अहिले नैतिक प्रश्न उठेको छ ।

नेपाली कांग्रेसले कि उनको अभिब्यक्तिलाई आधिकारिक मान्नु पर्ने कि उनलाई कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ। नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनु पनि अभिब्यक्ति घिमिरेको मात्रै पहिलो भने होइन । यसअघि पनि केही नेताहरूले अभिब्यक्ति दिएका थिए ।

गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा कांग्रेसकै नेता कृष्णचन्द्र नेपाली पोखरेलले यौन व्यवसायलाई वैधानिकता दिने विषयमा बहस थालनी गर्नु पर्ने धारणा राखेका थिए, जसले केही विवाद उत्पन्न गराएको थियो। यस्तै तत्कालीन अवस्थामा गृहमन्त्री वामदेव गौतमले यौन व्यवसायलाई नियमन गर्नुपर्ने धारणा राखेका थिए।

उनले ठमेललगायतका निश्चित क्षेत्रमा यौन व्यवसायलाई कानूनी रूपमा व्यवस्थित गर्न सकिने बताएका थिए। उनको यो भनाइ पनि निकै विवादित बनेको थियो । यस अतिरिक्त, नेपालमा यौनकर्मीहरूको हकहितका लागि काम गर्ने संस्थाहरूले पनि यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने आवाज उठाउँदै आएका छन् ।

नेपालमा अहिले पनि यौन व्यवसाय गैरकानुनी र दण्डनीय रहेको छ । नेपालको फौजदारी संहिता, २०७४ ले यौन व्यवसायमा संलग्नता, दलाली, जबरजस्ती करणी, मानव बेचबिखन जस्ता अपराधलाई स्पष्ट रूपमा परिभाषित गर्दै कसुर अनुशार अधिकतम २० वर्षसम्म कैद र जरिवानाको सजाय तोकेको छ।

यौन व्यवसाय विश्वका धेरै देशमा अवैध छ । तर विश्वका विभिन्न देशहरुले यसलाई कानूनी मान्यता पनि दिएका छन् । यसरी पूर्ण रूपमा कानूनी मान्यता प्राप्त देशहरूमा नेदरल्यान्ड्स, जर्मनी, न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड, उरुग्वे लगायतका देश रहेका छन् । नेदरल्यान्डस्मा रेड लाइट एरिया (जस्तै, एम्स्टर्डमको डि वालिन) कानूनी रूपमा सञ्चालनमा छ।

जर्मनीमा यौन व्यवसाय दर्ता गर्न सकिन्छ र सम्बन्धित श्रमिकहरूले सामाजिक सुरक्षासम्बन्धी सुविधा पाउँछन्। न्युजिल्यान्डमा सन् २००३ मा यौन व्यवसायलाई पूर्ण रूपमा वैधानिक बनाइयो भने स्वीट्जरल्यान्डमा कानूनी रूपमा नियन्त्रित र कर प्रणालीमा समावेश गरिएको छ ।

यस्तै उरुग्वेमा यौन व्यवसाय कानूनी छ, तर व्यवसायीहरूले सरकारी नियम पालना गर्नुपर्छ । यस्तै सीमित रूपमा कानूनी मान्यता प्राप्त देशहरूमा पनि छन् । यी देशहरूमा यौन व्यवसायलाई केही हदसम्म कानूनी बनाइएको छ, तर निश्चित सर्तहरू लागू गरिएको छ ।

जसमा अष्ट्रेलियाका केही राज्यहरू (जस्तै, नेभाडा, भिक्टोरिया) मा कानूनी छ, तर अन्य क्षेत्रमा अवैध रहेको छ । क्यानडामा ग्राहकहरूसँग लेनदेन वैध छ, तर दलाल र सार्वजनिक स्थलमा व्यापार गर्न निषेध छ।

फ्रान्समा व्यक्तिगत रूपमा यौन सेवा प्रदान गर्न कानूनी छ, तर दलाली तथा ग्राहकहरूमाथि प्रतिबन्ध छ। यस्तै मेक्सिकोमा कतिपय राज्यहरूमा कानूनी छ, तर संघीय रूपमा स्पष्ट कानुनी मान्यता दिइएका छैन ।

सिंगापुरमा निश्चित क्षेत्रहरूमा मात्रै अनुमति दिइएको छ । विश्वमा कतिपय गैरकानूनी तर व्यावहारिक रूपमा सहन गरिएका देशहरू समेत रहेका छन् । यी देशहरूमा यौन व्यवसाय औपचारिक रूपमा गैरकानूनी भए पनि व्यवहारमा प्रचलनमा छ । यसमा भारत पनि पर्दछ ।

व्यक्तिगत रूपमा भारतमा यौन व्यवसाय गैरकानूनी छैन् , तर दलाली, सार्वजनिक स्थानमा ग्राहक खोज्नेलगायत गतिविधि भारतमा अवैध मानिन्छ । थाइल्यान्डमा प्राविधिक रूपमा गैरकानूनी भए पनि यसको बजार व्यापक रहेको छ । प्रायः त्याहा नियमन गरिँदैन। यस्तै ब्राजिलमा पनि यो व्यक्तिगत रूपमा कानूनी छ, तर दलाली गैरकानूनी रहेको छ ।

Tags: #कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे#यौन धन्दा#विश्वमा यौन व्यवसाय

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.