‘कुलमान उज्यालो नेपालका नायक होइनन्, भारत हो ?’

६ चैत , एजेन्सी ।

Advertisement

नेपालले लोडसेडिङ मुक्त भएको घोषणा गरेको पाँच वर्ष बितिसकेको छ, तर फेरि उही अध्यारो दिन फर्किने खतरा देखिएको छ। लोडसेडिङ अन्त्यको अभियानका नायक मानिएका कुलमान घिसिङ अहिले आफ्नै पद जोगाउन संघर्षरत छन्, भने उर्जामन्त्री दीपक खड्का उनलाई गलत सावित गर्न लागि परेका छन्।

सरकारले बारम्बार स्पष्टिकरण सोध्दा पनि कुलमान अझै अडिग छन्, तर समयक्रमले अब फेरि नेपालमा लोडसेडिङ फर्किने त होइन? भन्ने चिन्ता आम नागरिकमा बढ्न थालेको छ। स्वयम उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नै लोडसेडिङ हुने घोषणा गरेका छन् ।

Advertisement

१५ वर्षको लोडसेडिङपछि २०७५ साल वैशाख ३१ गते नेपाल लोडसेडिङ मुक्त देश बन्यो । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा गर्दै आएको तीनघण्टे लोडसेडिङ अन्त्य गरेको भन्दै मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरेको थियो ।

नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई उज्यालो नेपाल अभियानका प्रमुख अभियन्ताका रुपमा प्रशंसा गर्ने गरिएको छ।

Advertisement

आम सर्वसाधारणहरुले समेत कुलमानलाई लोडसेडिङ किलरका रुपमा चिन्ने गरेका छन् । स्वयम कुलमानले समेत आफूले नेपाललाई लोडसेडिङमुत्त गर्ने अभियानको नेतृत्व गर्न पाएको भन्दै पदमा रहदाको अन्तिम दिनसम्म पनि प्राधिकरणकै कामम तल्लीन रहने बताउँदै आएका छन् ।

कुलमान यतिबेला आफ्नो दोस्रो कार्यकालको अन्तिम समयमा छन् । यही बेला उनको केपी शर्मा ओली नेतृत्वको सरकारसँग टसल चलिरहेको छ । सरकारले उनलाई पदमुक्त गर्न पटक पटक स्पष्टिकरण सोधिसकेको छ । तर हटाउने हिम्मत अझै जुटाइसकेको छैन् ।

अझ पछिल्लो समय उर्जामन्त्री दीपक खड्काले गठन गरेको डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटर अध्ययनका लागि गठन भएको अरविन्द कुमार मिश्र नेतृत्वको कार्यदललाई सर्वोच्च अदालतले तत्काललाई काम गर्न रोक लगाएपछि मन्त्री र सरकार नै नैतिक दबाबमा छ ।

यस्तो बेला उर्जा मन्त्री दीपक खड्का भने कुलमानलाई गलत र झुटो सावित गर्न जुटिरहेका छन् । उनले अब साँझमा फेरि नेपालमा लोडसेडिङ हुने बताएका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका हुन्।

’अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ,’ उनले भनेका छन् । भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ।

उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ उज्यालो नेपालको नायक नभएको दाबी गरे। ’त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ।

उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन है,’ उनले थपे, ’बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ।’ कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप पनि मन्त्री खड्काले लगाए।

उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे। उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताए।

‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ। २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ। आज पनि विद्युत आपुर्ति हुन सकेको छैन।

हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ’हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ।’ नेपाल विद्युत प्राधिकरण नाफामा गएको भनेर झुक्याइएको उनको दाबी छ। उनले प्राधिकरण नाफामा गएको कुरामा सत्यता नभएको पनि बताए।

नेपालमा दैनिक १८ घण्टासम्म पुगेको लोडसेडिङ प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्त भएपछि घटेको थियो। सन् २०६० देखि सुरु भएको लोडसेडिङ २०७३ सालको तिहारबाट काठमाडौँ लगायतका मुख्य शहरमा अन्त्य गरिएको थियो।

शहरमा लोडसेडिङ नभएपनि औद्योगिक क्षेत्रमा भने दैनिक तीन घण्टा लोडसेडिङ हुने गरेको थियो। जसलाई २०७५ साल वैशाख ३१ गते पूर्ण रुपमा अन्त्य गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top