×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

डलरले भरिएको ट्रक,२५ करोड गन्न लाग्यो घन्टौं

४ चैत्र २०८१

५ चैत , काठमाण्डौ ।

आज काठमाडौंबाट करिब २५ करोड रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंको टोखा क्षेत्रबाट यति ठूलो परिमाणमा विभिन्न देशका मुद्रा बरामद गरेको हो ।

Advertisement
Advertisement

ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । ‘एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं । यसबारे थप अनुसन्धान हुँदैछ’ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने ।

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सो ट्रकका चालक सिन्धुपाल्चोकको भएको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारीअनुसार ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१, का ४३ वर्षीय कुसाङ लामालाई नियन्त्रणमा लिइएको हो ।

उनको ट्रकबाट ठूलो परिमाणमा रकम बरामद भएको छ’, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्यो, ‘यत्ति नै भनेर अहिले भन्न सकिन्न, गन्ती हुँदैछ।’ तर प्रारम्भिक अनुमानमा रकम २५ करोडभन्दा माथि नै छ ।‘यस विषयमा अहिले दिउँसो पत्रकार सम्मेलन गरी हामी विस्तृत जानकारी दिनेछौँ’, कार्यालयले बताएको छ ।

Advertisement

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २० करोड रकमसहित गएराति कुसाङलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top