सुन तोलाको १ लाख ७५ हजार २ सय

३ चैत ८१, मंगलबार

५ चैत , काठमाण्डौ ।

Advertisement

नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। पछिल्ला केही सातादेखि निरन्तर वृद्धि भइरहेको सुनको भाउ मंगलबार थप उकालो लाग्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिनभन्दा १ हजार १ सय रुपैयाँले वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेको छ, जसको असर नेपाली बजारमा पनि परेको छ। नेपाली बजारमा सुन प्रतितोला ११ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

Advertisement

अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत १ गते सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । त्यसपछि घटबढ भइरहेको सुनको मूल्य अहिले उच्चबिन्दुमा पुगेको हो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गइरहेकाले नेपाली बजारमा पनि असर परेको हो।

Advertisement

केही सातादेखि सुनको मूल्यमा क्रमिक वृद्धिको क्रम जारी छ, जसले लगानीकर्ताहरूलाई थप आकर्षित गरेको छ। सुनको मूल्य विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु कारकहरूका कारण बढ्ने वा घट्ने गर्छ। यसको मुख्य कारणहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभाव हो ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुन्छ। यदि अमेरिका, चीन वा अन्य ठूला अर्थतन्त्रमा अस्थिरता आउँछ भने लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा सुनमा लगानी गर्छन्, जसले यसको मूल्य बढाउँछ।यस्तै अमेरिकी डलर बलियो हुँदा सुनको मूल्य घट्छ, जबकि डलर कमजोर हुँदा सुनको भाउ बढ्छ।

यस्तै बैंकहरूले ब्याजदर घटाउदा लगानीकर्ताहरू सुनमा बढी लगानी गर्छन्, जसकारणले पनि मूल्य बढाउँछ। अहिले विश्वभर नै सुनको मूल्य नयाँ रेकर्ड बनाइरहेको छ। अमेरिका र चीनबीचको व्यापार तनाव, युक्रेन–रूस युद्ध तथा मध्यपूर्वमा अस्थिरता जस्ता कारणले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्।

नेपालमा सुन अन्तर्राष्ट्रिय बजारबाट आयात गरिन्छ। हाल अमेरिकी डलरको विनिमय दर उच्च भएकाले आयात लागत बढेको छ, जसले सुनको मूल्य बढाएको विश्लेषण गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top