NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

‘कुलमान उज्यालो नेपालका नायक होइनन्, भारत हो ?’

बुधबार चैत्र ६ , २०८१
Reading Time: 1 min read
A A
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ चैत , एजेन्सी ।

नेपालले लोडसेडिङ मुक्त भएको घोषणा गरेको पाँच वर्ष बितिसकेको छ, तर फेरि उही अध्यारो दिन फर्किने खतरा देखिएको छ। लोडसेडिङ अन्त्यको अभियानका नायक मानिएका कुलमान घिसिङ अहिले आफ्नै पद जोगाउन संघर्षरत छन्, भने उर्जामन्त्री दीपक खड्का उनलाई गलत सावित गर्न लागि परेका छन्।

सरकारले बारम्बार स्पष्टिकरण सोध्दा पनि कुलमान अझै अडिग छन्, तर समयक्रमले अब फेरि नेपालमा लोडसेडिङ फर्किने त होइन? भन्ने चिन्ता आम नागरिकमा बढ्न थालेको छ। स्वयम उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नै लोडसेडिङ हुने घोषणा गरेका छन् ।

१५ वर्षको लोडसेडिङपछि २०७५ साल वैशाख ३१ गते नेपाल लोडसेडिङ मुक्त देश बन्यो । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा गर्दै आएको तीनघण्टे लोडसेडिङ अन्त्य गरेको भन्दै मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरेको थियो ।

नेपाललाई लोडसेडिङमुक्त गर्ने अभियानको नेतृत्व गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई उज्यालो नेपाल अभियानका प्रमुख अभियन्ताका रुपमा प्रशंसा गर्ने गरिएको छ।

आम सर्वसाधारणहरुले समेत कुलमानलाई लोडसेडिङ किलरका रुपमा चिन्ने गरेका छन् । स्वयम कुलमानले समेत आफूले नेपाललाई लोडसेडिङमुत्त गर्ने अभियानको नेतृत्व गर्न पाएको भन्दै पदमा रहदाको अन्तिम दिनसम्म पनि प्राधिकरणकै कामम तल्लीन रहने बताउँदै आएका छन् ।

कुलमान यतिबेला आफ्नो दोस्रो कार्यकालको अन्तिम समयमा छन् । यही बेला उनको केपी शर्मा ओली नेतृत्वको सरकारसँग टसल चलिरहेको छ । सरकारले उनलाई पदमुक्त गर्न पटक पटक स्पष्टिकरण सोधिसकेको छ । तर हटाउने हिम्मत अझै जुटाइसकेको छैन् ।

अझ पछिल्लो समय उर्जामन्त्री दीपक खड्काले गठन गरेको डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) मिटर अध्ययनका लागि गठन भएको अरविन्द कुमार मिश्र नेतृत्वको कार्यदललाई सर्वोच्च अदालतले तत्काललाई काम गर्न रोक लगाएपछि मन्त्री र सरकार नै नैतिक दबाबमा छ ।

यस्तो बेला उर्जा मन्त्री दीपक खड्का भने कुलमानलाई गलत र झुटो सावित गर्न जुटिरहेका छन् । उनले अब साँझमा फेरि नेपालमा लोडसेडिङ हुने बताएका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका हुन्।

’अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ,’ उनले भनेका छन् । भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ।

उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ उज्यालो नेपालको नायक नभएको दाबी गरे। ’त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ।

उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन है,’ उनले थपे, ’बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ।’ कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप पनि मन्त्री खड्काले लगाए।

उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे। उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताए।

‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ। २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ। आज पनि विद्युत आपुर्ति हुन सकेको छैन।

हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने, ’हिजो पनि उद्योगधन्दातिर बत्ति कटौति गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ।’ नेपाल विद्युत प्राधिकरण नाफामा गएको भनेर झुक्याइएको उनको दाबी छ। उनले प्राधिकरण नाफामा गएको कुरामा सत्यता नभएको पनि बताए।

नेपालमा दैनिक १८ घण्टासम्म पुगेको लोडसेडिङ प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्त भएपछि घटेको थियो। सन् २०६० देखि सुरु भएको लोडसेडिङ २०७३ सालको तिहारबाट काठमाडौँ लगायतका मुख्य शहरमा अन्त्य गरिएको थियो।

शहरमा लोडसेडिङ नभएपनि औद्योगिक क्षेत्रमा भने दैनिक तीन घण्टा लोडसेडिङ हुने गरेको थियो। जसलाई २०७५ साल वैशाख ३१ गते पूर्ण रुपमा अन्त्य गरिएको थियो ।

Tags: #उर्जामन्त्रीले नै गरे लोडसेडिङको घोषणा#कुलमान उज्यालो नेपालका नायक

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

World News: पाकिस्तानमा बाढीको महाविनाश, २०३६ अघि रुस शुक्रमा पुग्ने || Nepal Times

00:14:14

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.