×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

संसदमा पुग्यो २५ करोड, नाइकेको खोजी,सांसदहरुले खोले जुहारी

५ चैत्र २०८१

६ चैत , काठमाण्डौ।

प्रतिनिधि सभामा सांसदहरूले युरो र डलर गरी २५ करोड रूपैयाँ तस्कर गर्ने चालकलाई मात्रै समातेर नहुने भन्दै त्यसका नाइकेलाई समेत समात्न सरकारसँग माग गरेका छन् ।

Advertisement
Advertisement

संसद्मा बोल्दै काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका सांसदले भरियालाई मात्रै नभएर नाइकेलाई समेत पक्राउ गर्न माग गरेका हुन्। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपल्लो तहको संलग्नता विना उक्त परिमाणको विदेशी मुद्रा तस्करी संभव नभएको भन्दै घटनाको गम्भीरतापूर्वक छानबिन माग गरेका छन् ।

‘यति ठूलो तस्करी उपल्लो तहको संलग्नता विना संभव छैन । भरिया पक्राउ गर्ने अन निश्चित समयमा सामान्य बनाइने प्रवृत्ति अन्त्य हुनुपर्छ,’ उनले भनेका छन् ।

’यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस्। यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,’ उनले अपराधको जालो कसरी झाँगिएको छ भन्ने स्पष्ट भएको पनि बताए।

’यो सरकार सुशासनप्रति इमान्दार छैन। सरकारकाप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेका थियौँ र छौँ। यस घटनाले संगठित अपराधको जालो कुन स्तरमा झाँगिएको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ,’ उनले भनेका छन् ।

यस्तै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले तस्करी प्रकरणमा भरिया मात्रै समात्ने तर नाइकेलाई उन्मुक्ति दिने प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे । २५ करोड रूपैयाँ समात्न सफल भएकोमा म नेपाल सरकारलाई धन्यवाद भन्न चाहन्छु ।

तर, तस्करीमा प्रयोग हुने ड्राइभर र भरिया समात्ने तर त्यसको नाइकेसम्म नपुग्ने प्रवृत्ति अन्त्य गर्न माग गर्छु,’ उनले भने । जुनसुकै तहको व्यक्ति भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरेका छन् ।

नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुक ग्रे लिस्टमा रहेको समयमा तस्करी बढेको सन्देश जानु राम्रो नभएकाले यस्ता घटनाको गम्भीरतापूर्व अनुसन्धान हुनुपर्ने बताए ।

यस्तै सुन तस्करी बढिरहेको भन्दै उनले माग र आपूर्तीको खाडल रहेको भए आर्थिक नीतिमार्फत समाधान गर्नुपर्ने उनले बताए । यस्तै, राप्रपाकी सांसद रोशन कार्कीले नेपाल तस्कहरूको ट्रान्जिट प्वाइन्ट बनिरहेको भन्दै यो घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न माग गरिन् ।

‘नेपाल दिनप्रतिदिन तस्करको जालोमा परेको छ । मुलुक ग्रे लिस्टमा परिरहेको बेला यस्ता घटना घटिरहेका छन् । के सरकारले नेपाललाई तस्करहरूको ट्रान्जिट प्वाइन्ट बनाउन खोजेको हो?’ उनको प्रश्न छ । त्यस्तै उनले नेपाली जनताको सहनशीलताको परीक्षा नलिन पनि सरकारलाई चेतावनी दिइन्।

यता राजा फर्काउने अभियानको नेतृत्व गरेर सडकमा आएका मेडिकल व्यसायी दुर्गा प्रसाईले टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दावी गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै प्रसाईले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दावी गरे । उनले पछिल्लोपटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको आरोप लगाएका छन् ।

आफूले नेपाललाई तस्करले सुन तस्करीको इपिसेन्टर बनाइरहेको र त्यसबाट भारतलाई क्षति भइरहेको जानकारी पटकपटक गराएको बताए । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उनको दावी छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत सोमबार राति ११ बजे काठमाडौँकै झोर क्षेत्रबाट २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको छ ।

प्रहरीले ट्रकबाट अमेरिकी डलर सय दरका तीन हजार ११९ थान तथा युरो पाँच सय दरका ११, दुई सय दरका ४८०, सय दरका चार हजार १४८ र ५० दरका १७ हजार १७७ थान बरामद गरेको छ ।

यो रकम हालको विनिमयदरअनुसार २५ करोड १९ लाख २४ हजार ९५० रुपैयाँ हुन्छ । सुन तस्करीमै संलग्न संगठित अपराध यो घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक निचोड छ ।

प्रहरीका अनुसार यो रकमको मालिक चिनियाँ नागरिक रहेको र कुसाङले रसुवागढीसम्म मात्रै पु¥याउन जिम्मा पाएका थिए । प्रहरीका अनुसार रसुवागढीसम्म कुसाङले पु¥याएपछि ट्रकलाई सीमा कटाएर केरुङसम्म लैजाने जिम्मा भने अर्कै चालकले पाएका थिए ।

त्यस्तै, ट्रकलाई पुनः रसुवागढी फर्काउने जिम्मा फरक चालकले पाएका थिए । रसुवागढी ल्याएपछि ट्रक फेरि कुसाङको जिम्मा लगाउने योजना खुलेको प्रहरीले बताएको छ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top